Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

यौनदूराचार काण्डले डब्लुडब्लुएफबाट निकालिएका सिंह बाबुरामका सल्लाहकार !

\"prasanta-singh-2-baburam-adviser\" काठमाडौं, ९ कात्तिक । बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी स्थापना गरिएको एक वर्ष नबित्दै असन्तुष्टी बढ्दै जाँदा पार्टी छाड्ने क्रम चलेको छ । पार्टी छाड्ने क्रम चल्नुका साथै भट्टराईले गरेका केही नियुक्तिले पनि विवाद बढाएको छ । गत कात्तिक ३ गते नयाँ शक्तिको एउटा निर्णयले धेरै जना चकित भएका छन् । एक विवादस्पद एनजीओका ब्यक्तिलाई भट्टराईले आफ्नो प्रमुख राणनीतिक सल्लाहकार बनाएपछि पार्टीभित्र असन्तुष्टी झनै चुलिएको हो । नयाँ शक्तिको राजनीतिक समितिको बैठकले भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा विवादास्पद ब्यक्ति प्रशान्त सिंहलाई नियुक्त गरेका छ । सिंह विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)का पूर्व बजार तथा सञ्चार निर्देशक हुन् । नेपाल पर्यटन बोर्डको पूर्व वित्तीय सेवा निर्देशनसमेत रहेका सिंह हिमालयन क्लाइमेट इनिटियटिभका अध्यक्ष छन् भने अन्य विभिन्न संघसंस्थाहरुमा आवद्ध छन् । भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा आफूलाई नियुक्ति गरेको सिंह आफैले पुष्टी गरेका छन् । उनले भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा आफू किन सहमत भएको भन्ने कुरा सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । तर भट्टराईको रणनीतिकार सिंह यौनदुराचारको आरोपमा पक्राउ परेर कारबाही भोगेका व्यक्ति भएको कुरा दृष्टि साप्ताहिकले लेखेको छ । विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) मा कार्यरत रहँदा महानगरीय यौन दूराचार आरोपमा प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेको थियो । सिंहले गोप्य क्यामेरामार्फत युवतीको भिडियो खिचेर पछि आफूसँग सम्बन्ध राख्न दवाव दिएका थिए । कुर्सी तथा बाथरुपमा गोप्य क्यामेरा राखेर उनले भिडियो बनाएका थिए । चरम यातना दिएपछि पीडित युवतीले महानगरीय अपराध महाशाखाान उजुरी दिएकी थिइन् । सोही आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । सोही काण्डले गर्दा नै उनले डब्लुडब्लुएफमा जागिर नै गुमाउन पुगेका थिए । प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त भएका सिंह हार्वड विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय लगायतका प्रतिष्ठित विश्वविद्यालय र प्रतिष्ठानहरुबाट प्रशिक्षित हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending