Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कि दुई आइजीपी, नत्र अर्याल कि भण्डारी ?

\"\"काठमाडौं, २५ चैत । एकातिर उप–प्रधानमन्त्रीको वरियताक्रमको विवाद त अर्कोतिर प्रहरी महानिरीक्ष कसलाई बनाउने भन्नेबारे विवादका कारण मन्त्रीपरिषद तीन सातादेखि बस्न सकेको छैन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड एक साता लामो चीन भ्रमण जाँदा कार्यवाहक प्रधानमन्त्री कसलाई बनाउने भन्ने विवादका कारण एक साता देश प्रधानमन्त्री विहिन बन्यो । त्यसोत त वरियताक्रमकै विवाद प्रधानमन्त्री प्रचण्ड चीनबाट फर्किदा त्रिभुवन विमानस्थलमा उप–प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र उप–प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले छताछुल्ल बनाए । जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएपछि हालसम्म पनि सरकारले प्रहरी महानिरीक्षक नियुक्त गर्न सकेको छैन । सरकारले यतिवेला विभिन्न उपायहरु खोजिरहेको छ । गृहमन्त्री निधिलाई प्रकाश अर्यालको नाम प्रस्ताव गर्न प्रचण्डले निर्देशन दिइसकेको स्रोतले बताएको छ । सरकारले १ फागुनमा वरिष्ठता मिचेर पहिलो र दोश्रो वरियताका क्रमसः नवराज सिलवाल र अर्याललाई पाखा लगाउँदै तेश्रो वरियताका जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवाको निर्णय गरेको थियो । अधिवक्ता कपिलदेव ढकाल र डिआईजी सिलवालले चन्दको बढुवाविरुद्ध दिएको रिटमा सुनुवाई गर्दै सर्वोच्चले उक्त नियुक्ति बदर गरेको थियो । सिलवाललाई ल्याउन नचाहेका सभापति देउवाले भरसक पुनः चन्दलाई नै बढुवा गर्ने र नभए अर्याल ल्याउने छलफल भएको स्रोतको दावी छ । त्यस्तै देउवाले चौथो वरियताका बमबहादुर भण्डारीलाई बढुवा गर्न दबाब दिँदै आएका छन् । सिलवाललाई महानिरीक्षक बनाए पनि प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेर त्यति नै बेला अर्याललाई महानिरीक्षक बनाउन महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका बालुवाटार स्रोत बताउँछ । त्यस्तै सरकारले सोचेको अर्का उपाए भनेको आईजीपीमा जयबहादुर चन्द र नवराज सिलवाल दुबैलाई बनाउने हो । सिलवाललाई आइजीपीकै हैसियतमा प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा पदस्थापना गर्ने र चन्दलाई संगठनमा पदस्थापना गर्ने गरि आइजीपी बनाउने पनि सोचेको बताइएको । यसो गर्दा अदालतको अपहेलना पनि नहुने र सरकार पनि आफ्नो निर्णयबाट पछि नहट्ने गरि यस्तो नीति लिएको स्रोतले खबरडबलीलाई जानकारी दिएको छ । गत आईतवार दिउँसो प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच पनि आईजीपीको बारेमा छलफल भएको थियो । अब आइतवार बस्ने क्याबिनेटबाट आईजीपीको नियुक्ति विवाद टुंगिइने गृह स्रोतले जानकारी दिएको छ । देशको आन्तरिक सुरक्षाको जिम्मेवारी सम्हालेको नेपाल प्रहरी फागुन २ गतेदेखि निमित्तको भरमा छ । आइजीपी नियुक्त नहुने बेलासम्म डाक्टर दिनेशचन्द्र पोखरेललाई निमित्त दिइएको छ । उनी प्रहरीका डाक्टर हुन् । पोखरेलसँग दैनिक प्रशासन चलाउने मात्र अधिकार छन् । पोखरेलले प्रशासन क्षेत्रको कुनैपनि तालिम लिएका छैनन् । त्यसोत निमित्त पोखरेललाई आइजीपीले प्रयोग गर्ने अधिकार पनि छैन् । अहिले प्रहरीले गर्नुपर्ने काम नियमित रुपमा भइरहेको देखिएपनि त्यसले संगठनलाई गम्भीर असर पार्ने पूर्व आइजीपीहरुको भनाई छ । आइजीपी नहुँदा प्रहरीभित्र सरुवा रोकिएको छ । यो अधिकार पोखरेललाई छैन् । सुरक्षा चुनौतीहरु, व्यवस्थापनका लागि पूर्व तयारी, सम्पूर्ण संगठनलाई परिचालन गर्नुपर्ने बेलामा आइपीपी नियुक्त नहुँदा ठूलै असर परेको छ । तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले गत फागुन २ गते अवकाश पाएका थिए । योसँगै प्रहरी निमित्तको भरमा सञ्चालन भइरहेको छ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies