रुपन्देही । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले लुम्बिनी प्रदेशलाई केन्द्रमा राख्दै प्रतिनिधिसभा निर्वाचनका लागि शक्तिशाली नेताहरूको उम्मेदवारी लगभग टुङ्ग्याएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता वामदेव गौतम, नेता वर्षमान पुन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, सुदर्शन बराललगायत शीर्ष तहका नेताहरू लुम्बिनीका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने निश्चित भएको छ ।
तत्कालीन माओवादी केन्द्रको आधार इलाकाका रूपमा चिनिने लुम्बिनीमा करिब दुई दर्जन दल समायोजन भइसकेपछि नेकपाले यसपटक पहिलेभन्दा धेरै सिट जित्ने रणनीतिसहित मैदान तताएको दाबी गरिरहेको छ । प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा उम्मेदवारी टुङ्गो लागिसकेको र बाँकी केही क्षेत्रमा आइतबार अन्तिम निर्णय हुने नेकपा नेता मेटमणि चौधरीले बताए ।
‘धेरै ठाउँमा उम्मेदवार टुङ्गिसक्यो, कतिपयले त टिकटसमेत बुझिसक्नुभएको छ,’ चौधरीले भने, ‘केही जिल्लामा दुई–तीन नामबीच अन्तिम छनोट बाँकी छ, त्यो आइतबारसम्म टुङ्गिन्छ ।’
आधार क्षेत्रमै प्रचण्ड–वर्षमान
लुम्बिनीको सबैभन्दा बलियो आधार क्षेत्र मानिने रुकुमपूर्वबाट संयोजक प्रचण्ड उम्मेदवार बन्ने निश्चित भएको छ । प्रचण्डले पहिलोपटक रुकुमपूर्वबाट प्रतिनिधिसभा चुनाव लड्न लागेका हुन् ।
त्यस्तै, रोल्पाबाट नेता वर्षमान पुनको उम्मेदवारी टुङ्गो लागेको छ । पुन यसअघि पनि यही क्षेत्रबाट विजयी भइसकेका नेता हुन् ।
जिल्ला–जिल्लामा कसले पाए टिकट ?
अर्घाखाँचीबाट साबिक नेकपा (एकीकृत समाजवादी)का नेता रामबहादुर चौहान उम्मेदवार बनेका छन् । गुल्मी क्षेत्र नं १ बाट सुदर्शन बराल र क्षेत्र नं २ बाट बुद्धि जिसी उम्मेदवार बन्ने भएका छन् ।
पाल्पामा क्षेत्र नं १ बाट होम सुनारी र २ बाट सोमप्रसाद पाण्डे मैदानमा उत्रिँदैछन् । पश्चिम नवलपरासी–१ बाट सिन्धु जलेसा र २ बाट देवेन्द्र पौडेल उम्मेदवार बनेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा भोजविक्रम बुढा उम्मेदवार बनेका छन् । बर्दियामा भने १ नम्बर क्षेत्रमा वामदेव गौतम र २ नम्बर क्षेत्रमा दुर्गा थारु र लालवीर चौधरी अन्तिम चरणको प्रतिस्पर्धामा छन् ।
रुपन्देही, दाङ, बाँके र कपिलवस्तुमा रस्साकस्सी
५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ३, ४ र ५ नम्बर क्षेत्रका उम्मेदवार टुङ्गिए पनि १ र २ नम्बर क्षेत्रमा अझै रस्साकस्सी छ । रुपन्देही–१ मा **घनश्याम यादव र देवेन्द्र पाण्डे ‘सागर’ बीच प्रतिस्पर्धा छ भने २ नम्बर क्षेत्रमा निर्मल जिसी, विनोद पहाडी र विश्वदीप पाण्डे चर्चामा छन् ।
दाङमा १ नम्बर क्षेत्रमा मेटमणि चौधरी, २ मा निर्मल आचार्य र ३ मा धनबहादुर मास्कीको नाम अघि आए पनि अन्तिम निर्णय बाँकी छ । बाँके र कपिलवस्तुका केही क्षेत्रमा पनि उम्मेदवारको अन्तिम टुङ्गो आइतबार लाग्ने जनाइएको छ ।
ठूला नाम कटौतीमा
यसपटकको टिकट वितरणमा लुम्बिनीमा यसअघि जितेका केही प्रभावशाली नेता बाहिरिएका छन् । पूर्वकेन्द्रीय सचिव चन्द्रप्रकाश खनाल ‘बलदेव’, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी र नेता पूर्णबहादुर घर्तीले टिकट पाएनन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवार टुङ्ग्याउने काम सबैभन्दा अघि बढाउने दलका रूपमा नेकपा देखिएको छ । यसले लुम्बिनीलाई केन्द्रमा राखेर नेकपाले ठूलो राजनीतिक शक्ति–परीक्षणको तयारी गरिरहेको संकेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: