Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

एमालेको चुनावी ‘चाल’ : दाङमा महासचिवको टिकट रोकियो, सुरक्षित क्षेत्र खोज्दै पोखरेल

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवारको टुंगो लगाए पनि महासचिव शंकर पोखरेलको हकमा भने रणनीतिक मौनता अपनाएको छ । शनिबार बसेको सचिवालय बैठकले धेरै क्षेत्रका उम्मेदवार तय गरे पनि दाङ क्षेत्र नम्बर १ र २ लाई ‘महासचिवको इच्छा बुझेर अध्यक्षले निर्णय गर्ने’ भन्दै होल्डमा राखेको छ ।

गत निर्वाचनमा दाङ–२ बाट पराजित पोखरेलको टिकट रोकिनु सामान्य संयोग होइन, बरु अन्तरपार्टी प्रतिस्पर्धा र जित सुनिश्चित गर्ने रणनीतिक गणनाको हिस्सा भएको एमाले नेताहरू बताउँछन् ।

साँघुरो हारको दबाब

२०७९ सालको निर्वाचनमा पोखरेल तत्कालीन माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग अत्यन्तै साँघुरो मतान्तरले पराजित भएका थिए । शर्माले २६ हजार ६८० मत ल्याउँदा पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहँदै उसका उम्मेदवार विशाल अधिकारीले १५ हजार ८६१ मत ल्याएका थिए ।

त्यो परिणामले पोखरेलमाथि योपटक जित्नैपर्ने राजनीतिक दबाब बढाएको छ । त्यसैले एमालेले प्रतिस्पर्धी दलले कसलाई उम्मेदवार बनाउँछन् भन्ने हेरेर अन्तिम निर्णय लिने तयारी गरेको एक सचिवालय सदस्यले बताए ।

प्रतिस्पर्धी हेरेर मैदान रोज्ने रणनीति

एमाले स्रोतका अनुसार दाङ १ र २ मा कांग्रेस वा नेकपाले उठाउने उम्मेदवारको शक्ति सन्तुलन हेरेर पोखरेलको उम्मेदवारी तय गरिनेछ । ‘यसपटक महासचिव सुरक्षित क्षेत्रमा मात्रै उत्रिनेछन्,’ ती नेताले भने ।

यसअघि दाङ–१ बाट मेटमणि चौधरी निर्वाचित भएका थिए भने दाङ–३ बाट कांग्रेसका दीपक गिरी विजयी बनेका थिए । दाङ–३ मा एमालेले घनश्याम पाण्डेलाई उम्मेदवार बनाइसकेको छ ।

दाङ असुरक्षित भए रुपन्देही विकल्प

एमालेले दाङसँगै झापा–३ (राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्र) पनि होल्डमा राखेको छ । यसले दाङको प्रतिस्पर्धा प्रतिकूल बनेमा पोखरेललाई रुपन्देहीका कुनै सुरक्षित क्षेत्रबाट उठाउने सम्भावना खुला राखेको संकेत गर्छ ।

पार्टीले रुपन्देही १, २ र ४ पनि हालसम्म खाली राखेको छ । रुपन्देही–३ मा राप्रपाका दीपक बोहरा विजयी भएका थिए भने १ र २ बाट एमाले उम्मेदवार जितेका थिए । तर, क्षेत्र नं १ का सांसद छविलाल विश्वकर्माले पुनः उम्मेदवार नबन्ने घोषणा गरेका छन् भने क्षेत्र नं २ का विष्णुप्रसाद पौडेल पाल्पा सरेका छन् ।

जहाँ जित सुनिश्चित, त्यहीँ महासचिव

एमाले नेताहरूका अनुसार अध्यक्ष केपी शर्मा ओलीनिकट महासचिव पोखरेल जित सुनिश्चित हुने क्षेत्रबाटै उम्मेदवारी दिने तयारीमा छन् । त्यसैले पार्टीले अन्तिम घडीसम्म विकल्प खुला राख्दै ‘सुरक्षित ल्यान्डिङ’ खोजिरहेको देखिन्छ ।

यसले एमालेभित्र महासचिवको उम्मेदवारी केवल व्यक्तिगत निर्णय नभई पार्टीको समग्र चुनावी रणनीतिसँग गाँसिएको विषय बनेको स्पष्ट संकेत दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ ट्रयाक खुलेपछि रमुवा गाउँको वकरा पोखरीमा पर्यटकको चहलपहल बढ्दै

वाग्लुङ ।  गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा नामक रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, हरियाली र शान्त ...

पाण्डबखानी–रमुवा जोड्ने सडक स्तरोन्नति तीव्र, २५ प्रतिशत कटिङ कार्य सम्पन्न

वाग्लुङ ।  पाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरोन्नति सडक आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको छ । हालसम्म आयोजनाअन्तर्गत सडक कटिङ कार्य करि...

स्वास्थ्य बीमा संकट चुलिँदा निर्देशक काफ्लेको राजीनामा, बोर्ड झन् अन्योलमा

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बीमा भु...

अनिश्चित राजनीतिमा बालेनको ‘स्टेप ब्याक’: किन अन्तिम घडीमा रोकियो राजीनामा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘ह...

नेकपाभित्र उम्मेदवार टुंग्याउन सकस, दाङ–१ मा मेटमणिलाई रोक्न कुलप्रसादको कडा दावेदारी

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम...

राष्ट्रियसभा छाडेर प्रत्यक्ष चुनावमा ‘हेभीवेट’को इन्ट्री

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै राष्ट्रियसभाका तीन सदस्यले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा नेकपाका नेता नार...

सागर ढकाल डडेल्धुरामा देउवासँग ‘फेरि भिडन्त’ नगर्ने, गुल्मी–रुपन्देहीतर्फ नजर

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । आ...

एमालेको चुनावी ‘चाल’ : दाङमा महासचिवको टिकट रोकियो, सुरक्षित क्षेत्र खोज्दै पोखरेल

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवारको टुंगो लगाए पनि महासचिव शंकर पोखरेलको हकमा भने रणनीतिक मौनता अपनाएको छ ...

लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ

काठमाडौं । लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेका ...

बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक

 काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित भएको छ । आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending