Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अमेरिकासँग युद्ध भए कति समय टिक्न सक्छ उत्तर कोरिया ?

\"\"एजेन्सी । उत्तर कोरियाले बुधबार प्रशान्त महासागरमा अमेरिकी द्वीप गुआममा आक्रमण गर्ने धम्की दिएपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ। दुवै देशकातर्फबाट भड्किलो वक्तव्य आइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार उत्तर कोरियाले आफ्नो आक्रमक व्यवहार नछोड्ने हो भने आजसम्म कसैले नदेखेको स्थितिको सामना गर्नुपर्ने चेतावनी दिएका थिए । उत्तर कोरिया विरुद्ध ट्रम्पको आक्रोश रोकिएको छैन र उनले बुधबार पनि अमेरिकी परमाणु हतियारका विषयका ट्विट गरेका थिए । ट्रम्पले आफ्नो ट्विटमा भनेका छन्, ‘राष्ट्रपतिका रुपमा मेरो पहिलो आदेश परमाणु हतियारलाई चुस्त दुरुस्त राख्नु भन्ने हो । यी हतियार पहिला भन्दै धेरै शक्तिशाली छन् । आशा गरौं हामीलाई यी हतियारको प्रयोग कहिल्यै गर्न नपोस् ।’ ट्रम्पको सो घोषणापछि एउटा प्रश्न उठेको छ, आखिर अमेरिकासँग कति मात्रामा आणविक हतियार छन् ? यी हतियारको क्षमता कति छ र उत्तर कोरिया अमेरिकासामु कतिसमयसम्म टिक्न सक्छ ? फोडेरेशन अफ अमेरिकन साइन्टिस्टमा क्यूक्लियर इम्फर्मेशन प्रोजेक्टका निर्देशक ह्यान्स क्रिसटेन्सेन र रबर्ट नारिसका अनुसार आठ जुलाईसम्म अमेरिकासँग ६ हजार ८ सय परमाणु हतियार थिए । २ हजार ८ सय रिटायर भइसकेका छन् । चार हजार तयारी अवस्थामा र एक हजार आठ सय हतियार तैनाथ छन् । सबैभन्दा धेरै आणविक हतियार रुससँग छन् । रुस पहिलो नम्बरमा छ भने अमेरिका दोस्रो नम्बरमा छ । रुससँग सात हजार परमाणु हतियार छन् । अर्कोतर्फ उत्तर कोरियाबाहेक अन्य परमाणु शक्ति सम्पन्न देशसँग पनि ८० देखि ३०० सम्म परमाणु हतियार छन् । यी सबै मिलाएर एक हजार १ सय ३५ आणविक हतियार छन् । जुलाईसम्म उत्तर कोरियासँग बढीमा २० परमाणु हतियार भएको अनुमान गरिएको छ । यसअघि उत्तर कोरियासँग परमाणु हतियार बनाउने प्रविधि नभएको विश्वास गरिन्थ्यो। उत्तर कोरिया पहिला लामो दूरीको मिसाइल परीक्षणमा असफल भएको थियो। यद्यपी मंगलबार वासिङटन पोष्टको प्रकाशित एक रिपोर्टमा उत्तर कोरियासँग लामो दूरीसम्म मार हान्न सक्ने क्षमताको मिसाइल छ र साना परमाणु हतियार लैजान सक्षम भएको दाबी गरिएको छ । वासिङटन पोष्टमा प्रकाशित रिपोर्टमा लेखिएको छ, ‘उत्तर कोरिया वर्षौंदेखि ब्यालेस्टिक मिसाइलमा परमाणु हतियार फिट गर्ने प्रविधि प्राप्त गर्ने कोसिसमा लागेको थियो। अहिले कयौं अमेरिकी विशेषज्ञले उत्तर कोरियाले त्यो क्षमता हासिल गरेको बताएका छन्। अमेरिका पनि त्यो विषयलाई स्वीकार गर्दै उत्तर कोरियाको मिसाइल साना परमाणु हतियार बोक्न सक्नेमा सक्षम रहेको बताएको छ।’ अमेरिकामा परमाणु अप्रसार नीतिका निर्देशक केल्सी डावेनपोर्ट भन्छन्, ‘अमेरिकी अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको पहुँच १० हजार किलोमिटरभन्दा धेरै छ। अमेरिकी ब्यालेस्टिक मिसाइल निकै भरोसायोग्य छन् । यी मध्ये केही त एकै मिनेटमा निसानासम्म पुग्न सक्छन् ।’ अर्कोतर्फ उत्तर कोरियाको मिसाइललाई लिएर धेरै शंका गर्ने गरिएको छ । योसँगै उत्तर कोरियाले पहिलो पटक जुलाईमा अन्तर महादेशीय मिसाइलको सफल परीक्षण गरेको थियो । आर्म्स कन्ट्रोल एसोसिएशनका अनुसार विश्वभरका नौ मुलुकसँग परमाणु हतियार छन् । ती हुन्, रुस, अमेरिका, बेलायत, फ्रान्स, इजराइल, पाकिस्तान, भारत,चीन र उत्तर कोरिया । विश्वभरमा अमेरिका पहिलो पटक परमाणु हतियार विकास गर्ने पहिलो मुलुक हो । १९४५ मा दोस्रो विश्वयुद्धका क्रममा जापानको नागासाकी र हिरोसिमामा परमाणु बमको प्रयोग गरेको थियो । \"\"त्यसपछि भने विश्वभरमा हतियारको होड सुरु भएको थियो । यो होड मुख्य रुपमा अमेरिका र सोभियत संघबीच धेरै समयसम्म चल्यो । आजका मितिमा पनि यी दुवै मुलुकसँग सबैभन्दा धेरै, ठूला र खतरनाक हतियार छन् । क्यूबा मिसाइल संकटका क्रममा परमाणु युद्धको आशंका प्रवल भएको थियो । त्यसको आठ वर्षपछि परमाणु अप्रसार सन्धिलाई कार्यान्वयनमा ल्याइयो । यो सन्धि अनुसार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका पाँच सदस्य अमेरिका, चीन, फ्रान्स, बेलायत र रुसलाई परमाणु शक्ति सम्पन्न मुलुकका रुपमा चिनिन्छ । अन्य देशको परमाणु प्रविधिको प्रयोगको अनुमति केवल वैज्ञानिक शोधका लागि मात्रै हो । यी पाँच मुलुक बाहेक अन्य मुलुक परमाणु हतियारको विकास गर्न सक्दैनन् । इजराइल,भारत र पाकिस्तानले एनपीटीमा कहिल्यै हस्ताक्षर गरेका छैनन् । यद्यपि, इजराइल आफूलाई आधिकारिक रुपबाट परमाणु शक्ति सम्पन्न मुलुक भन्दैन । इजराइलसँग कम्तिमा पनि ८० परमाणु हतियार भएको विश्वास गरिन्छ । उत्तर कोरियाले एनपीटीमा हस्ताक्षर गरेको थियो, तर उसले २००३ मा सो सम्झौताबाट आफूलाई अलग गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies