Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

चैत १७ गते बृहत् 'साङ्गीतिक गजल गुञ्जन'

खबरडबली संवाददाता

काठमाडौ‌। नेपाली गजलको विकास र विस्तारका लागि स्थापित नेपाल गजल प्रतिष्ठानले यही चैत १७ गते 'साझ्गीतिक गजल गुञ्जन' गर्ने भएको छ ।

राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालयमा गरिने उक्त कार्यक्रममा आधा दर्जन गजलहरू स्थापित र नवपुस्ताका गायकरगायिकाले प्रस्तुत गर्ने छन् ।

प्रतिष्ठानले जनाएअनुसार उक्त कार्यक्रमले नेपाली गजललाई गायनमा ल्याउन सहयोग पुग्ने छ । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ भन्छन्, 'नेपालमा गजल भनेर लेख्न थालिएको सवा सय वर्ष नाघेको छ । गजलका नाममा अनेक प्रयोग भइसकेका छन् तर वास्तविक गजलको लेखन र गायनमा कमी देखिन्छ । यसलाई पूरा गर्ने हाम्रो प्रयास हो ।'

नेपाली गजललाई शास्त्रीय धारमा परिष्कृत गर्न प्रतिष्ठानले बहस, छलफल र पाठशालाहरू चलाइरहेको उनको भनाइ छ ।प्रतिष्ठानले हरेक २ महिनामा 'गजल मुशायरा' पनि गर्दै आएको छ । काठमाडौँमा ३ वटा मुशायरा सम्पन्न गरिसकेको छ भने झापामा एउटा साङ्गीतिक मुशायरा सम्पन्न गरेको प्रतिष्ठानका सचिव अनजान यात्रीले जानकारी दिए । यस अगाडि गत वर्षको मोती जयन्तीका अवसरमा पनि प्रतिष्ठानले यस्तै गजल गुञ्जन कार्यक्रम गरेको थियो ।

'गजललाई जबसम्म गायनमा ल्याउन सकिँदैन, यसले आमजनमा अस्तित्व देखाउन नसक्ने रहेछ', यात्री भन्छन्, 'नेपाली गजललाई अब तीव्र रूपमा गायनमा ल्याउन आवश्यक छ ।'

कार्यक्रममा प्रवेश खुला गरिएको जनाइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार सोही अवसरमा नेपाली गजल उन्नयननमा लामो सेवा गरेका एक जना वरिष्ठ गजल साधकलाई पद्मिल र एक जना नवोदित सर्जकलाई 'के लत बस्यो मलाई' पुरस्कारले समेत सम्मान गर्ने कार्यक्रम छ । पुरस्कार राशि क्रमशस् ३५ हजार र १५ हजार रुपैयाँ छ !

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको माइतीघरमा धर्ना

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता र सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलाम...

एमबीबीएस–बीडीएस विद्यार्थीको प्रदर्शन, परीक्षा प्रणाली सुधार गर्न ६ बुँदे माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधा...

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कोशी प्रदेशस...

सरकारी हुलाक सेवा आधुनिक बन्दै, राहदानीदेखि लाइसेन्ससम्म घरमै पुग्ने

काठमाडौँ । सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा...

रास्वपाले सच्यायो त्रुटि: पूजा र ध्रुव निर्वाचित हुँदा सोम र कृष्णमान श्रेष्ठ बाहिरिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची संशोधन गरेको छ। यसअघि विजयी घोषणा गरिएका दुई उम्मेद...

बुटवल–नारायणगढ सडक: दाउन्ने खण्डमा त्रुटि सुधार प्रयास तीव्र

पश्चिम नवलपरासी। एसियन हाईवे (एशियन सडक सञ्जाल) को मापदण्डअनुसार विस्तार भइरहेको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने पश्चिम खण्डको निर्माणमा गम्भी...

जर्मनीलाई पेनाल्टीमा स्तब्ध बनाउँदै पाराग्वे प्रिक्वार्टरफाइनलमा

काठमाडौँ। चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप–२०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।  अमेरिका...

बर्डफ्लु सङ्क्रमण: काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।  केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending