Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चुनौतिको चुचुरोमा प्रचण्ड

प्रचण्ड, प्रचण्ड हुन् । प्रचण्ड, प्रचण्ड भइरहन्छन् । मानिसहरु कि प्रचण्डलाई गाली गरिरहेका भेटिन्छन् कि उनको प्रशंसा गरिरहेका । झण्डै १५ वर्षयता प्रचण्डै प्रचण्ड छन् । सबैको मुखमा प्रचण्ड छन् । बोलीमा छन् । लवजमा छन् । मायामा छन् । गालीमा छन् । यो आलेख संविधान जारी भएलगत्तै लेखिएको थियो । अहिले परिस्थिति अलिकति बदलिएको छ । ती प्रचण्ड सडकमा बसेर राजनीतिको नेतृत्व गरिरहेका थिए, यी प्रचण्ड सिहंदरबारमा बसेर फेरिपनि नेपाली राजनीतिको नेतृत्व गरिरहेका छन् । मानिसहरु भन्छन्, ‘प्रचण्ड बदलिइरहन्छन् ।’ मलाई सोध्न मन छ, ‘बदलिएका मानिसहरु हुन् कि प्रचण्ड ?’ उही मानिस अघिल्लो दिन वा साल प्रचण्डलाई गाली गरिरहेको देख्छु । उही मानिस पछिल्लो दिन या साल प्रचण्डको प्रशंसा गरिरहेको भेट्छु । म भ्रममा छु– बदलिइरहने मानिसहरु हुन कि प्रचण्ड ? कि दुवै ?
प्रचण्ड, आफैमा एउटा प्रवृत्ति हो । प्रचण्ड, पहलकदमी हो । प्रचण्ड, आन्दोलन हो । प्रचण्डमाथिका परिभाषा अनेकान छन् । कोही भन्छन्– उनी ‘अद्भूत’ हुन् । कोही भन्छन्– उनी ‘केही’ होइनन् । कोही उनलाई ‘बैद्य र बाबुराम जुधाएर खाइपाइ आएका चतुर’ भन्छन् । कोही भन्छन् ‘बाबुराम र बैद्यजस्तालाई सँगै लिएर हिँडेका अद्भूत ।’ प्रचण्ड बुझिनसक्नुका छन् ।
\"deepshikha\"केही महिनाअघि प्रचण्डको नाम लिन डराउनुपथ्र्यो । कसैले चिया पसलमा माओवादीलाई गाली गरिरहँदा स्वयं माओवादी भएर पनि गाली थपिदिएर हिँडेमात्रै छुट पाइन्थ्यो । संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको माओवादी एकाएक लोकप्रियताको शिखरमा छ । प्रचण्ड त्यो शिखरको टुप्पोमा मोहनी हाँसो हाँसिरहेका छन् । यो आजको सत्य हो । प्रचण्ड, आफैमा एउटा प्रवृत्ति हो । प्रचण्ड, पहलकदमी हो । प्रचण्ड, आन्दोलन हो । प्रचण्डमाथिका परिभाषा अनेकान छन् । कोही भन्छन्– उनी ‘अद्भूत’ हुन् । कोही भन्छन्– उनी ‘केही’ होइनन् । कोही उनलाई ‘बैद्य र बाबुराम जुधाएर खाइपाइ आएका चतुर’ भन्छन् । कोही भन्छन् ‘बाबुराम र बैद्यजस्तालाई सँगै लिएर हिँडेका अद्भूत ।’ प्रचण्ड बुझिनसक्नुका छन् । केही बुझ्नेहरुले भन्छन्, ‘स्वनिर्णय गरेको बेला प्रचण्ड हावी हुन्छन् । जब परिबन्धमा निर्णय गर्छन् तब प्रचण्ड फस्छन् ।’ प्रचण्डले ‘निराश’ माओवादी कार्यकर्तालाई भन्थे –माओवादी अब १० वर्ष राजनीतिको केन्द्रमा हुन्छ । हामीलाई भर लाग्दैनथ्यो । अरुलाई ‘इस ’ लाग्थ्यो । उनले त्यो सम्भव छ भन्ने कुरा फेरि एक पटक देखाएका छन् । प्र्रचण्डमाथि ‘बदलिइरहने’ ‘अस्थिर भइरहने’ आरोप लाग्छ । मेरो जबर्जस्त तर्क छ– उनी ‘स्थिर’ र ‘धिर’ नेता हुन् । संविधान निर्माणबारे प्रचण्डमाथि झिना आरोप छन् –उनले वर्ग छोडे । वर्गका मुद्दा छोडे । उनी कति ‘सतर्क’ छन् ? थाहा छैन । उनका तर्क छन् – गक्षअनुसार हाम्रो वर्गले अहिलेलाई पाउने यत्ति हो ।
आफ्नो पार्टी फुट्ने उनलाई थाहा थियो तर सेना समायोजन तथा शान्तिप्रक्रिया टुङ्ग्याए । चुनावमा के हुन्छ ? थाहा थिएन । तर, अर्काको सरकार बनाएर देशलाई दोस्रो संविधानसभाको चुनावमा होमे । र, राजनीतिकरुपमा गति दिए । उनी आफै पराजित भए । तर, डराएनन् ।
प्रचण्ड हारेर जित्न सक्छन् । संविधान निर्माणमा उनले जिते । उनी ‘जित्न र हार्न’ दुवैमा सिपालु छन् । यसबीच पार्टी फुटका चोटहरु बेहोरे । जब प्रचण्ड खुल्ला राजनीतिको मूलधारमा आए तब प्रचण्डका निर्णयहरुमा मुलुक हिँडेको छ । उनले उठान गरेका एजेण्डाहरुको निरन्तर बहस र कार्यान्वयनमा देश बहेको छ । हिजो संविधानसभाको चुनावयता देशका ठुला निर्णयहरुमा प्रचण्ड हावी छन् । सेना समायोजन, शान्तिप्रक्रिया, दोस्रो संविधानसभाको चुनाव र नयाँ संविधान निर्माणमा प्रचण्डको ‘बोल्ड’ निर्णयले काम गरेको छ । उनी प्रधानमन्त्री भएपश्चात संविधानको मुल धार भन्दा बाहिर रहेका मधेसी मोर्चा लगायतलाई सहमतिको बाटोमा हिडाइरहेका छन् । सायद त्यो चाडै निष्कर्षमा पुग्नेछ । आफ्नो पार्टी फुट्ने उनलाई थाहा थियो तर सेना समायोजन तथा शान्तिप्रक्रिया टुङ्ग्याए । चुनावमा के हुन्छ ? थाहा थिएन । तर, अर्काको सरकार बनाएर देशलाई दोस्रो संविधानसभाको चुनावमा होमे । र, राजनीतिकरुपमा गति दिए । उनी आफै पराजित भए । तर, डराएनन् । संविधान जारी हूँदा बखत आफ्नै पार्टी नेताहरु असहमत हुँदाहुँदै संविधान निर्माणको निर्णयमा पुगे । उनीमाथि पार्टीिभत्रकै मुख्य नेता र भारतीय पक्षको ठुलो दबाब थियो । तर, उनले टेरेनन् । प्रचण्ड के बोल्छन् ? होइन के गर्छन् ? भनेर हे¥यौं भने दृढ प्रचण्ड भेटिन्छन् । बरु सत्य के हो भने प्रचण्ड परिस्थितिको द्रुत गतिमा आँकलन गर्ने खुबी भएका नेता हुन् । उनी त्यो गतिमा हुँदा अरुले भेउसमेत पाउन्नन् अनि उनीमाथि ‘अस्थिरता’को आरोप लाग्छ । प्रधानमन्त्री भएपछि प्रचण्ड जनताका दिनानुदिनका कामहरु सम्पादन गर्न व्यस्त छन् । ओलीले ठुलठुला गफ गरेर ९महिना विताए । प्रचण्डको बुझाईमा ससाना तर रणनीतिक महत्वका कामहरु सम्पादन गर्न उनका लागी ९ महिना काफी छ । उनले भनेजस्तै उनको पार्टीको ठेगान छैन, तर स्थानीय चुनाव गराए भने प्रचण्ड इतिहासमा त्यस्ता पात्र बन्नेछन्–जसले नयाँ संविधान लेख्न, जारी गर्न र कार्यान्वयन गर्न सम्भव बनाए । अँ त, सन्दर्भ प्रचण्डको चर्चाको भन्दा पनि चुनौतिको हो । प्रचण्ड अहिले हावी छन् । उनले संविधान निर्माणमा नसमेटिएका केही विषयबारेमा बोलिसकेका छन् । मधेसी, जनजाति, थारु, महिला र शासकीय स्वरुपबारे अबका एजेण्डा बनाउलान् नै । प्रचण्ड जति चर्चामा छन् उति नै उनीमाथि चुनौति पनि छन् । ती चुनौतिहरुलाई प्रचण्डले कसरी नेतृत्व गर्छन् भन्ने कुराले प्रचण्डको लोकप्रियताको शिखरको नापोजाँचो गर्नेछ ।
 \"prachanda\"
१.पार्टी निर्माण
खासमा नेकपा माओवादी केन्द्र अहिले पनि नाम मात्रै हो । आज यो पार्टी पार्टीको रुपमा छैन । पेरिसडाँडामा ‘साइनबोर्ड’ र निर्वाचन आयोगमा ‘दर्ता’बाहेक अरु एमाओवादीको नाममा केही छ भन्नु आत्मरति मात्रै हो । यस्तो नाम मात्रै भएको माओवादीलाई पुनर्निर्माण गर्न सक्छन् या सक्दैनन् ? उनको पार्टी छाता जस्तो छ । को कुन संगठनको हो भन्ने कसैलाई थाहा छैन । कसको के हैसियत भन्ने पनि छैन । हिजो फुटेका १० पार्टी एकिकरण गरेर प्रचण्डले मनोवैज्ञानिकरुपमा जुन विजय हासिल गरे त्यो संगठनमा बदलिएन भने त्यसको केही अर्थ छैन । सायद प्रचण्डले यो बुझेको हुनुपर्छ । प्रचण्डमाथि आजको युगसापेक्ष कम्युनिष्ट पार्टी बनाउने चुनौति छ ।
२. वर्गीय मुद्दा
जुन जुन एजेण्डा बोकेर एमाओवादीले जनयुद्ध या संविधानसभा लड्यो, ती सबै एजेण्डा नयाँ संविधानमा सम्बोधन भएका छैनन् । सोही कारण अहिले प्रचण्डमाथि वर्गीय मुद्दा छाडेको आरोप छ । प्रचण्ड यसैमा रमाएर बस्छन् या सम्बोधन हुन बाँकी वर्गीय मुद्दा उठाएर थप उपलब्धिका लागि योजनाबद्ध लड्छन् । यो प्रचण्डको अर्को चुनौति हो । थप वर्गीय मुद्दा उठाउँदा मध्यम वर्गले उनका मुद्दा स्विकार्छ कि स्विकार्दैन ? वा भनौँ स्विकार्न प्रचण्डले के त्यस्तो योजना ल्याउँछन् ? लोकतान्त्रिक राजनीतिमा आएको माओवादीलाई कुनै एउटा वर्गलाई मात्रै सम्बोधन गर्ने छुट छैन । वर्गीय पक्षधरता पनि लिने र अर्को वर्गलाई पनि सँगै लिएर जाने बाटो त्यति सहज छैन ।
३. प्रधानमन्त्री प्रचण्ड
केपी ओलीको ‘राष्ट्रवाद’ को ह्यांगओभरले प्रचण्डलाई सताइरहने छ । खासमा केही नगरेका तर ९ महिनामा ८० लाख बराबरको खाजा खाँदै राष्ट्रवादको गफ छाँटेका ओली आजपनि राष्ट्रवादी र प्रचण्ड अराष्ट्रवादी भन्नेहरुको कमी छैन । प्रचण्डलाई राष्ट्रहित प्रतिकुल जस्तो देखिने कुनै गल्ती गर्ने छुट छैन । प्रचण्ड र ओलीले नाकाबन्दीकाबेला सँगै लडेको छिमेकी भारत अझै उस्तै छ । उसको दबाव थेग्न हिजो ओलीलाई जसरी प्रचण्डले टेको लगाइदिएका थिए त्यो टेको उनको राजनीतिक सहयात्रि कांग्रेस वा देउवाले लगाउने छैनन् । यस्तोमा उनी ‘खतरनाक छिमेकी’सँग जोगिने चुनौति सामान्य छैन । मधेसी मोर्चा वा संविधान नमानिरहेको पक्षलाई मुलधारमा ल्याउन उनले संविधान संशोधनको पहाड उठाउन पर्नेछ । त्यो पहाड घाइते बाघ झै सिहंदरबारबाट बाहिरिएको एमालेको हैंसे बिना सम्भव छैन । उनले एमालेलाई सम्झाएर सुख छैन । उ सँग लड्नु छ । यसो नभए संविधान कार्यान्वयन हुँदैन र पहिलो संविधानसभा विघठनको अपजस जस्तै नयाँ संविधान लागु नगरेको आरोप उनको टाउकोमा आउनेछ । संविधान कार्यान्वयनका लागी अर्को चुनौति स्थानीय निकायको चुनाव हो । समयअवधि, कैंयन कानुनहरु नबनेको स्थिति र निर्बाचन आयोगमा प्रतिकुल रबैया उनका लागी बाटोका काडेतारहरु हुन् । तिनलाई प्रचण्डले पन्छाउने चुनौति छ । यि काम सहज छैनन् र राष्ट्रिय सहमतिबिना सम्भव छैन । तसर्थ दलहरुलाई सहमतिमा ल्याउन सक्नु या नसक्नुले उनको सफलता निर्भर गर्दछ ।
४. होइन तर हो
यो मुख्य चुनौति ‘होइन’ तर ‘हो’ । उनका पारिवारिक, जीवनशैलि र कार्यशैली देखाएर विरोधीहरुले जहिल्यै खुइल्याउने गर्छन् । सत्य के हो ? पार्टी नेता तथा कार्यकर्तालाई थाहा भए पनि आम मानिसलाई थाहा हुन्छ भन्ने हुँदैन । राजनीतिमा देखिने कुरा र नदेखिने कुरा दुवैले कहिलेकाहीँ समान अर्थ र महत्व बोकेका हुन्छन् । यहाँ यसोउसो भनिरहनुभन्दा पनि माथिका कुराहरुमा प्रश्न उठ्न दिनुहुँदैन । प्रचण्ड प्रायः एक्लै दौडिरहेका हुन्छन् । ‘एक्लै’ दौडने तरीकालाई बदलेर ‘टिमबद्ध’ दौडने बनाउन जरुरी छ । उनको राजनीतिक दैनिकी यति भद्रगोल छ कि त्यसले इमान्दार मानिसहरुलाई वाक्क बनाउँछ । यसलाई उनले निर्ममतापूर्वक बदल्नुपर्छ ।
५.यता छ झन ठुलो चुनौति
प्रचण्ड सफल हुने हो भने प्रचण्डसँग मुलभुत रुपमा यी तीन संयन्त्र साथै हुनु जरुरी छ । उनले उनका योजनाअनुसार काम गरिदिने कर्तव्यनिष्ट कर्मचारीहरुको सेट तयार गर्न जरुरी छ । जो माओवादी या उनीसँग छैन । कर्मचारी संयन्त्रको हातमा कुनै राजनीतिक नेतृत्वलाई सफल या असफल बनाईदिने तागत राख्दछ । ति माओवादी नहुन सक्छन् तर कर्तव्यनिष्ट होउन् । प्रचार संयन्त्रमार्फत उनले गरेका कामहरुलाई सकारात्मक रुपमा जनतासम्म पर्याउन अनिवार्य जस्तै छ । माओवादी या प्रचण्डका समर्थकहरु नेपालका मुलधारका मिडियाहरुमा छैनन् भन्दा पनि हुन्छ । यो उनको अर्को चुनौति हो । तर ति स्थानहरुमा राम्रोलाई राम्रो भन्ने संचारकर्मीहरु पनि छन् तिनको परिचालनमा ध्यान पुर्याउन जरुरी छ । यसैगरी पार्टी सरकारमा गएपछि केहीले सत्ताभोग गर्न पाउने र ठुलो पार्टीपक्ति असन्तुष्ट बनेर सरकारलाई असहयोग गर्ने प्रवृति पार्टीहरुमा छ । त्यो माओवादीमा पनि छ । समग्र पार्टी पंक्तिलाई सरकारका कामहरु र जनताको कामको बिचमा पुलको काम दिनु जरुरी छ । यो बुँदामा भनिएका चुनौतिहरुको बिचमा यसअघिका प्रधानमन्त्री ओली थिएनन् । कर्मचारी संयन्त्रमा उनको पकड रहेको कुरा चुनावले देखाउँछ । अपवादमा छोडेर प्रत्येक मुलधारका मिडियाहरुमा उनका कार्यकर्ताजस्तै पत्रकार रहेछन् भन्ने कुरा उनको सिहंदरबाट बहिगर्मनको बेलामा प्रष्टै देखियो । तिनले ओलीका लागी समाचारका कोणहरु कसरी सकारात्मक बनाउँथे भनेर थप भनिरहन परेन । उनीहरु नै अहिले प्रचण्डकाबारेमा समाचारहरु कसरी नकारात्मक बनाउने भनेर लागि नै रहनेछन् । ओलीले पार्टीपंक्तिबाट सयौं कार्यकर्ता सरकारमा भर्ती गरे । ९ महिनामा ८० लाखको खाजा पक्कै ओली एक्लैले खाएनन् । यसरी उनले पार्टीपंक्ति र कार्यकर्तापक्तिलाई खुशी राखे र आफ्नो जयजयकारमा माइतिघरमा जुलुश निकाले । यी सबै सुविधाबाट प्रचण्ड बन्चित छन् । यो प्रचण्डको सामान्य चुनौति होइन ।
र अन्त्यमा,
प्रचण्ड ‘सीमा र कमजोरीरहित’ हुन् भन्न थालियो भने अतिरञ्जना हुन्छ । प्रचण्ड माथि उल्लेखित चर्चाका अतिरिक्त एक मान्छे हुन् । नेपाली समाज र संस्कार विकासको सापेक्षतामा कमजोरी हुन्छन् । यो नै सत्य हो । तर प्रचण्ड हारेर ‘जित्न’ सक्छन् । जितेर ‘हार्न’ सक्छन् । हार्दा र जित्दा पनि सहन सक्छन् । लोकप्रियताको शिखरमा उभिएका प्रचण्डले माथि उल्लेखित चुनौतिलाई सामना गरे भने भुइँबाट आएको नेपालीको छोरो ‘जननेता’ र ‘राजनेता’को दुवै पगरी गुथ्न सक्छन् ।

aplly description here...

संकल्प गरौ, संकटलाई अवसरमा बदलौं !

सोमबार एकै समस्याका तिन तथ्यहरु बाहिर आए । एक –भारत बाहेक अन्य देशहरुबाट २ लाख १० हजार ८७१ जना नेपालीहरु स्वदेश फर्कन चाहन्छन् । दुई –युएईले नेपाल फर...

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी !

श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या ...

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी…

श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या ...

सत्ता एडिक्ट एमालेसँग केही सवाल

केही हप्ताअघि एमाले निकट अखिलका एकजना केन्द्रीय नेताले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउको काटेर सडकमा फुटबल खेल्छौं भने...

चुनौतिको चुचुरोमा प्रचण्ड

प्रचण्ड, प्रचण्ड हुन् । प्रचण्ड, प्रचण्ड भइरहन्छन् । मानिसहरु कि प्रचण्डलाई गाली गरिरहेका भेटिन्छन् कि उनको प्रशंसा गरिरहेका । झण्डै १५ वर्षयता प्रचण्...

ओली सरकारबाट माओवादी बाहिरिनुका १२ कारण

नेकपा माओवादी केन्द्रले बहुमतीय सरकारको विकल्पमा राष्ट्रिय सरकारको प्रस्ताव ल्याएपछि र सरकारबाट समर्थन फिर्ता लिएपछि चौतर्फी यसबारे चर्चापरिचर्चा सुरु...

यी १२ कारण ओली सरकारको विकल्प खोज्नुपर्छ

नेकपा माओवादी केन्द्रले बहुमतीय सरकारको विकल्पमा राष्ट्रिय सरकारको प्रस्ताव ल्याएपछि र सरकारबाट समर्थन फिर्ता लिएपछि चौतर्फी यसबारे चर्चापरिचर्चा सुरु...

ओली राष्ट्रवाद र मुकुन्दे गफ

महाकाली सन्धि राष्ट्रघाती हो कि राष्ट्रवादी ? त्यसबाट नेपालले के पायो ? कति लाभ लियो र गुमायो ? यो फेरि चर्चा गरिरहनुपर्ने विषय होइन । सन्धि राष्ट्रघा...

कति छ विप्लव माओवादीको फौजी सामर्थ्य ?

नवगठित नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनअधिकारको रक्षाका लागि आफूले हतियार उठाउने चेतावनी दिइरहेका छन् । केही वर्षअघि एकीकृत ...

बौलाही छापामार !

पुलिस चौकी रेडका घाइते योद्धाहरु हुनुहुन्थ्यो । हामी एउटा गाउँको सिरानमा थियौं । म उपचारमा खटेकी थिएँ, बिस्तारै उहाँहरुको घाउ निको हुँदै थियो । कमरेड ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies