/  Tue, December 18, 2018

‘कुबेर खड्का’को घरमा रामेश्वर खनाल

राजनीति र हामी

पंक्तिकारलाई भरसक जाति, धर्म र राजनीतिको विषयमा टिप्पणी गर्नु नपरोस् जस्तो लाग्छ । यद्यपि तिनै विषयबाट सिर्जित भ्रम, पाखण्ड, विभाजन, संकीर्ण मानसिकतालाई झेल्दै बाँच्नुपरेको परिवेशमा मौन बस्नु ठीक हुँदैन भन्ने लाग्दो रहेछ ।

जातीयता, जातिय संस्कार र संस्कृतिको संवर्द्धन गरिनुपर्छ । कुप्रथाहरुलाई छोड्दै असल संस्कारहरुको संरक्षण गर्नसके जातीयताको कारण समाज र सिङ्गो राष्ट्रलाई कुनै बेफाइदा छैन । अन्यथा जात र नाकको हिसाबकिताबले समाजका लागि केहीपनि गर्दैन । धर्म परम्परागत रुपमा समाजलाई अनुशासनमा बाँध्ने व्यवस्था हो । त्यसप्रति आस्था हुनु आफैमा नराम्रो होइन । हरेक धर्ममा केही न केही गलत मान्यताहरु छन् । तिनीहरुलाई समय सापेक्ष परिमार्जन गर्दै जानुपर्छ । तर धर्मभिरु हुनु र धार्मिक भावनाहरुलाई निषेध गर्नु दुवै प्रत्युत्पादक हुन्छ । हामी नेपालीहरुबीच रहिआएको धार्मिक सहिष्णुताकोबारेमा आज कसैले प्रवचन दिनु र सिकायत गर्नु आवश्यक नै छैन । विडम्बना, हामी आफैभित्र भएको कस्तुरी चिन्न नसकेर अरुले कान फुकेकै आधारमा तरङ्गित भइदिन्छौं ।

टीएन रेग्मी

टी एन रेग्मी

प्रजातन्त्र प्राप्तिपछिको समयमा जन्मिएका नयाँ भनिने हरेक पार्टीहरुले शक्ति आर्जनका लागि देखाएका सपना पूरा गर्न जरुरी ठानेनन् । आफ्नो उदेश्य र समाजको आवश्यकताबीच तारतम्य मिलाउनुपर्छ भन्ने कुरालाई नेतृत्व गर्नेहरुले आत्मसात् गरेनन् । संविधानसभाका लागि मत माग्न जानेहरुले पुल, नहर, बाटो-घाटो र कभर्ड हलको आशा देखाए । राम्रो संविधान बनाउँछु र यी यी मुद्दाहरुमा केन्द्रित हुन्छु भनेर स्पष्ट पार्न सकेनन् ।

संविधान बनिसक्दा समेत एउटै मुद्दाको अपनत्व सबैले एकैसाथ दाबी गरे । सिङ्गो मधेसले नयाँ संविधान सहजै स्वीकार्न सकेन । आन्दोलन सुरु भयो । मधेस आन्दोलनलाई काठमान्डुले न महत्व दियो न त बेवास्ता गर्न नै सक्यो । यसप्रकार हामी हरेक वर्ष गोलमटोल राजनीतिको शिकार हुनुपरेको छ । समग्रमा हामीकहाँ राजनीति गर्नेहरु आफ्नो सिद्धान्त, नीति, कार्यक्रम र जनअपेक्षाको बारेमा नै स्पष्ट छैनन् । गणतन्त्र प्राप्तिपछि जनतामा झन् नैराश्य छाएको छ । यही मौकामा नयाँ नयाँ शक्तिहरु नयाँ सपनाको पुलिन्दा बोकेर दृश्यमा आउँदैछन् ।

उच्च प्रशासक र विज्ञ व्यक्तिको छवि बनाएका रामेश्वर खनालले कुबेर खड्का नाम भएको व्यक्ति साँच्चिकै कुबेर हो भन्ने ठान्नु उदेकलाग्दो कुरा हो । आशा गरौं, उनले कुबेर ठानेको व्यक्ति गाउँको सबैभन्दा धनी व्यक्तिसम्म होस् । उसको घर बलियो होस् । केही वर्षपछि ‘रातो स्टिकर’ लगाएर बाहिरिनु नपरोस् । नयाँ शक्तिलाई शुभकामना !

नेपालका नयाँ र क्रान्तिकारी भनिएका शक्तिहरुले समेत जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी पूरा गर्न चुकेको इतिहास छ । त्यसैले जनतामा नयाँ शक्ति ठीक कि पुरानो ? भन्ने विषयमा बेलाबखत द्विविधा पाइन्छ । दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालले चौथो शक्तिको दर्जा पाएको जनता झुक्किएर होइन । बरु क्रान्तिकारी शक्तिप्रति जनताको विश्वास कम भएर हो । त्यो अविश्वासलाई चिर्ने स्पष्ट योजना लिएर आउने पार्टीलाई मात्रै आगामी दिनमा जनताले विश्वास गर्नेछन् ।

राजनीति सही वा गलत हुन सक्छ । राजनीतिक पात्र र विचार ठीक कि बेठीक ? भन्ने विषयमा विचार विमर्श गर्न सकिन्छ । तर राजनीतिविहीन आधुनिक समाजको परिकल्पना गर्न सकिँदैन । संसारभर समाजको नेतृत्व गर्ने काम राजनीतिले गरेको हुन्छ । हामीकहाँ राजनीति गर्ने पात्रहरु, उनीहरुको कथनी र करनीमा हुने फरकका कारण समाज समयसँगै अगाडि बढ्न नसकेको हो । राजनीति आफैमा बेठीक होइन । कुनैपनि शक्ति, कुनै पनि वाद आफैमा शतप्रतिशत सही वा गलत हुँदैन ।

कर्ता, कर्म र कार्य विभाजन

‘चैते-काङ्ग्रेस’ नेपाली राजनीतिमा प्रचलित वाक्यांश हो । शान्ति प्रक्रियाका दौरान ‘अयोग्य’ भन्ने शब्द निकै चर्चित रह्यो । अयोग्यहरुले यसो गरे, उसो गरे भन्ने समाचार हेडलाइनहरु निकै लेखिए । ‘मण्डले’, ‘दलाल’, ‘गद्दार’, ‘उग्र वामपन्थी’, ‘जड सुत्रवादी’ जस्ता अनेक विशेषण विभिन्न पात्रहरुको लागि फरक फरक समयमा प्रयोग गरियो । ती सबै उपमा निश्चित कर्ता, कर्म र कार्य विभाजनका सन्दर्भमा प्रयोग भएको थियो ।

समसामयिक नेपाली राजनीतिमा कर्ता, कर्म र कार्य विभाजनको तालमेल देखिँदैन । त्यसैले समाजको निम्ति राजनीति गर्छु भन्नेहरुलाई सर्वसाधारणले पत्याइहाल्ने अवस्था छैन । अहिले शक्तिमा रहेका राजनैतिक पार्टीका कार्यकर्ताहरु निश्चित व्यक्तिगत वा सामुहिक स्वार्थलाई शिरोपर गरेर मैदानमा उत्रिएका सयौं उदाहरण पाइन्छ । यसले समाजमा राजनीतिका नाउँमा विकृतिलाई बढाएको छ । राजनीतिक शक्तिको आडमा व्यापार वा अन्य कुनै धन्दा चलाउन, सार्वजनिक सम्पत्तिको चरम दोहन गर्न र शक्तिशाली बन्नका लागि गरिने राजनीतिका कारण जनता दिक्क छन् । यसैबीच जनताले अपेक्षा गरेजस्तो शक्ति बन्ने दाबीका साथ नयाँ शक्ति नाम गरेको सङ्गठन निर्माण भएको छ । कुनै पनि सङ्गठन निर्माण हुँदैमा उत्साहित हुनुपर्ने कारण केही छैन । त्यसका कर्ता, कर्म र कार्य विभाजनले धेरै कुरा स्पष्ट हुँदै जानेछ । नयाँ शक्तिको सङ्गठन शक्तिका पूजक र महत्वाकांक्षी पात्रहरुको भीडमात्रै नबनोस् । अहिलेलाई यतिमात्रै आशा गरौं ।

कुबेर खड्का र रामेश्वर खनाल

पूर्वअर्थसिचव रामेश्वर खनाल नयाँ शक्तिमा प्रवेश गरेसँगै बजारमा एक किसिमको बहसको सुरुवात भएको छ । खनालको विगतका बारेमा धेरै कुरा नबुझ्नेहरुले पनि जागिरे जीवनको अन्तिमतिर लिएका अडानहरुका कारण उनलाई सम्झछन् । त्यसपछिका प्रायःजसो गतिविधि र भनाइप्रति सर्वसाधारणले चासो राख्छन् । कर छली प्रकरणमा तत्कालीन अर्थमन्त्रीसँग मतभेद भएपछि खनालले राजीनामा दिएका थिए । तत्‌पश्चात् केही समय निस्क्रिय देखिएका उनी संविधानसभा चुनावताका विभिन्न पार्टीहरुको तानातानमा परे । अन्तत: नेपाली काङ्ग्रेसका तर्फबाट समानुपातिक उमेदवारको सूचीमा देखिए । खै कुन संयोगले संसदमा पुग्ने मौका जुरेन ।

Rameshore-Prasad-Khanalकाङ्ग्रेस पार्टीभित्र अन्यायमा परेको बुझाइसहित उनी नयाँ शक्तिमा जोडिन पुगे । हालसालै प्रकाशित एक अन्तरवार्तामा खनालले आफ्नो लागि ‘काङ्ग्रेसको गेटको ताल्चा खुले पनि मुलढोकाको ताल्चा नखुलेको र आफू बाहिरै परेको’ बताएका छन् । साथै पार्टीहरुको शुद्धीकरण गरिनुपर्ने विचार व्यक्त गरेका छन् । र, नयाँ शक्ति अब्बल राजनीतिक शक्ति भएको तर्क प्रस्तुत गरेका छन् ।

‘बाबुराम भट्टराईले विगतको गल्ती महसुस गरेको र सच्चिने प्रयास गरेको’ कारण आफूले साथ दिएको खनालको तर्क छ । सच्चिने वा विगतमा गरेको गल्ती स्वीकारेको हदसम्म ठीक छ तर सच्चिएर सबैभन्दा आदर्श नेतृत्वको रुपमा स्थापित हुने सन्दर्भमा पर्खेर हेर्नु नै उचित हुनेछ ।

हामी चाहे संसारको जुनसुकै कुनामा पुगौं अपवाद बाहेक मान्छेहरुको नाम र काम मिल्दैन । बोली र व्यवहार मिल्दैन । नेपाली धनबहादुर, मनबहादुर र कुबेरहरु नामले अर्थ्याएको भन्दा ठीक उल्टो अवस्थामा हुन्छन् । त्यसैले नयाँ शक्तिले नयाँ तरिकाले नै काम गर्छ भन्नेमा विश्वस्त हुने आधार छैन ।

उच्च प्रशासक र विज्ञ व्यक्तिको छवि बनाएका रामेश्वर खनालले समेत कुबेर खड्का नाम भएको व्यक्ति साँच्चिकै कुबेर हो भन्ने ठान्नु उदेकलाग्दो कुरा हो । आशा गरौं, उनले कुबेर ठानेको व्यक्ति गाउँको सबैभन्दा धनी व्यक्तिसम्म होस् । उसको घर बलियो होस् । केही वर्षपछि ‘रातो स्टिकर’ लगाएर बाहिरिनु नपरोस् । नयाँ शक्तिलाई शुभकामना !

tnregmi@gmail.com

माघ १७ गते, २०७२ - १०:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनशनरत पूर्व जनसेनालाई उपचारका लागी विर लगियो

अनशनरत पूर्व जनसेनालाई उपचारका लागी विर लगियो

काठमाडौं । विगत ५ दिनदेखि माइतिघर मण्डलामा अनशनरत जनयुद्धका घाइतेहरुलाई सोमबार राति प्रहरीले उपचारका...   
पूर्व प्रधानमन्त्री तुल्सी गिरीको निधन

पूर्व प्रधानमन्त्री तुल्सी गिरीको निधन

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. तुल्सी गिरीको निधन भएको छ । कलेजो सम्बन्धी रोगबाट पिडित गिरीको आफ्नै...   

जान्नुहोस्, पहिलो यौन सम्पर्कमा युवतीले चाहने १० कुरा !

  एजेन्सी । पहिलो शारीरिक सम्पर्क गर्दाको महसुस व्यक्तिअनुसार फरक हुन सक्छन् । यस्ता कुरा विभिन्न...   
कांग्रेस महासमितिको बैठकमा नाराबाजी : बैठक स्थगित

कांग्रेस महासमितिको बैठकमा नाराबाजी : बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा नाराबाजी भएपछि बैठक स्थगित गरिएको छ । निर्धारित समयमै...   
काठमाडौंमा अत्याधिक जाडो : तापक्रम २ डिग्री

काठमाडौंमा अत्याधिक जाडो : तापक्रम २ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा एकाएक अत्याधिक चिसो बढेर तापक्रम २ डिग्रीमा झरेको छ । मौसम विभागका अनुसार...   
यौन स्वास्थ्य : यी ६ अवस्थामा यौनसम्बन्ध नराख्नुस्

यौन स्वास्थ्य : यी ६ अवस्थामा यौनसम्बन्ध नराख्नुस्

यौन भन्ने क्रिया मानव जीवनको एउटा अभिन्न अङ्ग हो । तर यसलाई व्यवस्थित तरिकाले निर्वाह गर्न सकेन भने...   

आजपनि नेकपाको बैठक, के होला स्थायी समितिमा ?

काठमाडौं । शनिबार केहीबेर बसेर स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक आज पुन बस्दैछ । पार्टी...   
अचम्मको तथ्य : युवाहरुको रोजाईमा विवाहित महिला धेरै, यस्तो छ कारण

अचम्मको तथ्य : युवाहरुको रोजाईमा विवाहित महिला धेरै, यस्तो छ कारण

एजेन्सी । सुन्दा अचम्म लाग्नु स्वाभाविक नै हो तर अचेलका युवाहरूको रोजाईमा विवाहित महिला पर्दछन् ।...   
२३ वर्षीय युवकले गरे ९१ वर्षीय वृद्धासँग विवाह, सुहागरातमा आइलाग्यो यस्तो आपत !

२३ वर्षीय युवकले गरे ९१ वर्षीय वृद्धासँग विवाह, सुहागरातमा आइलाग्यो यस्तो आपत !

रियो दे जेनेरियो । कहिलेकाँही संसारमा निकै अनौठो लाग्ने समाचारहरु आउने गर्छन् । यसै सिलसिलामा २३ वर्षीय...   

प्रवासमा नेकपाको संगठन कस्तो बनाउने ?

नेपालका दुई कम्युनिस्ट पार्टी ने. क. पा एमाओबादी केन्द्र  र एमालेबिच एकता पछि बिदेशमा रहेका संगठन पनि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top