Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बर्दिवासमा लागुपदार्थ दुव्र्यसनीको संख्या बढ्दै

बर्दिवास। महोत्तरीको बर्दिवास नगरक्षेत्र लागुपदार्थ दुव्र्यसनीको अखाडा बनेको छ । लागुपदार्थ प्रयोग गर्ने दुव्र्यसनी र यस्ता सामग्रीको ओसारपसार गर्नेको संख्या बढ्दै गएपछि यस्तो अवस्था बनेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । सवारी दुर्घटना, चोरी, घरेलु हिंसा र आत्महत्याका घटना लागुपदार्थ दुव्र्यसन र यसको ओसारपसारसँग सम्बन्धित पाइने गरेको प्रहरीको भनाइ छ । यस्ता प्रकृतिका घटना बर्दिवास नगर क्षेत्रमा गत आर्थिक वर्षमा ५३ वटा भएकामा यसपाली भने यो संख्या १०० को हाराहारी पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए । ‘घटना अभिलेखले सवारी दुर्घटना, चोरी, घरेलु हिंसा र आत्महत्याका घटना लागुपदार्थ दुव्र्यसन तथा ओसारपसार भन्दा छुट्टै जस्ता देखिन्छन्’ शनिबार बिहान बर्दिवास नगरपत्रकार सञ्जालमा आवद्ध सञ्चारकर्मीसँगको कुराकानीमा प्रनाउ (डिएसपी) पोखरेलले भने–, “तर, यी घटनाको सम्बन्ध केलाउँदै जाँदा धेरैजसो घटनाको कारण लागुपदार्थको दुव्र्यसन नै रहेको पाइएको छ ।” पछिल्ला अनुसन्धानबाट लागुपदार्थ दुव्र्यसन र ओसारपसारमा १५/१६ वर्षका किशोरदेखि ४० वर्ष उमेर समूहसम्मका युवायुवती सरिक पाइएका प्रहरीले जनाएको छ । विद्यालयमा कक्षा नौ/दश मा पढ्दै गरेका किशोर छात्रछात्रा पनि दुव्र्यसनीको कूलतमा फसेको पाइएको प्रनाउ पोखरेलले जानकारी दिए । जिल्लामा लागुपदार्थ दुव्र्यसन र यसको ओसारपसारसँग सम्बन्धित घटनामध्ये ८० प्रतिशतभन्दा बढी बर्दिवास नगर क्षेत्रकै हुनेगरेका पाइएको छ । पछिल्लो एक दशकयता जिल्लामा लागुपदार्थ दुव्र्यसन र ओसारपसारमा दत्र्ता भएका मुद्दामध्ये ८० प्रतिशतभन्दा बढी बर्दिवासकै वारदात रहेका प्रनाउ पोखरेलले बताए । यसैबीच इलाका प्रहरी कार्यालय बर्दिवासले नगर वडा बस्तीका टोल सुधार समिति र अभिभावकसँग समन्वय गरेर विद्यालय क्षेत्र वरपर सुर्ती, चुरोट, गुट्खा र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी कडाइका साथ अनुगमन थालेको जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies