Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चर्चित अभिनेत्रीको चप्पल चोरिएको १३ वर्षपछि भेटेपछि..

अमेरिकी अभिनेत्री जुडी गार्लण्डले \'द विजर्ड अफ ओज\' नामक चलचित्रमा लगाएको माणिकजडित एक जोडी चप्पल चोरिएको १३ वर्षपछि बरामद गरिएको छ। सन् २००५ मा मिन्नेसोटास्थित एउटा सङ्ग्रहालयबाट रातिको समयमा झ्याल फुटाएर कसैले ती चप्पलहरू चोरेका थिए। सन् १९३९ मा सो चलचित्रमा अभिनेत्री गार्लण्डले लगाएका अरू तीन जोडी चप्पल भने अझै छन्। एकपटक एकजना अज्ञात दाताले चोरिएको चप्पलको अवस्था र चोरको नाम बताउनेलाई १० लाख डलर इनाम दिने घोषणा गरेका थिए। यद्यपि चप्पल चोरी भएको १० वर्ष पुगेपछि इनाम दिने त्यो घोषणाको समयावधि सकिएको थियो । गोप्य सूचनाका आधारमा चप्पलहरू बरामद गरिए वा नगरिएकोबारे स्पष्ट हुन सकेको छैन । मङ्गलवार अपराह्न आयोजित एउटा पत्रकार सम्मेलनमा चाहिँ चोरिएका चप्पलहरू कहाँ र कसरी फेला पारियो भन्ने विषयमा केही बताइएन । संघीय अनुसन्धान निकाय एफबीआइकी अधिकारी जोआन स्यान्बर्नले अझै अनुसन्धान जारी रहेको सङ्केत गरिन् । उनले भनिन्, \'हामीले यो विषयमा थुप्रै जानकारी सङ्कलन गरेका छौँ। हामीलाई आशा छ कि यसबारे दिनुपर्ने थप कुरा पनि छन् ।\' चलचित्र इतिहासमा चप्पलहरू रङ्गमञ्चका निकै महत्त्वपूर्ण सामग्रीहरूमा पर्दछन् । ती चप्पलहरूको १० लाख डलर बराबरको बीमा गरिएको थियो। तर विज्ञहरूका अनुसार त्यसको मूल्य सो रकमको दोब्बर हुन सक्छ । अभिनेत्री गार्लण्डको जन्मस्थान ग्र्याण्ड र्‍यापिडस्थित जुडी गार्लण्ड सङ्ग्रहालयले माइक श नाम गरेका सङ्कलनकर्ताबाट ती चप्पलहरू लिएको थियो ।बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies