Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसरी जुटे जनसंस्कृतिकर्मीहरु भूकम्पपीडित जनतासँगसँगै

वैशाख २४ गतेदेखि धादिङको छत्रेदेउराली– ७ दमदमे, ओडारे र काठमाडौं भीमढुङ्गा गरी तीन ठाउँमा भूकम्पपीडित जनताका लागि घर–टहरा निर्माणमा जुटेका अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामना परिवारका कलाकार–संस्कृतिकर्मीहरुको टोली सोमबार काठमाडौं फर्किएको छ । पुनर्निर्माणबाट फर्किएका महासंघका केन्द्रीय सदस्यहरु र सामना परिवारका जनकलाकारहरुलाई नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लाजिम्पाटस्थित सामना कार्यालयमा बधाई तथा धन्यवाद दिनुभयो । महासचिव विप्लवले भूकम्पबाट क्षतिग्रस्त ठाउँमा पुनर्निर्माणका काममा अझै धेरै परिश्रम गर्न बाँकी नै रहेकाले त्यसका निम्ति जुट्न आग्रह समेत गर्नुभयो । माओवादीका केन्द्रीय नेता एवम् जनकलाकारहरुका कमान्डर माइला लामाको नेतृत्वमा अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामना परिवारसहितको टिम राहत सामग्रीका साथ वैशाख २४ गते भूकम्प प्रभावित जिल्ला धादिङको छत्रेदेउराली– ७ दमदमेतर्फ प्रस्थान गरेको थियो । टोलीले दमदमेमा रहेका भूकम्पपीडित ३६ परिवारलाई १–१ बोरा चामल, दाल, चिउरा, नुनलगायत खाध्यसामग्री वितरण गर्यो । सोही अवसरमा आयोजित संक्षिप्त कार्यक्रममा महासंघका अध्यक्ष माइला लामाले सम्बोधन गर्नुका साथै सामना परिवारका कलाकार रमण थामीले भूकम्पपीडितहरुको व्यथा समेटिएको गीत प्रस्तुत गर्नुभयो । स्थानीय बासिन्दाका तर्फबाट नारायण तामाङले टोलीलाई स्वागत गर्दै जनताको दुःखमा साथ दिन राजधानीबाट आएका नेता–कार्यकर्ताप्रति हार्दिकतापूर्वक आभार प्रकट गर्नुभयो । महासंघ टोलीमा सामना संयोजक सरल माझीलगायत १५ जना जनकलाकार तथा महासंघ केन्द्रीय सदस्यहरु मुक्तान थेबा, ढुन्डीराज अधिकारीलगायत ३० जना सहभागी थिए । राहत वितरणपछि महासंघ टोलीले भूकम्पबाट ध्वस्त ३६ वटा घरको अवलोकन–निरीक्षण गरेको थियो । भोलिपल्ट बिहान सबेरैदेखि टोलीले घर–टहरा पुनर्निर्माणको काम सुरु गर्यो । पर्सिपल्टदेखि रविना खानको नेतृत्वमा सामना परिवारको अर्को टिमले छत्रेदेउरालीकै ओडारेमा पुनर्निर्माणको काम सुरु गर्यो । आरोह नपालीको नेतृत्वमा सामनाकै अर्को टिमले २४ गतेदेखि नै काठमाडौंको भीमढुङ्गामा पुनर्निर्माणको काम थालिसकेको थियो । यसरी जनताले प्रारम्भिक चरणको ओत पाउने स्थिति नबनेसम्म महासंघअन्तर्गतका तीन टोली भूकम्पपीडित जनताको घर–टहरा निर्माणमा दुई हप्तासम्म निरन्तर जुटिरहे । महासंघका केन्द्रीय सदस्यहरु कमै मात्रामा मात्र सहभागी रहे पनि पुनर्निर्माण तथा जनश्रमदान कार्यक्रम सामना परिवारका सदस्यहरुको सक्रियातामा पूर्णतया सफलतापूर्वक सम्पन्न भयो । तीनवटै टोलीले त्यहाँ रहँदा घर–टहरा बनाउने काम मात्र गरेनन्, भूकम्पपीडित जनताका भत्किएका घरहरुमा पुरिएका खाध्यान्न, भाँडाकुँडा, लत्ताकपडा, रकम आदि निकाल्ने र भग्नावशेष पन्छाउने कामहरु पनि गरे । जनतासँगै एकाकर भएर मकै गोड्ने, मल हाल्ने, जोत्ने, मकै छोडाउनेलगायतका कामहरुमा समेत सहभागी भए जनसंस्कृतिकर्मीहरु । सत्ताधारीहरुबाट राहत वितरणको क्रममा भएका अनिमियताका विरुद्ध हस्तक्षेप गर्दै समानतापूर्वक निस्पक्ष ढंगबाट राहत वितरणमा जनसंस्कृतिकर्मीहरुले महत्वपूर्ण भूमिका खेले । करिव दुई हप्ता जनतासँगै रहँदा तीनवटा टोलीले स्थानीय स्रोत–साधनको प्रयोगबाट ४५ भन्दा बढी घर–टहराहरु निर्माण गरे । भूकम्पबाट भत्किएका सबै घरहरुका भग्नावशेषहरु व्यवस्थापन गर्ने काम सम्पन्न गरियो । जनसंस्कृतिकर्मीहरु निस्वार्थ र निस्पक्ष भई जनताको सेवामा निःशुल्क समर्पित भए । जनसंस्कृतिकर्मीहरुको सहयोगका कारण भूकम्पपीडित ती तीनै ठाउँका जनता असाध्यै खुशी र हर्षित भए । टोलीहरु फर्कने क्रममा बिदाइका लागि फूलमाला लिएर जनताहरु लाम लागे । सबैका आँखा रसाए बिदाइको क्षणमा । बिदाइका बखत कतिपय दिदीबहिनीहरु ज्यादै भावुक भई मन थाम्नै नसकेर गला अवरुद्ध पार्दै घरभित्र छिरे । जनतासँगको विछोडकै पीडाले धेरै जनकलाकार साथीहरुलाई पनि आफू सम्हालिन गाह्रो भइरहेको थियो । ‘यहाँहरु त साँच्चै नै जनताकै कलाकारहरु पो हुनुहुँदो रहेछ । हाम्रो दुःखको घाउमा मलम लगाउनु’भो, यहाँहरु सधैंसधैं हाम्रो मनमा रहिरहनु हुनेछ’, भुकम्पमा घर भत्किँदा जीवनसङ्गिनी गुमाउनुभएका छत्रेदेउराली– ७, दमदमेका बाक्सिङ तामाङ दाइले छुट्टिने बेलामा गला अबरुद्ध पार्दै भन्नुभयो– ‘तपाईंहरुले रोजेको क्रान्ति र परिवर्तनको यात्राका क्रममा तपाईंहरुलाई सेल्टर दिन हाम्रा यी छाप्राहरु सधैंसधैं तम्तयार रहिरहने छन् । निरन्तर लडिरहनुहोला गरिबको मुक्तिका लागि... ।’ तामाङ दाइले यसो भनिरहँदा भावुकताले भरिएका थिए, जनकलाकार साथीहरुका आँखा... । \"Janasanskritik_2-640\" \"Janasanskritik_3-640\" \"Janasanskritik_4-640\" \"Janasanskritik_5-640\" \"Janasanskritik_6-640\" \"Janasanskritik_7-640\" \"Janasanskritik_8-640\" \"Janasanskritik_9-640\" \"Janasanskritik_10-640\" \"Janasanskritik_11-640\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies