Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विघटनबाट जोगिन खोज्दै कांग्रेस

\"nc_flage\"काठमाडौं । महाधिवेशन सार्ने, संविधानको विधयेकमा संसोधन महाधिवेशन तयारीका लागि समिति गठन सहितका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिले बसिरहेको छ । गुटगट आधारमा लम्बिदै महाधिवेशन नै नहुने अवस्था आई संवैधानिक संकट आउन लागेपछि कांग्रेसले यी विषयमा छलफल गरी धारणा बनाउनको लागि बैठक डाकेको हो । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार बैठकमा तीनवटा प्रस्ताव लगिएका छन् । सोमबार मात्र छलफल सकिई संविधानको विधयेक संसोधनका सम्बन्धमा, महाधिवेशनको मिति सार्ने र महाविधेशन तयारीका लागि विभिन्न समिति गठन गर्ने प्रस्ताव प्रस्तुत भएको उनले जानकारी दिए । के हुन्छ वैधानिक बन्ने बाटो ? असोज ५ पछि कांग्रेसको वैधानिकता के हुने भन्ने प्रश्न उठिरहेका बेला कांग्रेसले सविधान संसोधन विकल्पबाट वैधानिक हुने बाटो खोेजेको थियो । तर, संविधानमा ५ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानमा ६ महिना थप गर्ने गरी अन्तरिक संविधान संसोधनको छलफल पनि गरिरहेको छ । तर, सत्तारुढ दल एमालेले संविधान संसोधन गरी फेरि ६ महिना थप्ने प्रस्तावलाई कांग्रेसको सरकार नछोड्ने, संविधान निर्माणमा ढिलाई गर्ने योजनाको रुपमा बुझेको छ । सोही कारण कांग्रेसले दुई हप्ता अघि नै संविधान संसोधनका लागि एमाले र एमाओवादीसँग छलफल गरेर संसोधन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि दुबै दलले खासै रुची देखाएका छैनन् । तर, पनि कांग्रेसले प्रयत्न छोडेको छैन् । तर, आज बस्दै गरेको बैठकले पर्सी अर्थात भदौ १७ गते बुधबारदेखि तल्लो तहका अधिवेशन केही दिन सार्ने र अझै संविधान संसोधन गरी विशेष अवस्थामा ५ वर्षमा ६ महिना थप गर्नका लागि प्रयत्न गर्ने बुझिएको छ । एमालेले आशंका गरेपछि कांग्रेसले महाधिवेशनका लागि अग्रसर भएको देखाउन आजको बैठकबाट महाधिवेशन तयारी समिति पनि गठन गर्दैछ । तर, पार्टीमा क्रियाशील सदस्यता नै नुटुंगेको तयारी अघि नबढेको हुँदा महाधिवेशन तत्काल हुने सम्भावना भने नभएको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । कांग्रेसले संविधान निर्माणमा लाग्नुपरेकोले महाधिवेशनमा लाग्न नसकेको बताउँदै आएको छ । तर, पनि भित्री कारण भने यस्तो नभएको नेताहरु नै बताउँछन् । सभापति सुशील कोइराला अहिलेनै महाविधेशन गर्दा आफू पराजित हुनुपर्ने मानसिकतामा रहेकोले ढिलाई भएको देउवा पक्षको बुझाई छ । संस्थापनमा पदाधिकारीका आकांक्षी धैरै हुनुले उनीहरुलाई तत्काल नै मिलाउन सक्ने अवस्थामा नहुँदा तत्काल महाधिवेशनमा गए त्यसैको असन्तुष्टी र विरोधले देउवा हावी हुने बुझाईमा कोइराला छन् । सोही महाधिवेशनका केही कार्यक्रम सुरु गर्ने, संविधान ससोधन गर्ने जस्ता विकल्पबाट ६ महिनासम्म महाधिवेशन धकेल्ने योजनामा उनी छन् ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies