Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सम्पादकिय : समय कम छ तर हतार गर्ने छुट छैन

\"BICC-Nepal\"कैलाली त्रासदीले सिंगो नेपाली समाजलाई स्तब्ध बनायो । शान्तिपूर्ण भनिएको आन्दोलनमा एकाएक हिंसा भड्किँदा एक वरिष्ठ उपरिक्षकसहित सात प्रहरी र एक नाबालकले ज्यान गुमाए । यो त्रासदीबाट शोकाकुल हुँदै गर्दा, घटनाको पृष्ठभूमि र चुरो कारण पहिल्याउन सकेनौं भने नेपाली समाज भविष्यमा पनि शान्तिपूर्ण र सुखमयी बन्न सक्दैन ।
मधेसी, दलित, जनजाति, सिमान्तकृत, पिछडिएको समुदाय– यस्ता शब्दहरु  स्वयंभू वा भ्याकुममा फुत्त जन्मेका शब्द वा अवधारणा होइनन् । यस्ता हरेक शब्द र अवधाराणाका खास राजनीतिक पृष्ठभूमि र लामा इतिहास छन् ।
  कैलाली घटनाबारे अहिलेसम्म बाहिर आएका खबरहरु सबै अपुरा छन् । कतिपय सतही अनुमानहरु मात्रै छन् । कतिपय खबर र विश्लेषण षड्यन्त्रको सिद्धान्तमा आधारित छन् । घटनाको गहिरो छानविनले नै त्यो त्रासदीपूर्ण दिनको सग्लो चित्र हाम्रा अघिल्तिर ल्याउने छ । छानविन गर्ने आयोग वा निकाय वस्तुगत छानविन गर्न सक्ने ल्याकत भएको र कुनै शक्तिकेन्द्रको दबाबमा नझुक्ने किसिमको हुनुपर्छ । तर, सरकारले भर्खरै घोषणा गरेको छानविन समितिको सामथ्र्य र इमान्दारीमा ढुक्क हुने अवस्था छैन ।   कैलाली घटनाको सम्पूर्ण सत्यतथ्य बाहिर आउन केही समय लाग्ला । यसबीच फेरि एकपटक हामी सबैले नेपाली समाज गहिरो ढंगले बुझ्ने प्रयत्न गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । नेपाली समाजको विविधता र यसको संरचनागत असमानता नबुझी सुख छैन । खासगरी समाजको यी दुई पक्षलाई बुझ्न र त्यसै अनुरुप हाम्रो राजनीति पहिल्याउन सकेनौं भने, अज्ञानता र हिंसाको अँध्यारो सुरुंगको यात्रा गरिरहेका हुनेछौं । समाजको खास चरित्र नबुझी राजनीति गर्नु र राजनीतिक निर्णय लिनु घातक हुन्छ भन्ने हाम्रो इतिहासले बारम्बार हामीलाई सुझाइसकेको छ । यसो भन्दै गर्दा, समाजको चरित्र गहिरो ढंगले अध्ययन गर्ने वा चिन्तन गर्ने काम त बौद्धिक वर्ग वा विश्वविद्यालयका प्राध्यापकहरुको हो, सामान्य जनताको होइन भन्ने कसैलाई लाग्न सक्छ । तर, आफ्नो अधिकार माग्न सडकमा जाने जनतादेखि सदन र सरकारमा बसेर निर्णय गर्ने नेताले आफ्नो समाज बुझ्ने जिम्मा केही मुठ्ठीभर मान्छेको पोल्टामा हालेर आफूले जथाभावी गर्न छुट पाउँदैनन् । राजनीतिक दल र यसका भ्रातृ संगठनहरुले आफ्ना नेता र कार्यकर्तालाई पहिले समाज बुझ्ने उद्यम गराउनु सबभन्दा ठूलो आवश्यकता छ ।
हामीले कोही कीन सडकमा आउँछ, कोही कीन नारा लगाउँछ, कोही कीन हतियारबद्ध प्रहरीको फौज राखेको राज्यसँग जुध्न जान्छ भन्ने सवालका सही उत्तर पहिल्याउन सक्दैनौ । सही उत्तर पहिल्याउन नसक्दा, जोसुकैले हामीलाई भड्काउन र उत्तेजित बनाउन सक्छ ।
मधेसी, दलित, जनजाति, सिमान्तकृत, पिछडिएको समुदाय– यस्ता शब्दहरु त्यसै नेपाली राजनीतिक आकाशमा तरंगित हुन आइपुगेका होइनन् । यी कुनै स्वयंभू वा भ्याकुममा फुत्त जन्मेका शब्द वा अवधारणा होइनन् । यस्ता हरेक शब्द र अवधाराणाका खास राजनीतिक पृष्ठभूमि र लामा इतिहास छन् । यी शब्द उभिने जरा बुझ्न सकिएन र केवल सत्ताको जोडघटाऊ मात्रै बुझ्न खोजियो भने, हामीले कोही कीन सडकमा आउँछ, कोही कीन नारा लगाउँछ, कोही कीन हतियारबद्ध प्रहरीको फौज राखेको राज्यसँग जुध्न जान्छ भन्ने सवालका सही उत्तर पहिल्याउन सक्दैनौ । सही उत्तर पहिल्याउन नसक्दा, जोसुकैले हामीलाई भड्काउन र उत्तेजित बनाउन सक्छ । यी सवालमाथि गम्भिर चिन्तन नगर्दा हामी सस्तो र तल्लो स्तरको गाली गलौज र हिंसा प्रतिहिंसामा अल्मलिन पुग्छौं । नेता हौं र निर्णय गर्ने ठाउँमा छौं भने गलत निर्णय गर्न पुग्छौं । सामान्य जनता हौं भने लहडी भीडको अंश हुन पुग्छौं । अर्थात, दुवै पक्षले घातक गल्ति गरिरहेका हुन्छौं ।   यहाँ प्रश्न उठ्छ, अब पनि चिन्तन मनन गरेर बस्ने समय छ हामीसँग ? हो, हामीलाई छिटो संविधान चाहिएको छ, अधिकारबाट वञ्चितलाई तत्कालै अधिकार सम्पन्न हुनुछ, र पछौटे समाजलाई विकसित र समृद्ध तुल्याउने यात्रामा तुरुन्त सामेल हुनुछ । त्यसका लागि अहिले संविधानसभामा चलिरहेको प्रक्रियालाई चुस्त बनाउँदै सही दिशा दिन सक्नुपर्नेछ । समय कम छ, सत्य हो । तर, हतार गरेर बर्बादी निम्त्याउने छुट पनि छैन हामीलाई ।   त्यसैले अहिले सबैभन्दा ठूलो जिम्मेवारी निर्णय गर्ने तहमा बसेका नेतृत्व पंक्तिसँग छ । हाल भईरहेका आन्दोलन र संघर्षहरुलाई खेलाँची ठान्ने, बेवास्ता गर्ने, वा दमन गर्ने दुष्प्रयत्नमा नलाग्नु सबभन्दा पहिलो उचित कदम हुनेछ । असन्तुष्ट पक्षको जायज मागलाई सुन्नु, ती मागहरुलाई बुझ्न जनताबाट केही समय माग्नु, ती असन्तुष्टि र मागका जरा खोतलेर असन्तुष्ट पक्षसँग खुलेर अन्तरक्रिया गर्नु, र साझा धरातल खोजेर त्यसमा उभिँदै दिगो संविधान निर्माण गर्नु बाहेक अर्को उचित विकल्प केही गोचर हुँदैन । यति सबै काम गर्न वर्षौं लाग्दैन । तर, हतार गरेर कुनै अमुक नेतालाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउने ध्याउन्न र सत्तालिप्साको मेहेरोमा मात्रै बेरिने हो भने, कैलाली जस्ता त्रासदीहरु दोहोरिने सम्भावना कहिल्यै टर्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies