Khabar Dabali Logo
  August 22, Thu

बेपत्ता ! कहिले फर्केलान् घर ती मान्छे !

nabin_bivas_articleबेपत्ताकी आमा, बाबा, श्रीमती, छोरा, छोरीलाई के भनम्ला ?

असहज यक्ष प्रश्नसाथ पसेको थिएँ, बागबजारस्थित बेपत्ता परिवारको कार्यालयमा ।

थाहा पनि छैन —कार्यालय उही ठाउँमा छ वा छैन वा कार्यालय नै छैन अचेल ?

पत्रकारिता नामक रोटीकारिता गर्नेक्रममा दुई/चारपालि देखेभेटेको छु —बेपत्ता परिवारलाई । जो बेलाबेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्छन् । प्रधानमन्त्री फेरिएलगत्तै भेट्छन् ।

मानवअधिकारवादी नेतालाई भेट्छन् । न ज्यान न चिहानको खबर पाएका ती बेपत्ता परिवारले अनुनय विनय बिसाउँछन् ।

संघर्षका कार्यक्रम पनि ल्याउँछन् । सिंहदरवार घेर्छन् । नारा जलुस गर्छन् । कि ज्यान कि च्यान थाहा पाम् भन्दै आक्रोश पोख्छन् । आफ्ना प्रियजनका यादमा दुख बिसाउँछन् ।

संघर्षका कार्यक्रम पनि ल्याउँछन् । सिंहदरवार घेर्छन् । नारा जलुस गर्छन् । कि ज्यान कि च्यान थाहा पाम् भन्दै आक्रोश पोख्छन् । आफ्ना प्रियजनका यादमा दुख बिसाउँछन् । बेपत्ता परिवारका ती दुखेसा र क्रन्दन सरकार र पार्टी हेडक्वाटरले एक कानले सुन्छन् अर्को कानले उडाउँछन् ।

भैरवनाथ गणमा सँगै चित्कार साटेका उनै नदेखेका अनुहार आँखामा आउँछन् । प्रश्नका ढोका बन्द गरेर दिलको ढोका खुल्छन् । अनि ? आँखाको ढोका फोडेर आँसुको जुलुस निस्कन्छ । र, बोलीको बाटो छेक्छन् ।

बेपत्ताले आफ्ना परिवारका सदस्यका बाटो हेर्दाहेर्दै माओवादी अध्यक्ष दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री पनि भए । तैपनि बेपत्ता नागरिक बेपत्तै रहे । बेपत्ता परिवारका सदस्य भन्छन् —मारिएको भन्ने खवर पाए पनि त तिनका सतिगति गर्न हुन्थ्यो ।

अँ, एकपालि पुगेथेँ, बेपत्ता परिवारको कार्यालयमा ।

भित्ताभरि टाँसिएका थिए बेपत्ताका फोटो । ‘मेरो छोरा कहाँ छ ?’ भनेर बूढा अक्षरले लेखिएका थिए –प्रायः फोटोका सिरानीमा । सायद बेपत्ताका बाआमाले (जो आउने अवसर पाए, तिनले लेखे होलान्) लेखे होलान् ।
यस्तै लाग्यो ।
फोटो । केही साना काँटीका छन् । केही ठूला काँटीका । केही पोष्टकार्ड साइजका त केही त्यसभन्दा थोरै साना । केही रंगीन त केही सादा फोटो छन् । फोटो खिचाउने अवसरै नपाएकाका नागरिकता बनाउँदाखेरिको पानी फोटो छन् । बच्चा छँदा बाटोको धुलोमा बनाएका भाँतीभाँतीका चित्रजस्ता—जताबाट अथ्र्याए नि हुनेखाले छन् ती पानी फोटो ।

फोटो प्लाष्टिकले छोपिएका छन् । माकुराले जालो नलाओस्; मयल नपरोस्; धुलोले नछोपोस् भनेर होला ।

भैरवनाथ गणमा बेपत्ता पारिएको भनेर चिनापर्ची गरेपछि बेपत्ता परिवारका कान ठाडा भए । कोही बेपत्ताका बाबा थिए कोही आमा कोही भाइबहिनी ।

प्रश्नका एम्बुसमा परेपछि गाउँ सम्झिएँ । गाउँमा आएका कालापारे आँखामा आए । घर आउने साइत नजुरेका कालापारेका चिठी या पैसा या कुनै नासो लिएर आउने कालापारे सम्झिएँ । आफूलाई उस्तै लाग्यो । तर मसँग न चिठी थियो न नासो न त केही नै । आफ्नै गाउँका रहेछन् भने भइहाल्यो नभए छिमेकी गाउँका कालापारेका हातबाट पनि नासो पठाउने चलन छ । नासो या चिठो या पैसा लिएर सम्बन्धित घरमा पुगेपछि परिवारकै सदस्य आएजसरी सोध्न थाल्छन् –संचो बेसंचो, दुब्लो पातलो, कालो गोरो, कमाइकाज, खाए नखाएको …। यहाँसम्म कि –खाना कति खान्छ ? राति अबेरसम्म सुत्दैन कि ? आदिआदि ।

अँ, बेपत्ता परिवारका सदस्यका प्रश्नका घेरामा परेँ ।

‘मेरो छोरो फलानोलाई देख्नुभयो ? भैरवनाथ गणमा थियो ?’

….

‘बाबू, मेरी छोरी फलानी थिई कि हँ ?’

..

‘बाबू, मेरो श्रीमान् फलानो सँगसँगै बस्नुभएको हो ?’

‘मेरो भाइ सीएन ढुंगाना थियो ? भेट्नुभयो ?’

‘अनुहार त देखेको भए पो भन्नु । थाहै छैन ।’

नासो या चिठो या पैसा लिएर सम्बन्धित घरमा पुगेपछि परिवारकै सदस्य आएजसरी सोध्न थाल्छन् –संचो बेसंचो, दुब्लो पातलो, कालो गोरो, कमाइकाज, खाए नखाएको …। यहाँसम्म कि –खाना कति खान्छ ? राति अबेरसम्म सुत्दैन कि ? आदिआदि

उनीहरुले फोटोको अनुहारमा औंलाले इंगित गर्दै ‘यस्तो अनुहारको फलानो थियो कि थिएन’ भन्दै सोध्न थाले । कार्यालयमा त्यस बिहान जो जो थिए तिनले बेपत्ता आफ्नो परिवारका सदस्यका अनुहारमा औलाले देखाउँदै चिने नचिनेको, देखेको नदेखेको, छ छैन भन्दै तिनका संचोबेसंचोसमेत सोधे ।

भनेँ, ‘हामीलाई कहिल्यै हेर्न दिइएन । नाम पनि पालेले भनेको सुनेको हो । नाम सुनेकामा सीएन ढुंगाना र अमृत कँडेल मात्र छन् ।’

न अनुहार देखेको न त दुईचार बात गर्न पाएको । कसरी भन्नु ? दोधारमा परेँ । के भन्नु के नभन्नुको बीचमा बल्झेर लडम्लाजस्तो भयो ।

सुनेँ, ‘यीः यो फोटो । भैरवनाथमा भन्ने सुनेका छौं । भेट्नुभयो ?’ फोटोमुन्तिर लेखिएको थियो, सीएन ढुंगाना ।
‘हो त है !’ तीन महिनाको बीचमा एकबार नुहाउन पाइएको थियो । हो, त्यसैबेला देखेको सीएन । र, सेनाले होच्याउँदै घरी सीएन घरी ‘चेते चेते’ भनेको सम्झिएँ । तर, नुहाउन पसेको बेला देखेको तिनको अनुहार र यो फोटोको छेउटुप्पो नै मिल्दैनथ्यो । उनको अनुहार दारी र जुँगाको जंगलमा बेखवर थियो ।

फोटोमा कसरी ठम्याउनु ।

‘हो, यो नामको मान्छेलाई बाथरुममा भेटेको हुँ । सँगै नुहाएका हौं ।’

‘थियो कि छ ?’

‘निस्कनुभन्दा अघिसम्म थिए । त्यही होलान् ।’

‘अनि ?’

औंलाले देखाउँदै उनीहरुले सयौं फोटो देखाए । तर तिनका न अनुहार देखेको थिएँ न अरु चिन्ने माध्यम नै ।
न ‘जिउँदै छ’ भन्ने खबर छ न त ‘मारियो छैन’ भन्ने नै । न ज्यान देखेका छन् न चिहान । योभन्दा अक्करको भीर अरु पनि जिन्दगीमा छ होला ?

ब्यारेकमा नाम सुनेजानेका नाम सीएन ढुंगाना र अमृत कँडेलबाहेक अरू रिहा भइसकेछन् । विडम्वना ! सँगै बसेका रोल्पा राङ्सी –९, भनभनेका प्रकाश पुन जो पासाङका भतिजा हुन्, बाहेक अरूसँग भेट भएको छैन । बरु, देशका बिभिन्न ब्यारेकमा कसला काटेकालाई भेटेँ । कुराकानी गरेँ –खासगरी आँखा छोपिएपछिका प्रहर, झण्डै डेढ सातासम्मको सपनाविपनाको दोसाँधमा भइयो कि नाई ? आदि इत्यादि । सैन्य कष्टडीमा अनुभूत गरेका कुरा र मेरा अनुभूतिलाई जोखेँ । धेरै मिले ।

खासगरी आँखा छोपिएपछिका प्रहर, झण्डै डेढ सातासम्मको सपनाविपनाको दोसाँधमा भइयो कि नाई ?

सीएनको भाइ नवराज भेटिए ।

धेरैजसो काठमाडौं सामाखुशीसाइडका नेवार दाजुहरू, पूर्वी नेपाल र धादिङतिरका बेपत्ताका परिवारका सदस्य भेटिए । तर तिनका बेपत्ता सदस्य थिएनन् –सीएनबाहेक ।

‘के कृष्ण केसीले लेखेजस्तै ४९ जनालाई मारिसक्यो त ?’ बेपत्ता परिवारका सदस्यका प्रश्न झरिरहे । ‘कालापारेको बारेमा बिस्तृत जानकारी नभएको या अपूरो नराम्रो खबर बोकेर आएको कालापारे’जस्तो अप्ठेरोबोध गरेँ ।
‘को को थिए ? के के गथ्र्यो ? साँच्ची मारेजस्तो लाग्छ कि लाग्दैन ? जिउँदै छन् कि मारिसक्यो ?’ बेपत्ता परिवारका प्रश्न झरिरहँदा सकारात्मक उत्तरको अपेक्षारत तिनका मुहार देखेँ । सायद हरेक सदस्यले आफ्नो परिवारको कुनै सदस्यको नजाती समाचारको अपेक्षा गर्दैन ।

‘सीएन र अमृतलाई पनि पछि त कुटेको थिएन । मारेको छैनजस्तो लाग्छ ।’

यति भनेपछि उनीहरुले झिनो आशाको सास फालेजस्तो लाग्यो ।

‘तपाईंले यति भनेपछि मन अलि हलुका भयो –जिउँदै छन् कि भनेर,’ उनीहरुले भने ।

कृष्ण केसीले ‘भैरवनाथ गणमा ४९ जनालाई मारिसक्यो भनेर लेखिदिँदा सेनालाई मार्न बाटो खोलेजस्तो लाग्छ ।’ ‘किन लेखे होलान्’ भन्ने असहज प्रश्नको उत्तर थिएन ।

सायद सीएनका भाइ नवराज हुन् या सोनू पोखेरेल ? उनले छुट्नुअघि भने, ‘कृपया ! बेपत्ता परिवार र बेपत्ताका आँसुलाई डलरमा नभजाउनु होला ।’

झसङ्ग भएँ ।

बेपत्ता पारिएको मान्छे म ।

सहजै अनुमान लाएँँ, बेपत्ताका नाउँमा कति गनारीखेत बनेछन् नेपालमा । र, कति आजित रहेछन्, बेपत्ता परिवार ती गनारीखेतवालादेखी ।

विदावारी भएर निस्कदा बेपत्ता परिवारका जटिल प्रश्नको भारीले थिचिएर उकुसमुकुसिएँ । सोच्दै मेरा पाइला यसैयसै लर्बराए कि कहिले फर्केलान् घर ती मान्छे । र, कहिले तिनका परिवारले थाहा पाउलान् आफ्नो परिवारको सदस्य जीवित छन् या मारिए भनेर ।

भन्नुस् त, कहिले आउँछ त्यो दिन ?

असार १२ गते, २०७२ - ०७:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिगांपुर जाँदै प्रधानमन्त्री ओली : प्रचण्डले पाउलान् कार्यकारी अध्यक्ष ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागी आज अपरान्ह सिंगापुर...   
प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भनेर २ दिनका लागि नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री...   

पोग्बाले पेनाल्टी मिस गरेपछि युनाईटेड निराश

काठमाडौं । इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भससंग...   

माधव नेपालको यस्तो प्रस्ताव : के गर्लान् ओली प्रचण्डले ?

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई...   

नेकपाको सचिवालय बैठक बस्दै : यस्तो हुँदैछ निर्णय

काठमाडौं । आइतबार अपरान्ह ४ बजेबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्न लागिरहेको...   

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । यसअघि...   

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४०...   
सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया

सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित...   

राष्ट्रपति नेकपाभित्र सक्रिय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव...   

एकाएक नेकपामा कसरी शक्तिशाली बने वामदेव ?

काठमाडौं । नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top