Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

गाँजरको बाँसुरी र राष्ट्रियता

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको सन्दर्भमा एकथरी कोणबाट राष्ट्रियताको पुरानो राग फेरि सुनिदैंछ । ग्रामोफोनमा बजिरहेको मेलवादेवीको कुनै पुरानो गित झैं सुन्दा बडो मिठो लाग्छ, राष्ट्रियताको राग । राष्ट्रिय स्वाभिमानका कुरा सुन्दा हामी ‘वीर र बुद्धु’हरुको रगत पनि तात्ने नै भयो । तर, यथार्थ भिन्नै छ ।
साना पटाकादेखि झिरझिरेसम्म उतैको पडकाउँछौं । मैनबत्तीदेखि अगरबत्तीसम्म उतैको बाल्छौं ।
हामी अहिले पनि ९० प्रतिशतभन्दा बढी विदेशमै निर्भर छौं । हामी अहिलेसम्म आत्मनिर्भर हुन नसक्नुको पछाडि राष्ट्रियताको यही आवेगात्मक बुझाई र चिन्तन नै मुल कारण हो । हामी कस्ता भने, भारतीय सँस्कृतिबाट प्रभावित भएर घर–घरमा रँगोली सजाउँछौ । तिहारको साटो ‘दिवाली’ भन्छौं । देउसी भैलो खेल्न जाँदा उतैको लेहेँगा चोली ढल्काएर ‘पायो रे प्रेम रतन धन पायो’ भन्दै आफुलाई नायिका सोनम कपुर नै हुँ की झैँ गरेर उस्तै पारामा नाच्छौं । साना पटाकादेखि झिरझिरेसम्म उतैको पडकाउँछौं । मैनबत्तीदेखि अगरबत्तीसम्म उतैको बाल्छौं । उतैबाट आयात गरिएका मिठाई, टिका र फलफूल प्रयोग गर्छौ । कुरकुरे र चिप्स खाँदै राती अबेरसम्म हिन्दी सिरियल हेर्ने बानीका कारण हाम्रा शहरीया गृहणी मोटाएर रोगी हुन थालीसके । ओखतीमुलो गर्न दिल्ली नगइ हुन्न, हाम्रा नेताहरुलाई । राजदूतले भेटन बोलाएमा मानौं खाँदा खाँदैको गास छोडेर मुख पनि राम्ररी नधोई दुताबासतिर दौडने प्रवृत्ति छ हाम्रो । [caption id=\"attachment_99939\" align=\"alignleft\" width=\"250\"]\"kushum_bhattarai\" लेखक[/caption] अनि हामी सत्तामा नहुँदा विदेशीलाई सराप्छौं । राष्ट्रियताको मुद्दालाई यति हल्का बनाइदिन्छौं कि त्यसलाई जहिले पनि उरालीदिन्छौं । राष्ट्रियताको पाखण्ड प्रदर्शन गर्छौं । तर परेको बेलामा, मौका पर्दा केही बोल्न सक्दैनौं । एमाले नेता माधव नेपालले महाकाली सन्धी पारित हुँदाताका प्रयोगमा ल्याएको शब्द ‘सेनाइल नेसनालिज्म’ (रुग्ण राष्ट्रवाद) नै हो यो । अबको युगमा यस्तो राष्ट्रवाद काम छैन । तर हाम्रा नेताहरुमा राष्ट्रवादको दोहोरो मापदण्ड अझै हटन सकेको छैन । राष्ट्रियताका सन्दर्भमा साझा साेंचको विकास हुन अझै सकिरहेको छैन । २०५४ सालतिर भारतसँग भएको महाकाली सन्धीको विरोध गर्दै एमाले नेता बामदेव गौतमले पार्टी नै फुटाए । नेकपा मालेको गठनपछि गौतमले भनेका थिए, ‘हामी सत्तामा आयौं भने महाकाली सन्धी रद्द गरिनेछ ।’ त्यति मात्र हैन, भारत अतिक्रमित नेपाली भुभाग कालापानीमा मार्चपास गर्ने उद्घोष पनि गरे । त्यसको केही महिना नबित्दै बामदेव उपप्रधानमन्त्री भए । त्यसबेला पत्रकारले सोधे, ‘महाकाली सन्धी अब रद्द गर्ने हैन त कमरेड ?’ पत्रकारलाई गौतमको जवाफ थियो, ‘महाकाली सन्धी भनेको दुई देशवीच भएको सन्धी हो । यसबारेमा दुबै देशको सहमति आवश्यक छ । नेपाल र भारतवीच यस्ता धेरै मुद्दा छन्, अब कुटनीतिक पहलबाट तिनको हल खोजीनु पर्छ ।’
राष्ट्रघातीहरु बरु चिनिन्छन्, उनीहरुसँग बरु लडन सकिएला । तर हाम्रो राष्ट्रियताका लागि उनीहरुभन्दा खतरनाक त दौरा सुरुवाल लगाएका नक्कली राष्ट्रवादी पो भए
गौतमको यो प्रसँग एउटा सानो दृष्टान्त मात्र हो । राष्ट्रियताका सन्दर्भमा नेपालका राजनीतिक नेताहरुमा यस्तो द्वैध मनस्थिति र व्यावहार बारम्बार देख्न पाइन्छ । राष्ट्रियताको मुद्दालाई राजनीतिक शक्ति आर्जनका लागि भारतसँग ‘बार्गेनिङ’को रुपमा अघि सार्नेहरुको बिगबिगी बढेकै कारण राष्ट्रियता कमजोर भइरहेको हो । सडकमा हुँदा भारतसँग भएका असमान सन्धी, सुस्ता र कालापानी अतिक्रमण, सीमा विवादलगायतका मुद्दा चर्को स्वरमा उराल्ने । लैनचौरस्थित भारतीय दुतावासको मुलद्वारमा धर्ना पनि दिने र नारावाजी पनि गर्ने । अनी मौका पर्दा उतै लम्पसार पर्ने । यस्ता उदाहरण प्रशस्त छन् । कुनैैबेला मुलुकभर हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने अभियान छेड्ने कतिपय नेताहरु कालान्तरमा राजधानीका मल्टीप्लेक्स हलहरुमा गएर हिन्दी चलचित्र हेरेको र ति चलचित्रको प्रशंसा गर्दै त्यसको प्रवर्धनमा लागेको पनि देखियो । पुराना पत्रकार जनार्दन आचार्य भन्ने गर्थे, ‘राष्ट्रघातीहरु बरु चिनिन्छन्, उनीहरुसँग बरु लडन सकिएला । तर हाम्रो राष्ट्रियताका लागि उनीहरुभन्दा खतरनाक त दौरा सुरुवाल लगाएका नक्कली राष्ट्रवादी पो भए ।’ नक्कली राष्ट्रवादीहरु भारतको चर्को विरोधको नाटक गर्छन् । अनी ‘हरियो बत्ती’ देखेपछि १२० डिग्री कोणमा आफूलाई परिवर्तन गर्छन् र ‘प्रभु’ सामु लम्पसार पर्छन् । जव कुनै दिन आफ्नो दुनो सोझिदैन वा राजनीतिमा आफु कर्नरमा परेको महसुस गर्छन्, तब फेरि असमान सन्धी सम्झौताका कुरा गर्न थाल्छन् । सारा मुलुक ‘रअ’ले चलाएको भन्दै भाषण गर्न थाल्छन् । सत्तामा हुँदा विप्पालगायतका सम्झौता गर्न पछि नपर्ने अनी सडकमा आएपछि असमान सन्धी सम्झौताको चर्चा थाल्ने । यो द्वैध प्रवृत्ति रहेसम्म हाम्रो राष्ट्रियता कसरी बलियो होला र ? हाम्रा नेताहरुमा जवसम्म राष्ट्रियताको सवालमा अवसरवादी चरित्र रहन्छ, तवसम्म साझा राष्ट्रिय एजेन्डाको पक्षमा मलुक कसरी एकढिक्का हुनसक्छ ? मधेशका नेता हृदयेश त्रिपाठीले एकपटक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रियतालाई नेपाली नेताहरुले ‘गाँजरको बाँसुरी’ बनाएको टिप्पणी गरेका थिए । अर्थात मन लागेमा बजाउने, मन नलागे चपाएर निल्ने । अर्थात ‘प्रभु’सँग चोंचोमोंचो मिल्दासम्म राष्ट्रिय हितको उपेक्षा गर्ने अनी उसले वास्ता गर्न छाडेपछि चर्को राष्ट्रियताको नारादिने । राष्ट्रियता गाँजरको बाँसुरी पक्कै हैन ।
हो, नेपाल दुई ढुंगावीचको तरुल हो । यदि यो तरुललाई झाँगीन र फल्न फुल्न दिइन्छ भने यो तरुलकै रुपमा रहनेछ । हैन, तरुललाई फल्न फुल्न दिइन्न भने यो दुई ढुंगावीचको डाइनामाइट पनि बन्न सक्छ । डाइनामाइट पडकीयो भने दुबैतीरका दुई ढुंगाको पनि अस्तित्व खतरामा पर्छ
नेपालका कम्युनिष्टहरुवीच स्थापनाकालदेखी मुख्य दुश्मन कसलाई बनाउने भन्ने विषयमा विवाद चल्दै आयो । पंचायत कालमा पुष्पलाल श्रेष्ठलगायतका कम्युनिष्ट नेताहरु मुख्य दुश्मन दरबार भएकाले काँग्रेससँग मिलेर आन्दोलन गरी दरबारलाई परास्त गर्नुपर्ने पक्षमा थिए । सोही कारण पुष्पलाललाई नेपालमा बस्न दिइएन र उनी भारत निर्वासनमा रहे । पुष्पलाललाई गद्दार भन्ने मोहनविक्रम सिंहदेखि राजाकहाँ विन्ती चढाएर जेलबाट रिहा भएका मनमोहन अधिकारीसम्म नेपालमा सकुशल रहन पाए । पंचायतकालमा एकथरी राष्ट्रवादीहरु भारत विरोधलाई नै राष्ट्रवाद ठान्थे । जसलाई पंचायत इतरका शक्तिहरु ‘मण्डले राष्ट्रवाद’ भन्थे । यो मण्डले राष्ट्रवादले कतिपय कम्युनिष्ट नेतालाई पनि प्रभावमा पा¥यो । कमलराज रेग्मीदेखी केशरजंग रायमाझीसम्म कालान्तरमा दरबार पसेका दृष्टान्त छन् । कोही भारतको चर्को बिरोध गर्ने र दरबारको ताबेदारी गर्ने, अनी कोही दरबारको विरोध गर्ने र भारत सामु लम्पसार पर्ने । यी दुई अतिवादी सोचका कारण नेपाली राष्ट्रियताको जग बलियो हुन पाएन । राष्ट्रियताको एउटा साझा सोंचको विकास हुन पाएन । नेपाली जनतालाई भोकै रुवाएर राष्ट्रियताको दुहाइ दिने मण्डले राष्ट्रवाद पनि काम लागेन । अनी लोकतन्त्रका नाममा राष्ट्रिय आत्मसमर्पणवादी नीतिले पनि मुलुकको भलो गरेन । जनताको ढाड मस्काएर राष्ट्रियताको दुहाइ दिने राजाहरु । अनी लोकतन्त्रको नाममा टनकपुर सन्धी गरेर राष्ट्रिय आत्मसमर्पणवादी नीति लिने गिरिजाप्रसाद कोइरालाजस्ता नयाँ राजाहरु । यी दुबैले अन्ततः मुलुकको राष्ट्रियतालाई कमजोर नै बनाए । यस्तोमा बिबिसीसँगको पहिलो अन्तर्वार्ताका क्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको एउटा नयाँ र युग अनुकुलको सटीक व्याख्या गरे, परम्परागत उपमासहित । उनले ‘नेपाल दुई ढुंगावीचको तरुल हो’ भन्ने पृथ्वीनारायण शाहको उक्तिको जिकीर गर्दै भने, ‘हो, नेपाल दुई ढुंगावीचको तरुल हो । यदि यो तरुललाई झाँगीन र फल्न फुल्न दिइन्छ भने यो तरुलकै रुपमा रहनेछ । हैन, तरुललाई फल्न फुल्न दिइन्न भने यो दुई ढुंगावीचको डाइनामाइट पनि बन्न सक्छ । डाइनामाइट पडकीयो भने दुबैतीरका दुई ढुंगाको पनि अस्तित्व खतरामा पर्छ ।’ नभन्दै नेपाल दुई ढुंगावीचको डाइनामाइट नबनोस र आफूहरुलाई खतरा नहोस् भनेर दुइ ढुंगा(भारत र चीन) सजग भए । बाह्र बुँदे समझदारी, राजतन्त्रको अन्त्य, गणतन्त्र घोषणादेखि अहिलेसम्मको यात्रा नेपाललाई डाइनामाइट बन्न नदिने उनीहरुको सदाशयताकै प्रतिफल हो । त्यसैले अब राष्ट्रियताको पुरानो परिभाषा पनि फेरिएको छ । राजतन्त्र समाप्त भइसकेकाले मुलुकमा हिजोको मुख्य दुश्मन पनि समाप्त भइसकेको छ । जहाँसम्म गौण दुश्मन भनेर भनिएको भारत हो, त्योसँग पनि मित्रताको नयाँ अध्याय सुरु भएको अवस्था हो । नाकाबन्दीले केही हदसम्म यो सम्बन्धमा खलल पार्न खोजेपनि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि कटुता मेटिएको छ र सम्बन्धमा सन्तुलन आएको छ । हाम्रो राजनीतिक परिवर्तनमा भारतले नेपाली जनतालाई साथ दिएर हालसम्मको यात्रामा सहयोगी भूमिका निर्वाह गर्दै आएको भुल्न मिल्दैन । मुख्यतः नेपाली जनताको आन्दोलन र चेतनाले पनि त्यो अवस्था सिर्जना गरेको हो ।
आजको यो आर्थिक युगमा महाशक्ति मुलुकहरुबीच बिगतमा जस्तो शितयुद्ध हैन उत्पादन बढोत्तरी र पुँजीको विकासका लागि आर्थिक सहकार्यमा जुटनुको बिकल्प छैन
हाम्रा आफ्ना प्राथमिकता एक ठाउँमा होलान । तर दुई महाशक्ति मुलुक भारत र चीनका आ–आफ्नै प्राथमिकताका कारण नेपालको शान्ति र स्थिरता अब उनीहरुको पनि साझा एजेण्डा भइसकेको छ । भारत र चीनवीच आपसमा जतिसुकै चिसो सम्बन्ध भए पनि क्षेत्रीय शान्ति र विकासका लागि यी दुई महाशक्तिले मिलेर अघि बढनुपर्ने बाध्यता छ । अहिले चिनसँगको कटुताका कारण भारतले पश्चिमाहरुसँग हिमचिम बढाइरहेको भए पनि आर्थिक स्वार्थका कारण भारतले चिनसँग हात नमिलाई सुखै छैन । उता, अमेरिकाले पनि भारत र चिनलाई चिढयाएर हैन, मिलाएर लैजानुमै हित छ । आजको यो आर्थिक युगमा महाशक्ति मुलुकहरुबीच बिगतमा जस्तो शितयुद्ध हैन उत्पादन बढोत्तरी र पुँजीको विकासका लागि आर्थिक सहकार्यमा जुटनुको बिकल्प छैन । यस्तोमा नेपालप्रति सदाशयता राख्ने अनी पुरानो संस्थापन पक्षको हेपाहा सोचभन्दा भिन्न सोच राख्ने, आँखा देखाएर हैन, आँखा मिलाएर छिमेकीसँग सम्बन्ध राख्छु भन्ने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भएका बेला नेपालले ‘प्रगतिशील राष्ट्रवाद’लाई बलियो बनाउन सक्छ । नाकाबन्दीका कटुताहरु मेटिएर भारतीय राष्ट्रपतिको भ्रमणसम्म आइपुग्दा सम्बन्धलाई नयाँ शिराबाट सुरु गर्ने यो एउटा सुनौलो अवसर पनि हो । हिन्दुत्वकै आँखाले हेर्ने हो भने पनि बहुसंख्यक हिन्दु भएको मुलुकमाथि मोदीबाट पक्कै अन्याय नहोला भनेर आशा गर्न सकिन्छ । यस्तोबेला नेपालले आफ्नो राष्ट्रिय हितका एजेण्डा खुलस्त राख्न सक्नुपर्छ । राष्ट्रिय हितका एजेण्डा राख्दा छिमेकी रिसाउला की भनेर खुशामद गर्ने मनस्थितिले राष्ट्रियता बलियो हुँदैन । अनी माथि चर्चा गरिएझैं राष्ट्रियतालाई गाँजरको बाँसुरी बनाउने प्रवृत्तिलाई पनि अब कुनै स्थान छैन । भारत र चीनवीचको मितेरी पुल बन्दै अब नेपालले यी दुई मुलुकको आपसी मित्रताबाट लाभ लिनसक्नुपर्छ । यसका लागि नेताहरुले पुरानो मण्डलेकालीन राष्ट्रियताको संकीर्ण सोच त्याग्नुपर्छ । न त राष्ट्रिय आत्मसर्मणवाद, न त मण्डले राष्ट्रवाद । प्रधानमन्त्री प्रचण्डले भने झैं अहिलेको आवश्यकता हो, प्रगतिशील राष्ट्रवाद । अहिले प्रचण्डको पहलकदमी नेपाल र नेपाली जनताको हित र स्वार्थमा केन्द्रित छ, जसलाई सबैले साथ र समर्थन दिनुको विकल्प छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending