Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

मधेस प्रवेशसँगै बालेनको चर्चा, त्रासमा मधेस केन्द्रित दल

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब औपचारिक रूपमा स्थानीय सरकारको भूमिकाबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन् । माघ ४ गते राजीनामा दिएसँगै उनी महानगरका मेयर रहने छैनन् र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताका रूपमा राजनीतिक मैदानमा उत्रँदै छन् ।

माघ ५ गतेदेखि बालेनले आफ्नो राजनीतिक यात्राको सुरुवात मधेस प्रदेशबाट गर्दैछन् । मधेसकै महोत्तरी पुर्ख्यौली घर भएका बालेन प्रदेश राजधानी जनकपुर पुग्ने कार्यक्रमसँगै मधेस केन्द्रित दलहरूमा असहजता र भयको वातावरण देखिन थालेको छ ।

रास्वपाले बालेनलाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । ‘मधेसबाट पहिलो प्रधानमन्त्री’को नारासहित बालेनलाई मैदानमा उतारिँदा मधेस केन्द्रित दल र नेकपा एमालेका नेताहरू बढी विचलित देखिएका छन् ।

जनकपुरबाट चुनावी अभियान, संकेत गहिरो

रास्वपाले आफ्नो चुनावी अभियान मधेस प्रदेशको राजधानी जनकपुरबाट सुरु गर्नुलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । जनकपुरका प्राध्यापक तथा राजनीतिक विश्लेषक भोगेन्द्र झाका अनुसार मधेसको समर्थन बिना राष्ट्रिय सत्ता सम्भव नहुने बुझाइका साथ रास्वपाले बालेनलाई मधेसमा उतारेको हो ।

‘मधेसले साथ नदिएसम्म बहुमत आउँदैन, प्रधानमन्त्री बन्न सकिँदैन भन्ने कुरा रास्वपालाई राम्रैसँग थाहा छ,’ झा भन्छन्, ‘त्यही कारण जनकपुरबाट अभियान सुरु गरिएको हो ।’

बालेनको लोकप्रियता, युवामाझको क्रेज र मधेसी पृष्ठभूमिले मधेसमा नयाँ राजनीतिक तरंग सिर्जना गर्न सक्ने झाको विश्लेषण छ ।

मधेस केन्द्रित दलहरू तनावमा

तराई–मधेसलाई आधार क्षेत्र बनाएका दलहरूका लागि बालेन र रास्वपा ठूलो चुनौती बन्न सक्ने संकेत देखिन थालेको छ । विशेषगरी बालेनको सम्भावित उम्मेदवारीले मधेस केन्द्रित दल र एमालेका नेता–कार्यकर्ताहरू असहज बनेका छन् ।

झापा–५ बाट उम्मेदवार बन्ने चर्चा चुलिँदै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं बालेनविरुद्ध आलोचनामा उत्रिन थालेका छन् ।

रास्वपा नेतृ तथा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा बालेनमाथिको आलोचनालाई डरको परिणाम बताउँछिन् । ‘मधेसमा रास्वपा बलियो हुँदैछ भन्ने थाहा पाएपछि बालेनको विरोध गरिएको हो,’ उनी भन्छिन्, ‘बालेन मधेसी हुनुहुन्छ, मधेस पुगेपछि झन् शक्तिशाली बन्नुहुन्छ भन्ने डर मधेसी नेताहरूमा देखिएको छ ।’

आलोचना र प्रतिवाद

एमाले केन्द्रीय सदस्य तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादव भने बालेनलाई मधेसले स्वीकार नगर्ने दाबी गर्छन् । ‘काठमाडौँमा असफल भइसकेको मेयर, आफ्नै जन्मथलो महोत्तरीमा राजनीतिक उपस्थिति देखाउन नसक्ने व्यक्ति मधेसमा स्थापित हुन सक्दैन,’ यादवको जिकिर छ ।

जसपा नेपालका नेता जितेन्द्र यादव बालेनको आगमनप्रति आपत्ति नभए पनि उनको राजनीतिक धारणा र संघीयताप्रतिको बुझाइमा प्रश्न उठाउँछन् । ‘संघीयता समाप्त गर्ने एजेन्डा बोकेर बालेनलाई प्रयोग गरिँदैछ कि भन्ने हाम्रो चिन्ता हो,’ उनी भन्छन् ।

विरोध ‘हारको मानसिकता’ : कांग्रेस

जनकपुरका कांग्रेस नेता जीवनाथ चौधरी बालेनको विरोधलाई हारको मानसिकता ठान्छन् । ‘उनी राष्ट्रिय नेता हुन्, जहाँ पनि जान पाउँछन्,’ चौधरी भन्छन्, ‘बालेनको मात्र विरोध गर्नु भनेको राजनीतिक असहजता र प्रोपगान्डा हो ।’

उनका अनुसार मधेस कुनै एक दल वा समुदायको एकाधिकार होइन र बालेनलाई ‘मधेसी होइन’ भनेर अस्वीकार गर्नु लोकतान्त्रिक मूल्यविपरीत हो ।

आँकडाले देखाउने चुनौती

२०७९ सालको निर्वाचनमा रास्वपाले मधेस प्रदेशमा समानुपातिकतर्फ १ लाख ७ हजार ८४ मत र प्रत्यक्षतर्फ ३२ हजार ५३७ मत मात्रै ल्याएको थियो । मधेस प्रदेशमा कुल मतदाता ३३ लाखभन्दा बढी रहेका छन् । यसले रास्वपाका लागि मधेस चुनौतीपूर्ण क्षेत्र भएको देखाउँछ ।

त्यही कारण रास्वपाले रणनीतिक रूपमा बालेनलाई मधेसमा उतारेर आधार विस्तारको प्रयास थालेको विश्लेषण गरिँदै छ ।

‘मधेस कसैको बपौती होइन’

बालेनका काका तथा राजनीतिक विश्लेषक ई. सत्यनारायण साह भन्छन्, ‘मधेस वा देश कुनै दलको होइन, सम्पूर्ण नेपालीको हो ।’ उनका अनुसार बालेनको आगमनबाट मधेस केन्द्रित दलहरूको एकाधिकार चुनौतीमा पर्नु स्वाभाविक हो ।

‘नेताले विरोध गर्दैमा अब मधेसी जनताले पत्याउने अवस्था छैन,’ साह भन्छन्, ‘बालेनको प्रवेशले मधेसको राजनीति हल्लिएको छ, यही नै यथार्थ हो ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ३ को पनि गणना केहीबेरमा हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...

भक्तपुर २ मा ११ बजेबाट मतगणना हुने

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...

दोलखामा पुनः निर्वाचन हुँदैन : आयोग

काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाच...

काठमाडौं–१ को मतगणना केही समयमा सुरु हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केही समयपछि सुरु हुने भएको छ ।  काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्व...

सिन्धुपाल्चोकमा ५५.६९ प्रतिशत मत खस्यो

सिन्धुपाल्चोक  । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...

झापा–५ मा किन घट्यो मत प्रतिशत ?

ललितपुर  । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...

ओखलढुङ्गामा मतदानमा उत्साह घट्दा ४८% मत खस्यो

ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको  छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE