Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

उर्जामन्त्री तथा माओवादी नेता जनार्दन शर्माको रोचक जीवन : भेटेको दुई दिनपछि बिहे

\"janardan-660x330\"माओवादी केन्द्रका नेता जनार्दन शर्मा पछिल्लो समय चर्चामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्दा उनले पार्टीअध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतलाई सुइँको दिएनन् । ऊर्जामन्त्रीसमेत रहेका शर्मा पार्टीभित्र र समकक्षी नेताहरूमाझ हक्की स्वभाव भएका नेताका रूपमा पनि चिनिन्छन् । शर्माका बानी र स्वभावबारे पत्नी लक्ष्मीलाई नयाँ पत्रिकाका खगेन्द्र पन्तले सोधेका १०१ प्रश्नहरुमध्यबाट – ४२. तपाईंहरूको बिहे कहिले भएको हो ? ०४६ साल फागुन ३० गते । ४३. प्रेम विवाह कि मागी विवाह ? मागी विवाह नै हो । ४४. पहिलोपल्ट कहाँ भेट भएको थियो, दुईजनाको ? दाङ, लमहीस्थित हाम्रै घरमा पहिलोपल्ट देखभेट भएको हो । भेट भएको तेस्रो दिन त हाम्रोे बिहे नै भयो । ४५. कसरी कुरा छिनियो ? जनआन्दोलनमा उहाँ काठमाडौंमा हुनुहुन्थ्यो । मेरो दाइ दामोदर पौडेल र उहाँको पहिलादेखि नै चिनजान थियो । नारायणप्रसाद शर्मा लमी भएर आउनुभयो । उहाँ पनि लमही आउनुभयो । कुरा चल्यो, बिहे भयो । ४६. बिहेअघि दुईजनाको कुराकानी भएन ? उहाँ दाइहरूसँगै हाम्रो घर आउनुभएको थियो । मैले भात पकाएर खुवाएँ । सामान्य कुरा भयो, सबैका अगाडि तेस्रो दिन त बिहे नै भयो । ४७. के कुरा गर्नुभयो ? त्यस्तो केही कुरा भएन । ४८. दाइहरूले कुरा गरेपछि तपाईंलाई केही सोध्नुभएन ? मैले भात खुवाइसकेपछि भान्सामा दाइले ‘तेरो बिहे गरिदिन लागेको, तँलाई मन प¥यो कि परेन’ भनेर सोध्नुभयो । मैले ‘तपाईंहरूलाई मन परेको छ भने ठिकै छ’ भनेँ । ४९. त्यसको कति दिनपछि बिहे भयो ? तेस्रो दिन त बिहे नै भयो । उहाँको घरबाट कान्छा बुबा, भाइहरू आउनुभयो । ५०. घरबाटै बिहे भयो कि बाहिर ? मेरी ८४ वर्ष पुगेकी हजुरआमा हुनुहुन्थ्यो, उहाँले घरबाटै गरौँ भन्नुभयो । ५१. बिहेपछि उहाँको घर रुकुम जानुभयो कि काठमाडौं आउनुभयो ? बिहेपछि काठमाडौं आयौँ, १५ दिनपछि सल्यान गएँ । बहुदल आएपछि रुकुम गयौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending