Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

भारतीय राष्ट्रपतिलाई तीन भाषामा अभिनन्दन पत्र

\"Pranab-750\"जनकपुरधाम, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गर्ने भएको छ । जनकपुरधामवासीद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दन पत्र तीन भाषामा तयार गरिएको छ । नेपाली, अङ्ग्रेजी र मैथिली भाषामा अभिनन्दन पत्र तयार गरिएको अभिनन्दन समारोह समितिका संयोजक एवम् जनकपुर उपमहानगरपालिकाका प्रमुख पुन्यप्रसाद लुइँटेलले बताए । अभिनन्दन पत्रमा जनकपुर र अयोध्याको सम्बन्ध, जानकी र रामको वैवाहिक सम्बन्ध, मिथिला र अवधको सम्बन्ध, दुबै देशको भाषा र संस्कृतिलगायत नेपाल र भारतका सम्बन्धबारे वर्णन गरिएको छ । भारतीय राष्ट्रपति मुखर्जीको यही कात्तिक १९ गते जानकी मन्दिरमा पूजाअर्चना र तिरहुतिया गाछीमा नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार भारतीय राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिरमा वैद्धिक र मिथिलाको संस्कृति अनुसार स्वागत, जानकी मन्दिरमा विशेष पूजा, मन्दिर परिसरका अन्य विभिन्न मूर्तिको पूजा र जानकी मन्दिरको परिक्रमा गरिने कार्यक्रम रहेको छ । सोका लागि मन्दिरलाई फूलले सजाउने कार्य तीव्र रूपमा भइरहेका छन् । त्यस्तै राष्ट्रपति मुखर्जीको नागरिक अभिनन्दन हुने स्थल तिरहुतिया गाछीमा मञ्चको व्यवस्थापन र सजाउने कार्य पनि उच्चसुरक्षासहित भइरहेको छ । प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईँले भारतीय राष्ट्रपति मुखर्जीको जनकपुरधाममा ५५ मिनेटको कार्यक्रम रहेको बताउँदै विमानस्थलमा उपप्रधान र गृहमन्त्री विमलेन्द्र निधिले स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिए । भारतीय राष्ट्रपति मुखर्जीको स्वागतका लागि जनकपुर विमानस्थलदेखि जानकी मन्दिर परिसर एवम् अभिनन्दनस्थल (तीन किलोमिटर) सम्म स्वागतद्वारको निर्माण गरिएको छ भने बिजुलीका पोलमा नेपाल र भारतका झन्डा र तुल राखिएको छ । मुखर्जीको स्वागतका लागि विमानस्थलदेखि अभिनन्दन स्थलसम्मका सडक, चोकलाई सफा र चिटिक्क बनाउने कार्य पनि तीव्र रूपमा भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending