काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवारको टुंगो लगाए पनि महासचिव शंकर पोखरेलको हकमा भने रणनीतिक मौनता अपनाएको छ । शनिबार बसेको सचिवालय बैठकले धेरै क्षेत्रका उम्मेदवार तय गरे पनि दाङ क्षेत्र नम्बर १ र २ लाई ‘महासचिवको इच्छा बुझेर अध्यक्षले निर्णय गर्ने’ भन्दै होल्डमा राखेको छ ।
गत निर्वाचनमा दाङ–२ बाट पराजित पोखरेलको टिकट रोकिनु सामान्य संयोग होइन, बरु अन्तरपार्टी प्रतिस्पर्धा र जित सुनिश्चित गर्ने रणनीतिक गणनाको हिस्सा भएको एमाले नेताहरू बताउँछन् ।
साँघुरो हारको दबाब
२०७९ सालको निर्वाचनमा पोखरेल तत्कालीन माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग अत्यन्तै साँघुरो मतान्तरले पराजित भएका थिए । शर्माले २६ हजार ६८० मत ल्याउँदा पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहँदै उसका उम्मेदवार विशाल अधिकारीले १५ हजार ८६१ मत ल्याएका थिए ।
त्यो परिणामले पोखरेलमाथि योपटक जित्नैपर्ने राजनीतिक दबाब बढाएको छ । त्यसैले एमालेले प्रतिस्पर्धी दलले कसलाई उम्मेदवार बनाउँछन् भन्ने हेरेर अन्तिम निर्णय लिने तयारी गरेको एक सचिवालय सदस्यले बताए ।
प्रतिस्पर्धी हेरेर मैदान रोज्ने रणनीति
एमाले स्रोतका अनुसार दाङ १ र २ मा कांग्रेस वा नेकपाले उठाउने उम्मेदवारको शक्ति सन्तुलन हेरेर पोखरेलको उम्मेदवारी तय गरिनेछ । ‘यसपटक महासचिव सुरक्षित क्षेत्रमा मात्रै उत्रिनेछन्,’ ती नेताले भने ।
यसअघि दाङ–१ बाट मेटमणि चौधरी निर्वाचित भएका थिए भने दाङ–३ बाट कांग्रेसका दीपक गिरी विजयी बनेका थिए । दाङ–३ मा एमालेले घनश्याम पाण्डेलाई उम्मेदवार बनाइसकेको छ ।
दाङ असुरक्षित भए रुपन्देही विकल्प
एमालेले दाङसँगै झापा–३ (राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्र) पनि होल्डमा राखेको छ । यसले दाङको प्रतिस्पर्धा प्रतिकूल बनेमा पोखरेललाई रुपन्देहीका कुनै सुरक्षित क्षेत्रबाट उठाउने सम्भावना खुला राखेको संकेत गर्छ ।
पार्टीले रुपन्देही १, २ र ४ पनि हालसम्म खाली राखेको छ । रुपन्देही–३ मा राप्रपाका दीपक बोहरा विजयी भएका थिए भने १ र २ बाट एमाले उम्मेदवार जितेका थिए । तर, क्षेत्र नं १ का सांसद छविलाल विश्वकर्माले पुनः उम्मेदवार नबन्ने घोषणा गरेका छन् भने क्षेत्र नं २ का विष्णुप्रसाद पौडेल पाल्पा सरेका छन् ।
जहाँ जित सुनिश्चित, त्यहीँ महासचिव
एमाले नेताहरूका अनुसार अध्यक्ष केपी शर्मा ओलीनिकट महासचिव पोखरेल जित सुनिश्चित हुने क्षेत्रबाटै उम्मेदवारी दिने तयारीमा छन् । त्यसैले पार्टीले अन्तिम घडीसम्म विकल्प खुला राख्दै ‘सुरक्षित ल्यान्डिङ’ खोजिरहेको देखिन्छ ।
यसले एमालेभित्र महासचिवको उम्मेदवारी केवल व्यक्तिगत निर्णय नभई पार्टीको समग्र चुनावी रणनीतिसँग गाँसिएको विषय बनेको स्पष्ट संकेत दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: