केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले निवर्तमान सभापति शेरबहादुर देउवाबाट संरक्षक तथा अभिभावकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताए । देउवाले अब पार्टीभित्रको असमञ्जस रोक्न स्पष्ट सन्देश दिनुपर्ने उनको भनाइ थियो ।
‘उहाँबाट अभिभावकको भूमिकाको अपेक्षा गरेको छु, संरक्षकको भूमिकाको अपेक्षा गरेको छु,’ थापाले भने, ‘उहाँले देशभरिका साथीहरूलाई अब रोकियो, सकियो भनेर आह्वान गरिदिनुपर्छ ।’
थापाले पार्टीभित्र फरक–फरक धारणा र विमतिहरू देखिनु स्वाभाविक भए पनि अब सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि सकारात्मक भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
‘डा. शेखर कोइरालाबाट पनि त्यही अपेक्षा छ, पूर्णबहादुर खड्काबाट पनि त्यही अपेक्षा छ,’ थापाले भने, ‘मलाई विश्वास छ, एक–दुई दिनभित्र तपाईंहरूले हामी सबै कांग्रेसका साथीहरू एक ठाउँमा बसेर संवाद गर्दै, छलफल गर्दै र निर्णय गर्दै गरेको दृश्य देख्नुहुनेछ ।’
विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयपछि देखिएको राजनीतिक तरंग अब क्रमशः स्थिर हुँदै जाने र कांग्रेस एक ढिक्का भएर आगामी चुनौतीहरू सामना गर्ने दिशामा अघि बढ्ने थापाको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - १५:१३
काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित उपसभापति पुष्पा भुसालले आफूहरू सौहार्दपूर्ण वातावरण बनेपछि मात्रै केन्द्रीय कार्यालय सानेपा जाने बताएकी छन्। ...
माघ ४ गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब औपचारिक रूपमा स्थानीय सरकारको भूमिकाबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तय...
माघ ४ गते, २०८२ - १३:२३
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा ...
माघ ४ गते, २०८२ - १३:१९
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद अब अन्त्यतर्फ उन्मुख रहेको दाबी गर्दै सबै नेता–कार्यकर्तालाई एकै ठाउँमा आउन आ...
माघ ४ गते, २०८२ - १३:१५
चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फ...
माघ ४ गते, २०८२ - १२:१६
काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...
माघ ४ गते, २०८२ - १२:१३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिकारिकतासँगै शेरबहादुर देउवा झन् एक्लिँदै जान थालेका छन् । आफैंले कार्य...
माघ ४ गते, २०८२ - १२:१०
काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–९ गैरीबजारमा आफ्नै घरको छतबाट खस्दा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक...
माघ ४ गते, २०८२ - १२:०८
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट रञ्जित तामाङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरे...
माघ ४ गते, २०८२ - १०:१९
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । झापा निर्वाचन क्षेत्र नं ३ को निर्व...




प्रतिकृया लेख्नुहोस्: