Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रचण्डको गृहप्रदेशमै टिकट संकट: कर्णालीका ५ क्षेत्रमा अझै अड्कियो नेकपा

खबरडबली संवाददाता

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी ५ क्षेत्रमा भने आकांक्षीहरूको भीड र आन्तरिक शक्ति संघर्षका कारण टिकट टुंग्याउन पार्टीलाई हम्मे–हम्मे परेको छ ।

१० जिल्ला र १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा सुर्खेत र दैलेखमा दुई–दुई निर्वाचन क्षेत्र छन् । नेकपाका नेता तथा साविक माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार रुकुम पश्चिम, जुम्ला, दैलेख–१, दैलेख–२, सुर्खेत–१, सुर्खेत–२ र डोल्पामा उम्मेदवार टुंगिसकेको छ ।

टुंगिएका उम्मेदवारहरूमा रुकुम पश्चिमबाट गोपाल शर्मा, जुम्लाबाट नरेश भण्डारी, दैलेख–१ बाट अम्बरबहादुर थापा, दैलेख–२ बाट योगेन्द्रबहादुर शाही, सुर्खेत–१ बाट जीतबहादुर राना, सुर्खेत–२ बाट झकबहादुर मल्ल ‘सुदीप’ र डोल्पाबाट धनबहादुर बुढा रहेका छन् ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यीमध्ये केही उम्मेदवारलाई टिकटसमेत वितरण गरिसकेको नेताहरू बताउँछन् । तर हुम्ला, कालिकोट, जाजरकोट, सल्यान र मुगुमा उम्मेदवार छनोट अझै टुंगिन सकेको छैन ।

नेता मल्लका अनुसार ती जिल्लामा आकांक्षी धेरै भएकाले सहमति जुटाउन समय लागेको हो । ‘छलफल जारी छ, भोलिसम्म टुंगिन सक्छ,’ उनले भने ।

सल्यानमा साविक समाजवादीका प्रभावशाली नेता प्रकाश ज्वाला र लामो समय प्रचण्डका स्वकीय रहेका रमेश मल्लबीच टिकटका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचन जितेका ज्वाला सल्यानमा बलिया दाबेदार मानिन्छन् ।

जाजरकोटमा शक्ति बस्नेतसहित अन्य नेताहरूको नाम सिफारिसमा परेको छ । लगातार प्रतिनिधिसभा चुनाव लड्दै आएका बस्नेतलाई यसपटक आफ्नै दलभित्रबाट कडा चुनौती देखिएको छ ।

कालिकोटमा सुरुवातमा प्रचण्ड स्वयं चुनाव लड्ने भन्दै एकल सिफारिस गरिएको थियो । तर उनी रुकुम पूर्वतर्फ जाने भएपछि यहाँ ११ जना आकांक्षी मैदानमा उत्रिएका छन् । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कालिकोटमा सहमति जुटाउन सबैभन्दा सकस परिरहेको बताइन्छ ।

उम्मेदवार टुंगिएका ७ क्षेत्रमा दुई जना साविक नेकपा (एकीकृत समाजवादी) पृष्ठभूमिका नेता छन् भने बाँकी माओवादी पृष्ठभूमिका हुन् । दैलेख–१ का उम्मेदवार अम्बरबहादुर थापा र डोल्पाका धनबहादुर बुढा दुवै २०७९ को चुनावमा एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् । प्रभावशाली क्षेत्रीय नेताका रूपमा स्थापित उनीहरूलाई नेकपाले पुनः उम्मेदवार बनाएको हो ।

सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा पहिलो पटक प्रतिनिधिसभा चुनाव लड्न लागेका उम्मेदवारहरू छन् । दुवै क्षेत्रमा पूर्वजनमुक्ति सेनाका लडाकुहरूलाई अघि सारिएको छ । उल्लेखनीय कुरा के छ भने २०७४ र २०७९ सालको चुनावमा सुर्खेतमा माओवादी केन्द्रका उम्मेदवार थिएनन् ।

रुकुम पश्चिमका गोपाल शर्मा २०७४ मा प्रदेशसभा सांसद बनेका थिए र कर्णाली प्रदेशको अर्थमन्त्रीसमेत भइसकेका नेता हुन् । यसपटक उनी आफ्नै राजनीतिक गुरु जनार्दन शर्मा ‘प्रभाकर’ सँगै प्रतिनिधिसभा चुनावी मैदानमा उत्रिन लागेका छन् ।

दैलेख–२ का उम्मेदवार योगेन्द्र शाही २०७९ को प्रदेशसभा चुनावमा झिनो मतान्तरले पराजित भएका थिए । बौद्धिक वर्गमा परिचित शाहीलाई संगठन कमजोर मानिएको क्षेत्रमा पनि पुनः उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको हो ।

जुम्लाका नरेश भण्डारी २०६४ सालमा निर्वाचित सांसद हुन् । २०७४ मा प्रदेशसभा जितेर कर्णालीको कानुनमन्त्री बनेका भण्डारी २०७९ मा टिकट नपाउँदा माओवादीले जुम्लामा पराजय बेहोरेको थियो । यसपटक भने पार्टीले उनलाई पुनः भरोसा गरेको छ ।

कर्णालीमा नेकपाको उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुगे पनि बाँकी जिल्लामा देखिएको आन्तरिक रस्साकस्सीले पार्टीभित्रको शक्ति सन्तुलन र आगामी चुनावी रणनीति झल्काइरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: