/  Tue, April 24, 2018

यस्तो थियो कर्णालीमा युद्ध पत्रकारिता

लेखक

नेकपा (माओवादी) ले वि.स. २०५२ फागुन १ गते जनयुद्धको घोषणा ग¥यो । यस जनयुद्धमा जनसेनाको जस्तै प्रचार कार्य पनि महत्वपूर्ण थियो । त्यस कार्यमा कर्णाली क्षेत्रमा आँउदा मैले अवसर पाएँ । मेरो रोजाईको विषयबस्तु मिसन पत्रकारिता भएकाले पार्टीले दिएको जिम्मा मैले गम्भीरताका साथ लिए ।

युद्धलाई वस्तुवादी ढंगवाट विश्लेषण गरी समयसापेक्ष बनाउन आवश्यक थियो । तत्कालिन सरकारले दमन अभियान अगाडि बढायो । तर गरिब, निमुखा वर्गको मुक्ति चाहनेहरु झनै संगठित हुन थाले । मैले यही कुरा सम्प्रेषण गरेँ । राज्यले हाम्रो कामलाई समेत आतंककारीको बिल्ला भिरायो । हामीले आफ्ना कलमलाई झन् तिखो बनाउदै जनतालाई क्रान्तिको पक्षमा लाग्न र स्वतन्त्रताको गीत गाउन आव्हान गर्दै कलम चलायौं ।

साहित्यिक पत्रिका कलम, जनादेश र जनदिशा दैनिकका प्रधानसम्पादक कृष्णसेन इच्छुकसहित कञ्चन प्रियदर्शी, देवकुमार आचार्य, कमल एसी, विनोद चौधरी, डि. कौडिण्य, ज्ञानेन्द्र खड्का लगायतलाई कब्जामा लिएर हत्या ग¥यो । राज्यले त्यतिखेर नेपालमा पत्रकारहरुको लागि विश्वकै ठुलो जेल बनायो । प्रायः क्रान्तिकारी पत्रकारहरु जेलमा बन्दी बनायो ।

दैलेखको सन्दर्भमा पनि क्रान्तिकारी पत्रकार देउरुपा सलामी, सुकुल सिंह, राजेश शाही, प्रकाश न्यौपाने जस्ता योद्धाहरुको विभत्स हत्या गरियो । मिलन नेपाली, दण्डपाणी शर्मा जस्ता दर्जनौं पत्रकार राज्यपक्षबाट बेपत्ता पारियो । युद्धको मोर्चामा जीवनको प्रवाह नगरी समाचार संकलन गर्ने पत्रकार नै साहसिक पत्रकार हुन् ।

फौजी आक्रमणमा माओवादी विद्रोहले पुराना सत्ताका क्याम्पहरु जतिजति हमला गरे, ती सबै मोर्चामा क्रान्तिकारी पत्रकारहरु सहभागी भएका थिए । युद्ध मोर्चाहरुमा संगसंगै दुश्मनसंग पौठेजोरी खेलीरहेका जनसेना र शाहीसेनाका गोलीका पर्राको विचमा कलम रेकर्डर क्यामेरा चलाउनु कम चुनौती थिएन ।

बाजुराको पाण्डुसेन, रुकुमको रुकुमकोट, अछामको मंगलसेन, अर्घाखाचीको सन्धिखर्क, जुम्लाको खलंगा, डोल्पाको दुनै, रोल्पाको होलेरी, म्याग्दीको बेनी, रोल्पाको सिस्नेगाम, पाल्पाको तानसेन, दैलेखको नौमूलेमा दुनियामा साहसिक पत्रकार सहभागी भएका थिए । नेपालमा सरकारभन्दा बाहिर रहेर रेडियो प्रशारण गर्नु कल्पनाको विषय थियो । तर असम्भव भन्ने कुरा केहि हुदो रहेनछ ।

काठमाडौ महानगरपालिकाले सञ्चालन गरेको रेडियो मेट्रोसँगै अरु पाँच टान्समिटर आएका थिए । त्यसलाई पार्टीले प्रयोग गर्न सफल भएकैले देशभर जनताको पक्षमा रेडियो गणतन्त्र घन्कन पाएको थियो । मैले यिनै रेडियोमा कालिकोट पिली आक्रमणलाई प्रशारण गर्ने मौका पाएँ । त्यतिबेला भेक आवाजका चंख रोकाया पनि हुनुहुन्थ्यो । योजनाबद्ध आक्रमण भएकाले माओवादीले पिली आक्रमण सफल पार्यो ।

२५० तत्कालिन नेपाली सेनामध्ये एक सय ६९ जनाको मृत्यु भयो । ६० जना कब्जामा परे । विद्रोही सेनाका उच्च तहका कमाण्डरसहित २२ जनाको मृत्यु भयो । यो अभियानमा ज्यानको बाजी थापेर भेरी कर्णाली प्रदेशका सञ्चारमाध्यमका रुपमा जनसन्देश पत्रिका, रेडियो भेक आवाज थियो । रेडियो भेक आवाजमा रामलाल विकको नेतृत्व थियो । अछाममा सेतीमहाकाली रेडियो र पत्रपत्रिका थिए ।

यस्ता सबै क्षेत्रमा विभिन्न नामका मिडियाहरु माओवादीले सञ्चालनमा ल्याएको थियो । रेडियोमा दुई पक्षहरु लडेको आवाजसमेत सुनाउनका लागि दोहोरो बन्दुकको बिचमा रुखको आड लिएर आवाज रेर्कड गराउनुपर्ने पीडा पत्रकारलाई छदैं थियो । त्यही अभियानमा मैले मेरो दायित्व बढेको बोध गरेँ ।

खासगरी समाचार संकलनका साधनहरु क्यामरा, रेकर्डर संरक्षण गर्नु अझै बढी जोखिमपूर्ण थियो । क्यामरा रिल, क्यासेट, ब्याटी, डायरीको संरक्षण पनि उत्तिकै जोखिमपूर्ण थियो । युद्धको भीषणतासंगै विष्फोटन आगोपानी, चिसो गर्मी र रसायन आदिले गर्दा यस्ता सहयोगी साधनहरु कहिलेकाही विग्रने, नष्ट हुने चिन्तासंगै ज्यानको जोखिम राखेर गरिएको यो पत्रकारितालाई आजभोलि कहिकतैबाट हल्का रुपमा विश्लेषण गरेको देख्दा उदेक पनि लाग्ने गर्दछ ।

तत्कालिन समयमा उच्च हिमाली भेगमा युद्ध मोर्चाहरुमा जाडोले ब्याटीका शक्ति नष्ट हुन्थे । बजारको अभावले आवश्यक सामाग्री हुदैन्थ्यो । युद्ध यात्रामा नदी तर्नुपर्ने, वर्षामा हिलोमा हिड्नुपर्दा समाचारका सामग्री भिजेर बिग्रन्थे । यसरी बाच्ने र मर्ने ठेगान नभएको जोखिमपूर्ण काम गरेका कारण युद्ध पत्रकारिताको परिभाषा भएको हो । तत्कालिन समयमा माओवादीले सञ्चालन गरेका विभिन्न सञ्चारमाध्यममध्ये केन्द्र भागमा जनादेश र जनदिशा लगायतका पत्रपत्रिका थिए ।

लिथो मसीबाट जंगलका ओडारमा राखेर प्रकाशित हुन्थे । रेडियो बजाउनका लागि अग्लो रुखका टुप्पामा टावर राखेर बजाउनुपर्ने बाध्यता थियो । असुरक्षा हुनासाथ एक ठाउबाट अर्को ठाउमा रेडियोका सामग्रीहरु डोकोमा बोकेर हिडिन्थ्यो । डोके रेडियो भन्ने चलन पनि थियो । यी मिडियामा युद्ध पत्रकारहरुले जोखिम मोलेर ल्याएका समाचारहरु बज्ने गर्दथे ।

भेरी कर्णाली प्रदेशको जाजरकोटको खुरु गर्खाकोट जंगलमा रहेको अग्लो डाडामा रेडियो टावर थियो । उता, रुकुमको तीन बहिनी हिमालमा जनगणतन्त्र रेडियो नेपाल थियो । त्यसको सम्पूर्ण जिम्मा सचिन रोकाको थियो । उहा रेडियो प्रबन्ध निर्देशकसमेत हुनुहुन्थ्यो । उहाको टिममा लक्ष्मी पुन, मौसम रोका पनि हुनुहुन्थ्यो । अहिले उहाको सक्रियतामा सुर्खेतमा प्रदेश एफएम प्रसारण भैरहेको छ ।

उहाले युद्धको समयमा साहसिक पत्रकारको भूमिका पाएपछि प्रचारप्रसारका गतिविधिहरु पनि आफ्नो उद्देश्य अनुसारको श्रमजीवि सर्वहारा वर्गकै पक्षमा बढी हुने गर्दथे । युद्ध पत्रकारिताको इतिहास हामीसितै छ । रोका नेपाल टेलिभिजनकाे महाप्रवन्धक हुनुहुन्छ । हरिमाया शर्मा (आशा) युद्ध पत्रकारितामा छदा उनका परिवारका चार जना सदस्य राज्य पक्षबाट मारिएका छन् । बाबु, दाजु, बहिनी र आफ्नो नजिकको नातेदार ६ जना गुमाउदा उनले जीवनको ठूलो पीडा भोग्नुपरेको थियो ।

अहिले उनी सुर्खेत जिल्लाको नेकपा माओवादी केन्द्र निकटको महिला संयोजक छिन् । यसले युद्धको समय कस्तो थियो भन्ने समेत प्रतिनिधित्व गर्दछ । दश वर्षको अवधिमा १७ हजारबढीको ज्यान गएको छ । दर्जनौ दर्जन घाइते र अंग भंग र बेपत्ता परिएका छन । अब त्यो कथा भैसक्यो भन्नेहरु पनि छन् । किनकी, त्यसलाई लिपीबद्ध गर्न सकिएन । तर, जिउदा योद्धाहरु अहिले पनि प्रमाणका रुपमा रहेका छन् ।

युद्धको काम सजिलो हुने भएको भए जोकोहीले पनि मोर्चा कस्न तम्सने थिए । तर, त्यस्तो सम्भव छैन् । जनयुद्ध आफैमा अभियान हो । त्यो गरिब, निमुखा, अभावमा जेलिएका, भ्रष्टाचारबाट आक्रान्त भएको मुलुकमा हुन्छ । यो अभियान सफल गराउनमा युद्ध पत्रकारको पनि ठूलो बलिदानी छ । मानव समाजका शोषणका सबै जालोबाट मुक्त गराउन महान विचार दिनुहुने माक्स, लेलिन माओले आफ्नो जीवनकाल पत्रकारिताबाटै सुरु गर्नुभएको थियो ।

दुनियाका महान व्यक्तिको जीवन पत्रकारिताबाटै सुरु भएको पाइन्छ । युद्ध विरासतबाट आएका क्रान्तिकारी पत्रकारहरुले नेपाल पत्रकार महासंघको नेतृत्व पाएसम्म उदाहरणीय काम गर्न सफल भएका छन् । तत्कालिन युद्धकालिन समयदेखि अहिलेसम्म बिभिन्न आरोह र अवरोह पार गर्दे आएका महेश्वर दाहाल,  गोविन्द आचार्य, ओम शर्मा, मनरिसी धिताल, सचिन रोका, बिष्णु सापकोटा, ओपेन्द्र शर्मा र बलराम थापा, प्रभात चलाउनेलगायतका पत्रकारहरु अग्रज पत्रकारका रुपमा परिचित सँगै अहिलेसम्म नेतृत्वदायि भूमिका निर्वाह गरिरहेका छन् । अाेपेन्द्र शर्मा हाल राससका महाप्रवन्धक छन् ।

सुर्खेत महासंघ गणेश कञ्चन भारतीका कारण उत्कृष्ट महासंघ भएको छ । उनले नया नेपाल दैनिक पत्रिका पनि चलाएका छन् । अहिले नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा हिजोका युद्ध पत्रकारका कमान्डर गोविन्द आचार्य रहेका छन् । युद्धमा घाइते पत्रकारहरु पनि छन् । यिनीहरु जीवन निर्वाहमा जटिलता पैदा भएको छ । औषधि खाइरहनुपर्ने, उपचार गरिरहनुपर्दछ । घाइते पत्रकारहरुमा निम बहादुर बुढाथोकी, दिपेन्द्र रावल, भवानी ऐर, मौसम रोकालगायत छन् ।

म पनि जनयुद्धको घाइते र पछि पनि योजनाबद्ध आक्रमणबाट घाइते छु । मैंले अहिले पनि समय समयमा निरन्तर औषधि खाइरहेको छु । दुईपटकसम्मको घाइते युद्धकालिन पत्रकारको सूचीमा म पनि पर्दछु । तत्कालीन राज्य पक्षको सेनाको यातनाका कारण म शरिरीक र मानसिक रुपमा असक्त छु ।

युद्ध पत्रकारिताको लामो इतिहाँसमा क्षेत्रप्रताव सुवेदी र रक्तिम दैलेखी(अन्जीरसिहं वि.क), र शिशिर जिसी को भूमिका उल्यखनिय मात्र हाेइन निकै महत्वपूर्ण रयाे । पत्रकारीतामा युद्धको समयमा थुप्रै जोखिम मोलेर जीवनको प्रभाह नगरि रिपोर्ट संकलन र प्रसारण गर्नमा निकै माहिर मेरो सहपाटी योद्धा मध्येका उनीहरु युद्धका सफल पात्र हुन् । न खानको ठेगान न सुत्नको ठेगान प्राणलाई हत्केलामा राखेर बन्दुक, कलम र माईक्रोफोनमा सज्जीएको पत्रकारिता अर्थात जीवनकारीतामा कति दिन त खानाको छाक टारेर पनि रिपोर्ट संकलन गर्न दौडियो ।

खाना मागेर खाने काम सजिलो थिएन । जनताको घर आगाँनमा गएर नमस्कार गर्यो भने कसै कसैले त खानाको नमस्कार त होलानी भनेर प्वाक्कै भनिहाल्थे । धेरै दिनहरु भोको पेटमा पनि विताइएका छन कतिपयले भर्ने ामठो बोल्ने, खुसि हुन्थे, सम्मान जनक ब्यबहार पनि गर्थे । यूद्ध पत्रकारिताको क्रममा धेरै ठाउँमा बलिदान कोटा पूरा गर्न पालो कुरेर बस्दा पनि त्यो अबसर मिलेन । धेरै पटक मरेछु क्यारे भनेर मुटूको धड्कन छामे तर ढुकढुकी चलिरहेको पाए बाँचियो भनेर रमाउदा रमाउदै धेरै पटक मरेको अनूभूति पनि छ ।

जुनसुकै मुल्य र मान्यतामा पनि चाहे युद्ध होस् वा शान्ति होस् पत्रकारहरुको आफ्नो नियम र अनुशासन हुन्छ । तर आजभोलि अव्यवस्थित बन्दै गएको पत्रकारितालाई संवेदनशिल बनाउन सबैको ध्यान जानुपर्ने देखिन्छ । मनपरी बढेको छ । गल्ती नगर्नेहरु कमै मात्रामा भेटिन्छन् । यस्ता सबै कुरालाई निर्मूल गर्न एकजुट हुनुको साटो एकले अर्कालाई अस्तित्व स्विकार गर्न नसक्ने असहज परिस्थिति अहिले पनि विद्यमान छ । मालिक पत्रकारले मजदुर पत्रकारको पीडा जहिलेसम्म बुझ्दैनन्, तबसम्म यो समस्याको निराकरण हुन सक्दैन् ।

फरक बिचार राख्नेहरुले यसलाई गलत भनेर ब्याख्या गर्न सक्छन्, तर हामी मिशन पत्रकारिता गर्नेहरु कहिलै बिचलित भएका छैनौ ।
शान्ति प्रकृया शुरु भएपछि मेरो १३ वर्ष पत्रकारितामै बितीसकेका छन् । हिजोका दिन र आजका दिनमा सोचाई बुझाई र काम गराईमा धेरै भिन्नता छ । हिजोका दिनहरु अतितको सम्झनामा सिमित भैसकेका छन् । यूद्ध पत्रकार अहिले ब्यवसाय पत्रकारको छाता संगठन नेपाल पत्रकार महासघको बिभिन्न नेतृत्वमा छन् ।

२०६४ सालमा नेपाल पत्रकार महासघ दैलेखको उपाध्यक्ष हुदै अहिले पार्षद छु । हामीलाई नेपाल पत्रकार महासघको नेतृत्व लिने कुरा चुनौतिपुर्ण बन्दै आएको छ । परम्परागत सोच र क्रान्तिकारी पत्रकारहरुलाई देख्न नचाहने केही तत्वका कारण अहिले पनि क्रान्तिकारी पत्रकारहरु दरिलो संगठन बनाउन समस्यामा छन् । अहिले पनि धेरै ठाउमा आस्थाका आधारमा धेरै अपमान सहनु परेको छ । अहिले राज्य व्यवस्थाको नाम फेरिएको छ । तत्कालिन शाही नेपाली सेनाको नाम पनि फेरिएको छ । व्यवस्था फेरीए पनि जनताको अवस्था फेरीन बांकी नै छ ।

व्यवस्था परिवर्तनका लागि युद्ध लड्ने माओवादीहरु एक दर्जन समुहमा विभाजित भएपनि फेरी जुट्ने क्रम चलिसकेको छ । यसबाट समाजमा पारेको असर कयौ सताब्दीसम्म मेटिने छैन । नराम्रो पक्षलाई मात्र नहेरी राम्रो पक्षलाई हेर्दा धेरै सकारात्मक परीवर्तनहरु भएका छन् । नेपाली जनताले अपेक्षा गरे जती नतीजा नआएपनी राजनैतीक क्षेत्रमा ऐतीहासीक उपलब्धीहरु हासील भएका छन् । स्थानीयतहको चुनाव सम्पन्न लगत्तै भएको प्रदेश र प्रतिनिधि सभाको चुनावमा त कम्यूनिस्टहरुले ऐतिहाँसिक सफलता प्राप्त गर्ने जर्मको गरेका छन् ।

मिलेर चुनाव लडेका ठूला कम्यूनिस्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र अहिले एक हुने चर्चा पनि छ । जनताहरु कम्यूनिस्टहरु एक भएर मुलुक संवृद्दिका लागि जुटेको हेर्न चाहेका रहेछन भन्ने उदाहरण सावित भएको छ जसका कारण अहिले करिव दुई तिहाई बहुमत कम्यूनिस्टहरुलाई दिएका छन् । यो परिवर्तनलाई माओवादीहरुले बिगत, वर्तमान र भविष्यलाई समिक्षा गरेर अगाडी बड्न आवश्यक छ । अब धेरै कुरामा आफु पनि सुधर्नु आवश्यक छ ।

मानिसहरु भन्छन् हिजो र आजको समयलाई हेर्दा माओवादीहरुले सवै कुरा छाड्यो, ईतिहाँस र गरिमा छाड्यो, परिवर्तनको मुद्धा छाड्यो, सिद्धान्त छाड्यो, परिवर्तनमा साथ दिने सहयोगिहरुलाई पनि छाड्यो । माओवादी केन्द्र भन्छ हामिले केही छाडेका छैनौं । मुलुक हाम्रो ऐजण्डामा घुमिराखेको छ । जनतालाई बुझाउन नसक्नु हाम्रो कमजोरी हो । माओवादी समय समयमा कमजोर हुँदै जानु एउटा कारण यो पनि हो ।

दश बर्षै जनयुद्धमा राज्य परिवर्तनका लागि जीवन मरणको लडाँई लडेका माओवादी कार्यकर्ताहरु र आम जनताको जनताको आर्थिक, आवस्था नाजुक छ । माओवादी पटक पटक सत्तामा जाने गरेको छ । जिल्ला देखि केन्द्र सम्म नाता पाता आफ्ना सम्बन्ध भएका मानिसहरुले मात्र सहयोग पाउँछन् ।

जनयुद्धले बिजोग बनाएको कार्यकर्ता र कतिपय जनताहरुको अवस्था झनै नाजुक बन्दै जानुले अरु मुद्धा नछोडेपनि परिवर्तनका सहयोगिहरुलाई सम्मान दिन नसको हो कि जस्तो देखिन्छ । यि यस्तै कमजोरीहरु सुधार गर्न सकेको खण्डमा मात्र माओवादी सँग जोडिएको क्रान्तिकारी पत्रकार संघ पनि अगाडी बढ्न सक्छ । लेखक प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य हुन ।

 

फागुन १ गते, २०७४ - ११:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेयरमाथि आक्रमण गर्नेलार्इ पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन

मेयरमाथि आक्रमण गर्नेलार्इ पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन

भक्तपुर, १० वैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि...   
एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

चितवन, १० वैशाख । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको...   
अब मिनिबस र ट्याक्सीका पनि सिण्डिकेट खारेजी गर्छाैंः यातायातमन्त्री

अब मिनिबस र ट्याक्सीका पनि सिण्डिकेट खारेजी गर्छाैंः यातायातमन्त्री

काठमाडौं, १० बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत...   
‘इमो’ मार्फत चिट्ठा परेको भन्दै यसरी ठगिए युवा

‘इमो’ मार्फत चिट्ठा परेको भन्दै यसरी ठगिए युवा

नुवाकोट, १० वैशाख । नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल...   
मन्त्री मगरद्वारा ३ विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण

मन्त्री मगरद्वारा ३ विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण

कञ्चनपुर, १० बैशाख । खानेपानी मन्त्री बिना मगरले विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत कञ्चनपुरका...   
विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत

विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत

साना, १० वैशाख । यमनमा साउदी अरब नेतृत्वको हवाई सेनाले वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ४० जना...   
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु, पार्टी एकताबारे छलफल

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु, पार्टी एकताबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु भएको छ । अध्यक्ष निवास...   
मध्यपुर थिमीका मेयरमाथि आक्रमण

मध्यपुर थिमीका मेयरमाथि आक्रमण

भक्तपुर । भक्तपुर जिल्ला भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठमाथि...   
संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइने

संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइने

काठमाडौँ, ८ वैशाख । नेकपा (एमाले) का नेता केशव बडालले एमाले र नेकपा (माओवादी केन्द्र)ले आइतबार संयुक्त...   
अब खानेपानी मोबाइल एप्सबाट खोल्न र बन्द गर्न सकिने !

अब खानेपानी मोबाइल एप्सबाट खोल्न र बन्द गर्न सकिने !

बनेपा, ८ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा सम्पन्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top