Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मधेश जोडिँदै छ कि तोडिदैँछ ?

एक मधेशी मित्र छन् । मधेश आन्दोलनबारे कुरा चल्दै गयो । उनले भने –म मधेशमा जन्मनु मेरो अपराध होइन । भारतीय सीमामा जन्मनुसँग काठमाडौंलाई शंका लाग्छ भने मैले केही गर्न सक्दिन । मधेश काठमाडौंसँग जोडिन चाहन्छ, काठमाडौं मधेशलाई अलग्याउन चाहन्छ ।
बस, तिनी सैलुनहरुमा अरुका कपाल सुमसुम्याइहेका र टाउको मालिस गरिरहेका भेटिउन् । ती थोत्रा साइकलमा हाम्रा घरघरमा, हाम्रै भाउमा तरकारी बेचिरहेका होउन् । तिनले हाम्रा बिग्रेका स्टोभ र कुकर मर्मत गरुन् । तिनका  साखा सन्तानहरु यसरी नै युगयुग बाचुन् । ती दास जस्ता देखिउन् । पश्चिम तराईका थारुहरु कमारा जस्ता देखिउन् ।
००० [caption id=\"attachment_89788\" align=\"alignleft\" width=\"250\"]\"deepshikha\" लेखक[/caption] शीर्ष नेताहरुको बैठकमै केही समय अघि एमाले नेता केपी ओलीले मधेशी नेता राजेन्द्र महतोलाई भारतीय भूमी बिहारतिर जान सुझाए । देउवाले ‘थारुलाई राैं जत्ति अधिकार पनि दिन्न’ भनेको विषय सेलाईसकेको छैन । यी दुइ नेताले गणतन्त्र नेपालका मधेशी र थारुलाई संघीयताको नाममा दिएको बम्पर उपहार यो भन्दा ठूलो सायदै अरु केही होला । ००० आजकाल मधेशी संघर्षलाई लिएर सामाजिक संजालका केही फेसबुके र ट्वीटे पुस्ता मधेशमाथि ओली वाणी बोलिरहेको सुन्न पाइन्छ । तिनलाई के लाग्छ भने मधेशीहरु सब बदमास छन् । तिनको रगतको कणकणमा ‘अराष्ट्रिय तत्व’ छ । तिनका काम काठमाडौंका राजनीतिक मालिकहरुले अराईपराइ गरेको मान्ने हो । तिनले अधिकारका कुरा नगरुन् । तिनले हकका कुरा नगरुन् । ती बसोबास गरेका क्षेत्र नफुटाइयोस् भनेर नबोलुन् । तिनले सत्ताको कुरा नगरुन् । बस, तिनी सैलुनहरुमा अरुका कपाल सुमसुम्याइहेका र टाउको मालिस गरिरहेका भेटिउन् । ती थोत्रा साइकलमा हाम्रा घरघरमा, हाम्रै भाउमा तरकारी बेचिरहेका होउन् । तिनले हाम्रा बिग्रेका स्टोभ र कुकर मर्मत गरुन् । तिनका  साखा सन्तानहरु यसरी नै युगयुग बाचुन् । ती दास जस्ता देखिउन् । पश्चिम तराईका थारुहरु कमारा जस्ता देखिउन् । तिनले पनि तिनै मधेशी ‘भैया’हरुजस्तै हामी केही उच्च वर्गका मानिसहरुका लयमा आँशु पिएर बाचुन्–किनभने ती अनपढ छन् । अशिक्षित छन् । ति गँवार छन् । पढेका, शिक्षित र मेहनत गरेकाहरु अरु हुन् । काठमाडौंको खाल्डोमा अरु पनि कुरा सुन्न पाईन्छ – मधेशका केही नेताहरु पञ्चायतकालदेखि आजसम्म सत्तामा छन् । तिनले किन मधेशमा काम गरेनन् ? ति किन भारतीय दुतावास पुगे ? तिनै ‘मधेशका सामन्त’ हरुलाई अधिकार किन दिने ?
मधेश र थारुहरुले जातीय राज्य मागिरहेको छैनन् । मेरो बुझाईमा उनको माग यत्ति हो– आफ्ना मूलका मानिसहरु बस्ने भूगोल एकै ठाउँमा राखिदेउ । हाम्रो भाषा मिल्छ । सँस्कार र सँस्कृति मिल्छ । र हामीले थोरै जनसांख्यिक लाभ उठाउन सकौं र जनसंख्या अनुपातको प्रतिनिधित्व गराउन सकौं ।  संघीयताका बहुमान्य सिद्धान्तहरुलाई राज्य सरकारले कार्यान्वयन गर्न सजिलो हुन्छ । हामीलाई नफुटाऊ, नछुटाऊ ।
मनमा लाग्छ–तिनका बारेमा हिसाब मधेशी जनताले गर्लान् । यो अधिकार दिने बेलामा गरिने कुटील कुतर्क हो । राजनीतिक नेताहरु कस्ता छन् ? ती मधेशी होउन् या पहाडिया ? को सामन्त हो या होईन् ? यो छर्लङग छ । आन्दोलन र पविर्तनलाई कसले स्वीकार्यो या स्वीकारेन । हिसाबको परिणाम उल्टो आउन सक्छ । यो त फेरि पनि मधेशका नेता छान्ने काम काठमाडौंको भयो । हामी यस्तै तर्क गर्दैछौं । ००० जब मधेशले अधिकार माग्छ । तिनलाई भारतीय भन्न थालिन्छ । तिनका सम्बन्धका अन्तरकुन्तर खोतलिन्छ र नराम्रा कुराहरुको खोजी गरिन्छ । मधेशमा छिटपुट घट्ने ‘दाइजो प्रकरण’ र ‘बोक्सी काण्ड’ उछालेर मधेशीहरुको बदनाम गरिन्छ । यी घटना हाम्रा समाजिक चेतनाका उपज हुन् । खासमा राज्य दोषी हो । जसले समाजको उन्नत चेतना निर्माणमा सिन्को भाच्दैन । के मधेश, के पहाड, सबै ठाउँमा कुरितीजन्य घटना घटिरहेका छन् । उसो त काठमाडौंकै उच्चवर्गमा दाइजो नल्याइएको निहूँमा बुहारी मारिएका कहालीलाग्दा घटना घटेका छन् । हामी भन्दैछौं–अन्त घटेका अपवाद हुन्,  मधेशमा घटेका अमानवीय हुन् । दुवै अमानवीय हुन् किन भन्दैनौं ? मधेश भारतीय हस्तक्षेपसँग लडिरहेको छ । भारतीय सीमाका मधेशीहरु नै हुन् नेपालका जंगी पिल्लर । कहीं कतै सरकारी मानिसहरुले एउटै पिल्लरको रक्षा गरेको हामीले आजसम्म देख्न सकेका छैनौं । हामी काठमाडौंबाट त्यो देख्दैनौं । मधेशी थिएनन् र तिनले भूमीको रक्षा गरेका थिएनन् भने तराई/मधेशका धेरै भुगोलहरु आज भारतीय हुने थिए । नेपाली हुनुको गर्व खासमा ती सीमामा बाँचेका मधेशी/नेपालीहरुमा छ–तर काठमाडौं ती मानिसहरुलाई उल्टो आरोप लगाएर राष्ट्रियताको ढोगं पिटिरहेको छ । ००० मधेश र थारुहरुले जातीय राज्य मागिरहेका छैनन् । मेरो बुझाईमा उनको माग यत्ति हो– आफ्ना मूलका मानिसहरु बस्ने भूगोल एकै ठाउँमा राखिदेउ । हाम्रो भाषा मिल्छ । सँस्कार र सँस्कृति मिल्छ । र हामीले थोरै जनसांख्यिक लाभ उठाउन सकौं र जनसंख्या अनुपातको प्रतिनिधित्व गराउन सकौं ।  संघीयताका बहुमान्य सिद्धान्तहरुलाई राज्य सरकारले कार्यान्वयन गर्न सजिलो हुन्छ । हामीलाई नफुटाऊ, नछुटाऊ । देउवा, रावल र भट्टहरुले यही भने– सुदुरपश्चिम नछुटाउ । काठमाडौंले सुन्यो । कर्णाली उपेक्षित थियो । उ पनि उफ्रियो– उसको सुन्नैपथ्र्यो, बेठीक भएन । सुर्खेतले राज्य सरकारको राजधानी माग्यो–पायो । बाग्लुङले छुट्टिदैनौं भन्यो– काठमाडौंले हवस भन्यो । ओली, सिटौलाहरुले मोरङ, झापा र सुनसरी दिन्नौं भने– काठमाडौं जंगेसँग भारदारहरु झुकेझैं झुक्यो । मधेशले पनि उही भन्यो– पाएन । थारुले त्यही कुरा गर्यो– सेना देखाइयो र यूवाहरुलाई विदेश धपाइयो । मधेश काठमाडौंसँग जोडिन चाहन्छ । काठमाडौं मधेशलाई जोड्न चाहन्न । काठमाडौंमा मधेशी हेपिन्छन् तर मधेशले काठमाडौंलाई कहिल्यै हेपेन । मधेशले बिखण्डनको कुरा आजसम्म गरेको छैन । सिके राउत उचालिरहेका छन् तर मधेशी जनता सुनिरहेका छैनन् ।
यी दुई मृत्युको भेदमा काठमाडौं रमरम छ । कैलालीको मृत्यु अमानवीय थियो, मधेशको मृत्यु मानवीय । मधेशमा राज्यले मार्नु जायज थियो, कैलालीमा नाजायज ।
मनमा अब लाग्न थालेको छ– काठमाडौंले मधेशलाई आफ्ना नठानिरहँदा मधेशले पनि ‘जस्तालाई त्यस्तै’ गर्न चाह्यो भने के हुन्छ ? मलाई काठमाडाैंसँग सोध्नुछ–ओली, देउवा, रावल वा भट्टले मागे जस्तै कुरा माग्दा मधेशी र थारुलाई किन नदिएको ? ००० कैलालीको थारु सघर्षमा सात प्रहरीसहित एक बालक मारिए । त्यो हिंसात्मक थियो र अक्षम्य पनि । त्यसको समर्थन गर्नै सकिन्न । मधेश आन्दोलनमा अहिलेसम्म दुई दर्जनभन्दा बढी जनताको मृत्यु भइसेकेको छ । यो पनि हिंसात्मक, निरंकुश कर्म र अपराध नै हो । यसको पनि समर्थन गर्न सकिन्न । तर यी दुई मृत्युको भेदमा काठमाडौं रमरम छ । कैलालीको मृत्यु अमानवीय थियो, मधेशको मृत्यु मानवीय । मधेशमा राज्यले मार्नु जायज थियो, कैलालीमा नाजायज । कैलालीको मृत्यु दुख्छ काठमाडौंलाई । मधेशमा मारिएकाहरुको मृत्यु दुख्दैन । कैलालीमा मारिएकाहरुकाे विषय काठमाडौंमा ठूल्ठूला अक्षरमा फिचर बन्छन् । मधेशमा मारिएकाहरुका अक्षर एउटा सानो कुनामा थचारिन्छ । मधेशलाई लाग्दो हो –त्यहाँ मारिने उच्च थिए । हामी नीच भयौं र काठमाडौलाई दुखेन । ००० म पहाडीया खस सँस्कारको मान्छे हुँ । मेरो मधेशसँग राजनीतिक चेतनाजन्य र मानवीय सम्बन्ध बाहेक केही छैन । हिजो अधिकार माग्दा आतंककारी ठहरिएको एउटा पहाडे हुँ । मानिसहरुले मलाई यो लेखिरँहदा  ‘जातीय’ भन्न सक्छन् । काठमाडौंसँग यिनलाई लगाउने आरोपहरु छन्–जंगबहादुरले शिलालेखमा छोडिगएका । तिनले समय हेरेर ती आलेखहरु भट्याउँछन् । तिनले गरिब भनेर हेपे, तिनले दलित भनेर हेपे, तिनले आतंककारी र अराष्ट्रिय तत्व भनेर हेपे । आज ती अधिकारका कुरा गर्दा जातीय भनेर हेप्दैछन् । ‘अधिकार’ लाई ‘विखण्डन’सँग दाज्ने शिक्षितहरुसँग कुनै गुनासो छैन । काठमाडौंसँग एउटा प्रश्न सोध्नुछ –मधेसलाई जोड्न चाहनुहुन्छ कि तोड्न ?

aplly description here...

संकल्प गरौ, संकटलाई अवसरमा बदलौं !

सोमबार एकै समस्याका तिन तथ्यहरु बाहिर आए । एक –भारत बाहेक अन्य देशहरुबाट २ लाख १० हजार ८७१ जना नेपालीहरु स्वदेश फर्कन चाहन्छन् । दुई –युएईले नेपाल फर...

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी !

श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या ...

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी…

श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या ...

सत्ता एडिक्ट एमालेसँग केही सवाल

केही हप्ताअघि एमाले निकट अखिलका एकजना केन्द्रीय नेताले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउको काटेर सडकमा फुटबल खेल्छौं भने...

चुनौतिको चुचुरोमा प्रचण्ड

प्रचण्ड, प्रचण्ड हुन् । प्रचण्ड, प्रचण्ड भइरहन्छन् । मानिसहरु कि प्रचण्डलाई गाली गरिरहेका भेटिन्छन् कि उनको प्रशंसा गरिरहेका । झण्डै १५ वर्षयता प्रचण्...

ओली सरकारबाट माओवादी बाहिरिनुका १२ कारण

नेकपा माओवादी केन्द्रले बहुमतीय सरकारको विकल्पमा राष्ट्रिय सरकारको प्रस्ताव ल्याएपछि र सरकारबाट समर्थन फिर्ता लिएपछि चौतर्फी यसबारे चर्चापरिचर्चा सुरु...

यी १२ कारण ओली सरकारको विकल्प खोज्नुपर्छ

नेकपा माओवादी केन्द्रले बहुमतीय सरकारको विकल्पमा राष्ट्रिय सरकारको प्रस्ताव ल्याएपछि र सरकारबाट समर्थन फिर्ता लिएपछि चौतर्फी यसबारे चर्चापरिचर्चा सुरु...

ओली राष्ट्रवाद र मुकुन्दे गफ

महाकाली सन्धि राष्ट्रघाती हो कि राष्ट्रवादी ? त्यसबाट नेपालले के पायो ? कति लाभ लियो र गुमायो ? यो फेरि चर्चा गरिरहनुपर्ने विषय होइन । सन्धि राष्ट्रघा...

कति छ विप्लव माओवादीको फौजी सामर्थ्य ?

नवगठित नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनअधिकारको रक्षाका लागि आफूले हतियार उठाउने चेतावनी दिइरहेका छन् । केही वर्षअघि एकीकृत ...

बौलाही छापामार !

पुलिस चौकी रेडका घाइते योद्धाहरु हुनुहुन्थ्यो । हामी एउटा गाउँको सिरानमा थियौं । म उपचारमा खटेकी थिएँ, बिस्तारै उहाँहरुको घाउ निको हुँदै थियो । कमरेड ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies