Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

जुम्लाबाट पूर्व प्रस्तावित पुनःसंरचनाको खाका सिफारिस

\"jumla_district-750\"जुम्ला, ९ कात्तिक । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति जुम्लाले पूर्व प्रस्तावित पुरानै संरचनाको खाका सङ्ख्या तथा सीमा निर्धारण आयोगमा सिफारिस गरेको छ । सोमबार स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक हरिनारायण बेल्बासेको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा उपस्थित व्यवस्थापिका– संसद् सदस्यद्वय गोमा कुँवर र डिल्लीप्रसाद काफ्लेसहित जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिको सहमतिमा पुरानै संरचनाको खाका पठाउने निर्णय गरिएको संयोजक बेल्बासेले जानकारी दिए । “जनसङ्ख्या भन्दा विशेष गरी यहाँको भूगोल, प्रशासनिक केन्द्र, सेवा प्रवाहमा सुगमता, आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक सहमतिलाई मध्यनजरगरी एक नगरपालिका र सात गाउँपालिकाको पूर्व प्रस्तावित खाका सिफारिस गर्ने निर्णय गरिएको हो,” संयोजक बेल्लबासेले भने । समितिले प्रस्तावित खाकामा गाउँपालिका, नगरपालिकाको नामाकरण, सीमाङ्कन र प्रस्तावित केन्द्रको सिफारिस गरी पठाउने निर्णय गरेको बताएको छ । यता १,१७७ जनसङ्ख्या रहेको बुम्रमाडीचौर गाविसलाई विशेष क्षेत्रका रुपमा तोकिएको निर्णय पनि आयोगमा सिफारिस गरिएको छ । पछिल्लो समयमा सरकारले मुलुकमा ५६५ बाट ७४२ स्थानीय तहको संरचना तयार गर्नसक्ने निर्णय गरेसँगै जिल्लामा प्राप्त भएको परिपत्र बमोजिम प्रस्तावित अन्तिम खाका सिफारिस गरिएको प्राविधिक सहयोग समिति जुम्लाले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending