Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

लोकमानको विषयमा निर्णय गर्ने दिन आइसकेकाे छैन : परराष्ट्रमन्त्री

\"1464522221prakashsharanmahat-750\"काठमाडौँ, ९ कात्तिक । परराष्ट्रमन्त्री डा प्रकाशशरण डा महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विषयमा निर्णय गर्ने दिन आइनसकेकाले त्यो दिन पर्खन आग्रह गरेका छन् । नुवाकोट–काठमाडौँ पत्रकार समाजले आज आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाअभियोग प्रक्रिया लामो हुने भएकाले फुर्सदमा निर्णय गर्दा पनि फरक नपर्ने बताए । महतले विशिष्ट राजनीतिक अवस्थामा संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले मुख्य तीन राजनीतिक दलको सहमतिका आधारमा निर्वाचनका प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखे । मन्त्री महतले भने, “लोकतन्त्रमा सबैले विधिको शासनलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्छ, त्यसका लागि सबै राजनीतिक दलले राजनीतिक सद्भाव र सहयोग गर्नुपर्छ । द्विपक्षीय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वार्थ र आवश्यकता सम्बोधन गर्न आफू लागिपरेको बताउँदै उनले मुलुकको हितमा विदेशी सहयोग तथा लगानी कसरी गर्न सकिन्छ भन्ने विषयमा दिनरात खटिरहेको बताए । नुवाकोट मुलुकको राजधानी नजिक भएर पनि विकास नभएको भन्दै उनले शिक्षा, स्वास्थ्य एवम् विकासका विषयमा अग्रसरता लिनुपर्नेमा जोड दिए । कार्यक्रममा कृषि राज्यमन्त्री राधिका तामाङले नुवाकोटको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको भन्दै त्यसका लागि मिलेर अगाडि बढ्नुपर्ने बताइन् । पत्रकार समाजका अध्यक्ष दिनेश आचार्यले विकासका मुद्दामा सबै पक्ष एकमत भएमात्र नुवाकोटसहित समग्र मुलुक परिवर्तन गर्न सकिने भन्दै त्यसतर्फ लाग्न आग्रह गरे । कार्यक्रममा पछिल्लो पटक निजामती सेवा अधिकृतमा प्रवेश गर्ने नौजनालाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा नुवाकोटमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, कलाकार, उद्योगी व्यवसायी, खेलाडी, पत्रकार एवम् विशिष्ठ व्यक्तिहरुको उपस्थिती थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending