Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सागर ढकाल डडेल्धुरामा देउवासँग ‘फेरि भिडन्त’ नगर्ने, गुल्मी–रुपन्देहीतर्फ नजर

खबरडबली संवाददाता

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका तय भइसकेको अवस्थामा ढकालले डडेल्धुराबाट उम्मेदवार नबन्ने स्पष्ट पारेका हुन् ।

यसअघि डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका ढकालले आफूले उल्लेख्य मत ल्याएको स्मरण गर्दै अहिलेको निर्णयलाई पुस्तान्तरण र रूपान्तरणको राजनीतिक सन्देशसँग जोडिएको कदमका रूपमा व्याख्या गरेका छन् ।

‘पहिले मैले डडेल्धुराबाट चुनाव लडेँ, देउवासँग प्रतिस्पर्धा गर्दा पनि धेरै मत ल्याएको थिएँ,’ ढकालले भने, ‘हाम्रो एजेन्डा रूपान्तरण र पुस्तान्तरण हो । निर्वाचन आयोगले कांग्रेस पार्टीसम्बन्धी दिएको निर्णयसँगै मेरो मिसन पूरा भएको ठानेको छु।’

ढकालका अनुसार यसपटक उनी गुल्मी वा रुपन्देहीमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । ‘सम्भवतः गुल्मी–१ बाट चुनाव लड्छु,’ उनले भने, ‘रुपन्देहीका क्षेत्रबारे पनि छलफल चलिरहेको छ । अन्तिम टुंगो लागिसकेको छैन।’

उनले कांग्रेस सभापति देउवाप्रति सम्मान व्यक्त गर्दै उमेरका हिसाबले अब सक्रिय चुनावी प्रतिस्पर्धाभन्दा विश्राम उपयुक्त हुने संकेतसमेत गरे । ‘अब हजुरबुवा विस्तारामा आराम गर्ने अवस्थामा पुग्नुभएको छ,’ ढकालले भने, ‘के निहुँ खोज्नु ? युवामा जोश र होस दुवै हुन्छ भन्ने देखाउनु थियो । अहिले होस पुर्‍याएको हुँ । पुस्तान्तरणको माग सफल भएको छ।’

ढकालको यो निर्णयलाई रास्वपाभित्र पुराना शक्तिकेन्द्रसँग प्रत्यक्ष भिडन्तभन्दा नयाँ क्षेत्र र नयाँ सन्देशमार्फत राजनीतिक हस्तक्षेप बढाउने रणनीतिका रूपमा हेरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: