Khabar Dabali Logo
  June 24, Mon

कारागार चुहिन थालेपछि प्लाष्टिकमुनि रात बिताउँन बाध्य कैदीबन्दी

डोटी। जिल्ला कारागार डोटीका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउन बाध्य भएका छन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुवेदीले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताए । “भवन पुरानो छ बेलाबेलामा पानी पर्दा चुहिन्छ,” उनले भने “कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छौं बजेट आएपछि मर्मत हुन्छ ।”

सरकारले जीर्ण भएको डोटी कारागार टालटुल गरे पनि पानी चुहिने काम नरोकिँदा कैदीबन्दीलाई समस्या भएको हो । छानाबाट पानी चुहिने भएकाले प्लाष्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् । डोटी कारागारका छानामा राणाकालमा लगाइएका स्लेट पनि खिइएर झर्न थालेको कैदी बताउँछन् ।

उनीहरु भन्छन् “दिउँसो हामी बाहिर चौरमा हुन्छौँ, सामान्य हुरी चल्दासमेत सिलेट खस्ने र कस्को टाउकोमा लाग्छ र मर्छन् भन्ने चिन्ताले पिरोलेको छ ।” पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीले बताउँछन् ।

आर्थिक अभावले कारागारको जीर्ण भवन मर्मत सम्भारको कार्य हुन नसकेको कारागारका प्रमुख राजन केसीले बताए । “भवन निकै पुरानो भएकाले छत चुहिन्छ, उनले भने फर्स पानी चुहिन्छ र छानाका सिलेट खस्ने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।” मागअनुसार कारागार विभागबाट बजेट नआउँदा डोटी कारागार हालसम्म मर्मत हुन नसकेको कर्मचारी बताउँछन् । डोटी कारागारमा पुरुष कैदीबन्दी ४३ र महिला कैदीबन्दी चार गरी हाल कूल ४७ जना रहेका छन् ।

पच्चीस मात्र कैदीबन्दीको क्षमता रहेको उक्त कारागारमा क्षमताभन्दा बढी कैदी राखिँदा झन समस्या भएको बताइएको छ । कैदीबन्दी बढी हुँदा खानेपानी र शौचालयमा जानका लागिसमेत पालो पखर्नुपर्ने अवस्था रहेको बताइएको छ । कैदीबन्दी भन्छन्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरुपमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनुपर्छ ।” कैदमुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने कैदीबन्दीको माग रहेको छ । रासस

अशोज ९ गते, २०७५ - १२:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रक्षा मन्त्रालयका ११३ कर्मचारी अन्योलमा

रक्षा मन्त्रालयका ११३ कर्मचारी अन्योलमा

ओएण्डएम बनाउँदा गरेको त्रुटिका कारण कर्मचारीको दैनिकी गुनासो पोख्ने र ढोका ढकढक्याउनेकाठमाडौं ।...   

यसकारण असुरक्षितरुपमा गर्भपतन गर्न बाध्य छन् महिला

काठमाडौं । कानूनीरुपमा गर्भपतन निःशुल्क रुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे...   

टीकापुरमा ‘हाम्री छोरी – प्यारी छोरी’ कार्यक्रम

लम्की । बालविवाह न्यूनीकरणका लागि टीकापुर नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम ल्याउने...   

विपद् व्यवस्थापनको लागि गृहमन्त्रालय तयारी अवस्थामा छ – सचिव राई

काठमाडौं । सरकारले मनसुनको समयमा बाढी, पहिरो र डुवानबाट हुनसक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी...   

बङ्गलादेशमा रेल दुर्घटनामा परि चार जनाको मृत्यु, एक सय घाइते

ढाका । उत्तरपूर्वी बङ्गलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १...   

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लाग्नु भएको...   
तीनै तहको समन्वयले मात्र विकास र समृद्धि सम्भव – अध्यक्ष प्रचण्ड

तीनै तहको समन्वयले मात्र विकास र समृद्धि सम्भव – अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...   

चिनियाँ कम्पनीद्वारा निर्माणधीन भवन भग्नावशेषमा जीवित व्यक्ति नरहेको सेनाको दाबी

कम्बोडिया । गत शनिबार कम्बोडियाको सिहामनोक्भिल्लेमा निर्माणाधिन अवस्थामा रहेको एक भवन भत्किँएको...   

ट्रकसँग यात्रुबाहक बस ठोक्किएर भयानक दुर्घटना, २२ जनाको मृत्यु

याउन्डे। क्यामरुनको पश्चिमी क्षेत्रमा रहेको ब्याटी–बाहाम राजमार्गमा आइतबार भएको दुर्घटनामा करिब...   

पढाउन नसक्ने शिक्षकले ठाउँ खाली गरिदिनुस्, नयाँ पुस्ता आउँछन् – शिक्षामन्त्री पोखरेल

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top