/  Fri, January 18, 2019

नागरिकलाई कानूनको आधारभूत ज्ञान दिन आग्रह

सुर्खेत। सुर्खेत कारगारका कैन्दीबन्दीले आम नागरिकलाई कानूनको आधारभूत ज्ञान दिन आग्रह गरेका छन् ।

विभिन्न मुद्दामा सजाय भुक्तान गर्न उक्त कारागारमा कैदीबन्दीसँग आज भेटघाट गरेका कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीसँग उनीहरुले उक्त आग्रह गरेका हुन् । “कानून र अपराधसँग सम्बन्धित आधारभूत विषयहरु विद्यालयको पाठ्यक्रममा राख्न अनिवार्य छ,” लागुऔषध दुव्र्यसनीको मुद्दा खेपिरहेकी कैदीबन्दी तुलसी दमाईंले भनिन् ।

“समाजमा कस्ता खालका गतिविधि आपराधिक मानिन्छन् र कानून के हो ?” भन्ने कुरा विद्यालयस्तरबाटै राम्रोसँग बुझाइ हुनुपर्ने उनको सुझाव थियो । कानून, अपराध र कारवाहीका बारेमा समाजको निरक्षर नागरिकले थाहा नपाएकै कारण आफूहरू फस्नु परेको उनको दुखेसो थियो ।

मानव बेचबिखन मुद्दाका कैदी मीना परियारले नेपालको कानून अन्धो भइदिँदा आफूजस्ता सोझासाझाहरूले दुःख पाउनु परेको छ भनिन् । प्रहरीले आफू बच्नका लागि निर्दोषलाई फसाउने गरेकोे आरोप लगाउँदै उनले जोड दिइन् ‘‘धान खाने मुसो, चोट पाउने भ्यागुतो हुने हो भने नेपालमा जस्तोसुकै कानून आए पनि सोझासाझाले न्याय पाउँदैनन् ।’’

अपहरण मुद्दाका कैदी हीरासिंह ठकुरीले अशिक्षित समाज र अविकसित देशका नागरिक आपराधिक गतिविधिका सिकार हुनु परेको बताए । सैपाल नामले चिनिने अर्का कैदीबन्दीले असल आचरण बनाउनका लागि कारागारमा ज्ञानबर्धक पुस्तकालयको आवश्यकता रहेको बताए । कानूनका बारेमा समाजका सबै वर्गले बुझ्न पाउने अधिकारलाई राज्यले व्यवहारमा लागू गर्नुपर्नेमा उनीहरूको जोड थियो ।

मन्त्री केसीले कारागारलाई बन्दी गृह नभई सुधारगृहका रुपमा स्थापित गर्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए । “कैदीबन्दीहरूको भोगाइबाट प्राप्त सिकाइ र बुझाइ मननयोग्य छन्,” उनले भने, “यो जनशक्तिलाई उत्पादन र आयआर्जनका काममा लगाउन सके देशका लागि हितकर छ ।”

घेराभित्रका फर्महरुमा कैदीबन्दीलाई काम लगाउन सम्भव भएको भन्दै उनले यही जनशक्ति परिचालन गर्नेतर्फ लाग्नुपर्ने विचार व्यक्त गरे । कारगारका प्रहरी नायब निरीक्षक मानसिंह सेजुवालले ५० पुरुष र १० महिला अट्ने क्षमता भएको कारगारमा १९ महिला, दुई नाबालिका २०३ पुरुष गरी २२५ कैदीबन्दी रहेको जनाए । उनकाका अनुसार सबैभन्दा बढी लागुऔषध दुव्र्यसनी, बलात्कार, चेलीबेटी बेचबिखन, बहुविवाहलगायत मुद्दाका कैदीबन्दी कारागारमा छन् । रासस

कात्तिक १८ गते, २०७५ - १४:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मालढुङ्गा बस दुर्घटना अपडेटः १० गम्भीर घाइतेको हेलिकप्टरमा उद्धार

गलकोट। कुश्मा नगरपालिका–१ मालढुङ्गामा बस दुर्घटना परी गम्भीर घाइते १० जनाको हेलिकप्टरमा उद्धार गरिएको...   

प्रजातान्त्रिक सेनानी रावलको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले पर्साका पुराना नेता गणेशशरण रावलको निधनप्रति गहिरो...   

शेयर बजार सामान्य अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...   
आईएमई ग्रूपका अध्यक्ष चन्द्र ढकालकाे स्पष्टिकरण- स्वीस बैंकमा हाम्रो खातै छैन

आईएमई ग्रूपका अध्यक्ष चन्द्र ढकालकाे स्पष्टिकरण- स्वीस बैंकमा हाम्रो खातै छैन

काठमाडौं । आईएमई ग्रूपका अध्यक्ष चन्द्र प्रसाद ढकालले कालो धन विदेशमा राख्ने नेपालीको सूचीमा आफू...   
ए सरकार! रोजगार दिन नसके बेरोजगार भत्ताको ब्यवस्था गरिदे ।

ए सरकार! रोजगार दिन नसके बेरोजगार भत्ताको ब्यवस्था गरिदे ।

भनिन्छ युवाहरू देशको शक्तिशाली कर्णधार हुन् । अनि, युवाहरू नै समाजको अग्रगामी गतिका लागि अनिवार्य...   

प्रतिनिधिसभाद्वारा प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदित

काठमाडौँ। प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन...   
अब चलचित्रको सम्पूर्ण जानकारी ‘फिल्मी फुच्चे’मा

अब चलचित्रको सम्पूर्ण जानकारी ‘फिल्मी फुच्चे’मा

काठमाडाैं । नेपाली चलचित्रलाई प्राथमिकता दिदै “फिल्मी फुच्चे” एप सार्वजनिक नेपालका सबै चलचित्रप्रेमीहरुको...   
व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

बेइजिङ। चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा...   

वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने

काठमाडौँ। काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु...   
सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

खार्तुम। सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top