Khabar Dabali Logo
  December 14, Sat

भूकम्प लगत्तै फैलन्छन् यी रोग : थाहा पाउनाेस् बच्ने उपाय

देश भूकम्पले छिन्नभिन्न बनेको छ । आफ्नो श्रीसम्पत्ती गुमाएका धेरै मानिसहरुलाई अहिले खानको लागि गाँस, बस्नको लागि बाँस र लगाउनको लागि कपास अभाव भइरहेको छ । भूकम्पले निकै अस्तव्यस्त बनाएको मानिसहरु आफ्नो स्वास्थ्यको विषयमा भने त्यति सजग हुन सकेका छैनन् । पराकम्पनको डरले मानिसहरु आफूलाई जे सजिलो हुन्छ त्यहि खाइरहेका छन् भने जता सुरक्षित महसुस हुन्छ त्यतै बसिरहेका छन् ।

भूकम्पले असर नपार्ने क्षेत्र सायद बिरलै होला । यसले मानिसहरुको स्वास्थ्यमा पनि नकारात्मक असर पार्ने गर्दछ । जसमध्ये कुनै प्रभाव तात्कालिक हुने गर्दछ भने कुनै  केहि समय पछि देखिने गर्दछ । आउनुहोस्, भूकम्प पछि लाग्ने रोग र यसबाट बच्ने केहि उपायः

भूकम्पले स्वास्थ्यमा पार्ने सबैभन्दा पहिला असर टाउको दुखाई हो । धेरै मानिसहरुमा भूकम्पको अनुभवपश्चात् टाउको दुखाई अथवा माइग्रेनको समस्या हुने गर्दछ । यद्यपी, यसको अहिलेसम्मको कुनै स्पष्ट कारण भने पत्ता लाग्न सकिएको छैन । कोही मानिसहरुलाई टाउको दुख्ने समस्या क्षणिक हुने गर्दछ भने कसैलाई माइग्रेनको रुपमा धेरै लामो समयसम्म रहिरहन्छ ।

भूकम्पको क्रममा हाम्रो शरिरमा इलेक्ट्रोम्याग्नेटिक फोर्सवेब्जको अनुभव हुने गर्दछ । जब शरिरले यी वेभ्ससँग सद्भाव जोड्न सक्दैनन् तब यसले हाम्रो सेन्ट्रल नर्भस सिस्टम यसलाई टाउको दुखाई अथवा माइग्रेनको रुपमा अभिव्यक्त गर्ने डाक्टरहरु बताउँछन् ।

फोबियाः
फोबिया पनि भूकम्पको प्रभावमध्येको एक हो । धेरैजसो मानिसहरु भूकम्पको क्रममा आफ्ना परिवार गुमाउने र आफ्नै मृत्युको आशंकामा त्रसित हुने गर्दछन् । यस्तो अवस्थामा केहि मानिसहरुलाई लामो समयसम्म असर पर्ने गर्दछ र कालान्तरमा यो फोबियाको रुपमा बिकसित हुने गर्दछ । यसलाई ‘अर्थक्वेक फोबिया’ अथवा ‘अर्थक्वेक एन्जाइटी’ भनिन्छ । यस्तो अवस्थामा मानिसहरु भूकम्पको नामले नै डराउने गर्दछन् ।

हृदयघातः
हृदयघात पनि एउटा यस्तो रोग हो जुन भूकम्प तथा अन्य प्राकृतिक आपतको बेला अत्यधिक देखिने गर्दछ । मानिसहरु भूकम्पको डरले हृदयघात तथा ब्लडप्रेसरको शिकार हुने गर्दछन् । यसका कारण थुप्रैले आफ्नो ज्यान पनि गुमाउने गर्दछन् । यसबाट बच्ने एकमात्र उपाय भनेको आफ्नो मानसिक अवस्थालाई नियन्त्रणमा राख्ने र धैर्यपूर्वक काम गर्ने नै हो ।
भूकम्प आउँदा भाग दौड गर्दा मानिसहरुलाई चोट लाग्ने गर्दछ । यसमा बालबालिका, महिला र वृद्धवृद्धालाई सबैभन्दा बढि चोट लाग्ने गर्दछ किनभने उनीहरु आफ्नो स्थानबाट तत्काल भाग्न सक्दैनन् ।

महामारीः
महामारी भूकम्प पछिको सबैभन्दा भयावह प्रभाव हो । यद्यपी, आधुनिक चिकित्सा सुविधाका कारण महामारीले त्यति धेरै असर देखाउन सक्दैन तर पनि भूकम्पपछि पशु–पंक्षी तथा मानिसहरुको बेवारिसे लासको अन्तिम संस्कार हुन नपाउँदा महामारीको खतरा फैलिने गर्दछ ।

जेठ ३ गते, २०७२ - १९:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ...   

भक्तपुरकाे सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मध्यपुरथिमि । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा...   

बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ...   

बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच...   
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा...   

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

खस्यौली । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

८ किलो सुनसहित विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक

काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित...   

यि हुन् मन्त्रिपरिषदका दुई निर्णय

काठमाडौं । सरकारले नेपाल भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। बिहीबार सञ्चार तथा...   
आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ...   

अमेरिकामा दैनिक ६२ लाख ब्यारेल पेट्रोलियमको आयात, पछिल्लो साता झनै बढ्दै

एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top