Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कसले हान्ने लोकमान छक्का !

नेपाली राजनैतिक मैदानमा अनेकौँ चाखलाग्दा, हाँस्यास्पद र दुर्गन्धित खेल हुने गर्दछ । उचाल्ने–पछार्ने, मारमुङ्ग्री–कुस्ती, आरोप–प्रत्यारोप खेलहरु जारी राख्दै यतिबेला करप्सन क्रिकेट म्याच सुरुआत भईसकेको छ । अख्तियार प्रमूख लोकमानसिंह कार्कीविरुद्ध व्यबस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता भईसकेको छ । पहिलो ओभरमा सत्ता प्रमूख प्रतिपक्षी दल एमाले लोकमान छक्का बल ब्याटिङ गर्ने प्रयासमा छ । यस विषयमा काङ्ग्रेसले आफ्नो कुनै संलग्नता नरहेको अभिव्यक्ति दिएसँगै उसको पहिचान खुल्दैछ । अरु साना दलहरु आ–आफ्नै डम्फु बजाएर रमित लाग्दो झाँकीसहित पक्ष–विपक्षमा ध्रुवीकृत हुदैछन । लोकमान ब्याटिङ भईहालेमा एमालेको दसक अघिदेखिको खाइ–पाइ गुमेको फिर्ता आउने ठम्याई रहेकोछ । माओवादी केन्द्र यसैले आफु रहेको म्यादी सरकार म्याद नै नपुगी खुस्किने हो कि भन्ने बेजोड आशङ्का छ । त्यसैले घुमाउरो भाषामा असमर्थता जनाउ दिन खोज्दै छ । प्रधानमन्त्री प्रचण्डलाई राति निद्रा नलाग्नु, खुकुरीको धारमा हिडेको, घेरावन्दीमा परेको अनुभूत गर्नु, उस्तै परिस्थिति आईपरेमा प्रधानमन्त्रीबाटै राजीनामा दिनेसम्म सोच्नुजस्ता हावादारी अभिव्यक्ति त्यसका उदाहरण हुन । [caption id=\"attachment_95313\" align=\"alignleft\" width=\"235\"]\"मिलनकान्छा मिलनकान्छा किराती[/caption] राजनैतिक दलले आ–आफ्ना स्वार्थसिद्ध गर्नका निम्ति ल्याएका भए पनि अहिलेको लोकमानविरुद्धको महाअभियोग प्रस्ताव लोकहितमा छ । सबै जनता सबै दलको जीतमा छ । लोकमानको हार होइन, सिङ्गो भ्रष्ट्राचारीको हार हुनेछ । देशको मायाले ओतप्रोत भएर समाज रुपान्तरणको लागि यदि कसैले कुनै दलले राजनिति गरेको हो भने परिणाम दिने बेला यहि नै उत्तम होला । यसको कारण सरकार ढल्छ भने ढल्न दिनुपर्छ । कसैले यसलाई सरकार ढाल्ने र बनाउने हतियारको रुपमा प्रयोग गर्छ भने त्यसको परिणाम पनि दुर्भाग्यपूर्ण हुन जाला या नजाला । तर, कुनै पनि वहानामा जो–जसले लोकमानको पक्षपोषण गर्छ । भ्रष्ट्राचारी त्यही हो । त्यहाँबाटै कारवाही सुरुआत हुनुपर्दछ । यतिखेर लोकमानको पक्ष लिनखोज्नु भनेको भ्रष्ट्राचार गर्न पाउनु पर्छ भन्ने अर्थ लाग्छ । प्रधानमन्त्री प्रचण्डले विशेष पहल गर्नसक्ने यो मौसम हो । लोकमान छक्का बल यदि ब्याटिङ गर्ने हो भने प्रचण्ड सफलताको निकै नजिक देखिन्छन । यदि, यसलाई नै कारण देखाएर वा कुनै वहानामा काङ्ग्रेस सत्ता बाहिरिए जनताको नाङ्गेझार भाटे–कारवाहीबाट उम्कन सक्ने वातावरण छैन । लोकमानविरुद्धको महाअभियोगमा सत्ता प्रमूख प्रतिपक्षसँगै मोर्चाबन्दी गरेर प्रस्ताव पेश भईसकेको कारण एमालेलाई नयाँ सरकारको समीकरण काङ्ग्रेससँग नैतिक सङ्कट पर्न जान्छ । यसकारण प्रचण्ड अनावश्यक थर्कमान हुनु आवश्यक छैन । सत्तारुढ दल र प्रमूख प्रतिपक्षी दल साथै सरोकारवाला सबैसँग प्रधानमन्त्री देशकै कार्यकारी प्रमूखको हैसियातले पहल–कदमी अघि बढाउनलाई ढिलासुस्ती गर्नु हुदैन । काङ्ग्रेसले आलटाल गर्दै ढुलमुले प्रवृति देखाउँछ भने घातकसिद्ध हुनेछ । यो पुरानो इतिहास बोकेको जनताकै जगमा उभिएको पार्टी हो । यतिखेर अनेक वहानामा पन्छिदै लोकमानको बचाउ गर्दै भ्रष्ट्राचारको पक्षपोषण गर्छ भने गाउँ, सहर, टोलबाट लखेटिने छ । नत्र, ओली, प्रचण्डको स्पेस लिएर ठूलो दलको हैसियतमा देउवाले पहल अघि बढाउन सक्नु पर्दछ । त्यस्तो पहल लिने वातावरण नभए सकेसम्म अभियानलाई साथ दिन सक्नु पर्दछ । यसमा नै नेपाली काङ्ग्रेसको भलाई हुने छ । किन कि काङ्ग्रेसमा आस्था राख्ने मानिसहरु यहि जमीनमा उभिएर बाँचिरहेकाछन । यो जमीन सदीयौँदेखि लोकमानहरुको अधीनमा गुज्रिरहेको छ । पुरै लोक लोकमानहरुको भ्रष्ट्राचारबाट आक्रान्त छ । तसर्थ, काङ्ग्रेसले आँट गर्नु पर्दछ । यसरी पन्छिन खोज्नु समर्थक गुमाउदै अस्तित्व समाप्त पार्नु बाहेक अरु केही हुन सक्तैन । यो म्याचमा कसले छिटो, प्रभावकारी र उत्कृष्ट संयोजन गरेर लोकमान छक्का बल ब्याट गर्न सक्छ ? जनताको अदालतले यो निकै गम्भीरताका साथ हेरिरहेको नबिर्सन सबैलाई अपील गर्दछ । सर्वोच्च अदालतभन्दा माथि जनताको अदालत समाजमा अमूर्त रहेको र आवश्यक पर्दा निर्णायक रुपमा अघि सर्ने गरेको सबैलाई अवगत नै छ । लोकमानलाई कारवाही होइन, भ्रष्ट्राचारीलाई कारवाही भएको कारण पौने तीन करोड नेपाली लोकमानको विरुद्ध भ्रष्ट्राचारीलाई कारवाहीको पक्षमा उभिन्छ । यसबेला व्यावस्थापिका संसदबाहिर रहेका अन्य दलहरुले पनि उत्तिकै दबाब सिर्जना गरेर सहयोग गर्नुपर्ने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies