मध्यरातीबाटै टिकट लिनेको घुइँचो, पश्चिम नेपाल जाने टिकट खुलेन
आश्विन ९ गते, २०७५ मगलवार 25th September, 2018 Tue१०:०५:०० मा प्रकाशित
काठमाडौँ।नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत भदौ ३१ गते असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै टिकट खुलाउन मानेपछि आजबाट टिकट बुकिङ खुलेको हो ।
कम्पनी र प्रालिले सरकारले घोषणा गरेको असोज ५ देखि नै टिकट बुकिङ खुला गरे पनि समितिले भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेर अग्रिम टिकट बुकिङ खुलाएका थिएनन् ।
स्वर्गद्धारी यातायात व्यवसायी सङ्घ प्यूठान, जलजला यातायात रोल्पा, राप्ती अञ्चल व्यवसायी सङ्घ दाङ, बडीमालिका यातायात धनगढी, बटालियन यातायात प्रालि रुकुम, मेची अग्नी यातायात, आयुष यातायात प्रालिलगायतले असोज ५ गतेदेखि नै अग्रिम टिकट बुकिङ खोलेका थिए ।
यस्तै, भेरी अञ्चल व्यवसायी सङ्घ नेपालगञ्ज, कर्णाली रिभर यातायात सङ्घ, महाकाली सेती यातायात व्यवसायी सङ्घ महेन्द्रनगर, सूदुरपश्चिम यातायात व्यवसायी सङ्घ, मध्यपश्चिम यातायात व्यवसायी सङ्घ, पश्चिम नेपाल यातायात व्यवसायी सङ्घ, पृथ्वी राजमार्ग बस सञ्चालक समिति, भेरी राप्ती यातायात व्यवसायी सङ्घलगायतले असोज ५ मा टिकट बुकिङ खोल्न मानेका थिएनन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि आजदेखि टिकट बुकिङ खुला गरेको बताउछन् ।
आज डँडेल्धुरा, बाजुरा, बझाङ, कैलाली, धनगढी, महेन्द्रनगर, दार्चुला, झापा, मोरङ, सुनसरी, ताप्लेजुङलगायत लामो दूरीमा चल्ने बसको टिकट वितरण भएको हो ।
पश्चिम नेपाल जाने टिकट खुलेन
पश्चिम नेपाल यातायात व्यवसायी सङ्घले टिकट नखुलाउँदा पश्चिम नेपालका पाल्पा, गुल्मी, अर्घाँखाची, बुटवल, भैरहवालगायतका जिल्लामा जाने यात्रुले टिकट पाउन सकेका छैनन् ।
गुल्मीको तम्घास जान सोमबार बेलुका ९ बजे टिकट काट्न बसपार्क पुगेका विष्णु पोखरेल टिकट बुकिङ नहुँदा अन्योलमा परेका छन् । काठमाडौँको कोटेश्वरमा बस्ने उनी टिकटका पाउने आशमा हिजोदेखि नै बसपार्क आएर बसेका थिए ।
अर्घाखाँची जाने टिकट काट्न बिहान २ बजेदेखि कीर्तिपुरबाट नयाँ बसपार्क पुगेकि राधा शर्मा पनि टिकट बुकिङ खुला नहुँदा अलमलमा थिए । पश्चिम नेपाल यातायात व्यवसायी सङ्घ भने नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी लिएको ल्होत्से बहुउदेश्यीय प्रालिले टिकट काट्नका लागि ठाउँ उपलब्ध नगराउँदा आफूले टिकट काट्न नसकेको बताउँछन् ।
ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर असोज ५ गतेदेखि अग्रिम टिकट खुल्ने भनेर असोज ४ गते नै सबै समिति र प्रालिलाई टिकट काउण्टर छुट्याइसकिएको बताउनुहुन्छ । एक हजार सवारी साधन पार्किङ गर्न सकिने नयाँ बसपार्कमा हाल देशका विभिन्न भागमा जानका लागि ७४ काउण्टर सञ्चालनमा रहेका छन् ।
नयाँ बसपार्कको सुरक्षा बढाइयो
दशैँ शुरु भएसँगै नयाँ बसपार्क क्षेत्रको सुरक्षा बढाइएको छ । नेपालको एक मात्र राष्ट्रिय बसपार्कबाट दशैँका लागि लाखौँ मानिस बाहिरिने भएकाले सो क्षेत्रको सुरक्षा बढाइएको हो ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख एवं प्रहरी निरीक्षक मोहनविक्रम केसी दशैँको सुरक्षाका लागि थप जनशक्ति माग गरिएको बताउछन् । “दशैँमा आपराधिक गतिविधि नहोस् भन्नका लागि दशैँ सुरक्षा योजनासमेत तयार गरिसकेका छौँ”, उनी भन्छन् । रासस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: