Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

कार्कीले रोकेका फाइल खोल्ने तयारीमा अख्तियार

\"akhtiyar-durupayog-anusandhan-aayog-750\" काठमाडौं, ९ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको छ । यतिबेला राजनीतिक दलदेखि नागरिक समाज सबै उनलाई लगाइएको महाअभियोग कार्यान्वयनको पक्षमा सडकबाट दबाब सिर्जना गरिरहेका देखिन्छन् । चारैतिर महाअभियोगकै विषयमा चर्चाहरु भइरहदा अख्तियारले भने भष्टाचार गरी अकुत सम्पत्ति कुम्ल्याएको अभियोगमा एमाले, कांग्रेस,  माओवादीका नेता कार्यकर्ताका साथै केही राजनीतिक दल निकट मानिने व्यवसायिहरु समेत गरी करिब सयजनामाथि अनुसन्धान प्रक्रिया गरिरहेको तथ्य खुल्न आएको छ । मुख्य ठूला दलका ठूलै नेताहरुले समेत भष्टाचार गररे अकुत सम्पत्ति कमाएको र भष्टाचारका विभिन्न काण्डमा मुछिएको कुरा सोमबार खबरडबलीसँग नाम नखोल्ने सर्तमा अख्तियारको काम कारवाहीबारे जानकार एक श्रोतले बताएको छ । उक्त श्रोतका अनुसार, अख्तियारले भ्रष्टचारमा मुछिएका मानिसहरुको विभिन्न कारणले निलम्बित कार्की मुख्य आयुक्त हुँदा रोकिएका फाइलहरु यतिबेला खोल्ने तयारी गरिरहेकोे छ । भ्रष्टाचारी जो सुकै होस कारवाही गर्ने तयारी आयोगको रहेको बताइएको छ । श्रोतका अनुसार अख्तियारको लिस्टमा ठूला पार्टीका ठूला नेताहरु मात्र होइन केही राजनीतिक दल र नेताको नजिक मानिएका व्यपारी, व्यवसायीहरु समेत रहेका छन । खबरडबलीलाई प्राप्त गोप्य सुचना अनुसार अख्तियारका कार्यवाहक प्रमुखसहितको टीमले काग्रेसका करिब दुई दर्जन, एमालेका तीन दर्जन र माओवादीका एक दर्जन भन्दा बढि नेताहरुले लाखौ भष्टाचार गरेको तयारी अवस्थाको फाइल यतिबेला पल्टाइरहेका छन् । श्रोतका अनुसार अख्तियारले नेता मात्र नभएर कर्मचारी, व्यपारी र केही उद्योगीहरुले समेत व्यापक भ्रष्टाचारको कार्यमा मुछिएको तथ्य फेला परेको छ । अख्तियारले ती फाइलहरु अगाडि बढाउने तयारी गरिरहेको छ । एकजना राजनीतिक दलका पुराना नेताले भने– ‘अख्तियार प्रमुखमा कार्कीलाई नियुत्ति गर्दा नै सोच्नुपर्दथ्यो उनी त्यसका लागि योग्य छन् कि छैनन ? सुरुवातदेखि नै उनीमाथिको पहिलो प्रश्न नै योग्यताको थियो ? अनि जब अयोग्य र तह नपुगेको मानिसलाई राजनीतिक दलले आफ्नो स्वार्थमा उनलाई नियुत्ति दिए, तिनीहरुको सूचिमा त्यतिबेलैबाट जोडिहाले । आफ्नो कुकर्म ढाकछोप गर्न उनलाई प्रयोग गरेका थिए, तर अख्तियारको नजरमा पानीभित्रको ओभानो कोही भएन । उनी आफूपनि भष्टाचारमा जकडिए  । धेरै कुराको सत्य अहिले आएर सार्वजनिक हुदैछ ।’ उनले भ्रष्टाचार निमुल पार्ने पवित्र संवैधानिक आयोगमा बसेर कार्की आफै भष्टाचारी हुनु महाअपराध भएकोले उनी बिरुद्ध महाअभियोग लगाउनु उचित रहेको तर्क गदै भन्छन्–‘राजनीतिक दलका नेतादेखि व्यापारी जसले भष्टाचार गरेर राज्यकोष दुरुपयोग गरेका छन उनीहरुमाथि पनि कारवाही रोकिनु हुदैन । अख्तियारले पाएको अधिकार अनुसार उनीहरुको फाइल बढाउनु पर्छ र देशका सबै लुटेराहरुको एकैपटक पर्दाफास गरिनुपर्दछ ।’

को को छन अख्तियारको लिस्टमा भ्रष्टाचारी ?

सूचना दाताको नाम नखोल्ने सर्तमा प्राप्त जानकारीअनुसार यहाँ प्रस्तुत गरिएका राजनीतिक दलहरुमा संलग्न नेता, कार्यकर्ताहरुका साथै व्यवसायिक क्षेत्रका मानिसहरुको नामका अख्तियार अनुसन्धान आयोगमा भष्टाचार गरेको फाइल तयार पारिएको छ । भष्टाचारमा मुछिएका मानिसको फाइल अख्तियारले जतिबेला पनि सार्वजनिक गर्न सक्ने गरी अन्तिम तयारी गरिरहेको जानकारी खुल्न आएको छ । अख्तियारले अहिले केही उच्चतहका मानिसहरुको आर्थिक श्रोतको बारेमा गोप्य अनुसन्धार जारी राखेको बताइएको छ ।  

नेकपा एमाले

अरु दलको भन्दा बढि एमालेका नेताहरु भष्टाचारमा मुछिएको फाईलहरु अख्तियारमा रहेको गोप्य श्रोतबाट जानकारी प्राप्त भएको छ । एमालेका प्रभावशाली नेताहरु केपी शर्मा ओली, वामदेव गौतम, सुवास नेम्वाङ, अग्नि खरेल, राजेन्द्र पाण्डे, राज्यलक्ष्मी गोल्छा, सुरेन्द्र पाण्डे, लगायतले करोडौं रकमको भष्टाचार गरी मुछिएका फाइलहरु अख्तियारमा रहेको खुल्न आएको छ । निर्वाचनकाबेला सात करोड चन्दा लिएर पार्टीको लागि खर्च गरेको कुरा एमालेबाट संसद भएकी राज्यलक्ष्मी गोल्छाले यसअघि नै सार्वजनिक गरिसकेकी छन् । त्यो सात करोडको च्यानल एमाले अध्यक्षसँग पनि जोडिएको थियो । त्यो रकम कहाँबाट कसरी आयो र कुन कुन नेताले दुरुपयोग गरे भन्ने विषयमा अख्तियारले अनुसन्धान गरेको थियो । त्यो फाइल पनि अख्तियारमा यतिबेला खोलेर थप अध्ययन सुरु गरिन लागेको खुल्न आएको छ ।

नेपाली कांग्रेस

नेपाली कांग्रेसका प्रभावशाली नेता सभापति शेरबहादुर देउवा, आरजु देउवा, रामचन्द्र पौडेल, सुजाता कोइराला लगायत दुई दर्जन नेताहरुमाथि अख्तियारले यसअघि नै अनुसन्धान गरेको थियो । केहीको अझै पनि गोप्य अनुसन्धान भइरहेको खुल्न आएको छ । पूर्व गृहमन्त्री कृष्ण सिटौला, पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ, सांसद बहादुरसिंह लामा, काग्रेस सभापति शेरबहादरु देउवा निकट मानिने सांसद उमेश श्रेष्ठ लगायतको भष्टाचार फाइल पनि अख्तियारमा रहेको खुल्न आएको छ । श्रोतका अनुसार काग्रेसका केहि अरु प्रभावसाली नेताहरुले पनि भष्टाचार गरेको सुचनाका आधारमा अख्तियारले अनुसन्धान गरिरहेको छ, सम्पूर्ण विषयको तथ्य फेला पारेपछि फाइल बनाएर सार्वजनिक गर्ने तयारी गरिएको छ । पूर्व श्रमराज्य मन्त्री टेकबहादुर गुरुङले श्रोत नखुलेको ६० करोड सम्पति जोडेको फाइल अख्तियारमा रहेको छ । त्यस्तै काग्रेसबाट सांसद उमेश श्रेष्ठले करिब ९० करोड रुपैँया भष्टाचार गरेको फाइल पनि अख्तियारमा रहेको बताइएको छ । श्रेष्ठ लिटिल एन्जल्स स्कुलका मालिक पनि हुन् । यी दुबै जना कांग्रेस भित्र सभापति देउवाका निकट मानिन्छन् । त्यसैगरी सुडान घोटलाको केशमा मुछिएका पूर्व गृहमन्त्री सिटौलाले ६५ करोडको भष्टाचार गरेको फाईल र सांसद लामाले ८ करोडको भष्टाचार गरेको फाईल पनि अख्तियारमा रहेको खुल्न आएको छ । काग्रेस नेताहरुको भष्टाचार गरेको फाईल कार्कीले रोक्ने सहमति गरेकै कारण उनीमाथिको सांसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमा काग्रेस भित्र स्पष्ट धारणा बन्न नसकेको अनुमान गरिएको छ ।

नेकपा माओवादी केन्द्र

अख्तियारले तयार गरेको भष्टाचारीको लिस्टमा माओवादी पनि अछुतो छैन । श्रोतका अनुसार माओवादीका नेताहरु समेत भष्टाचारमा संलग्न रहेका छन् । माओवादी जनमुक्ति सेनाको नाममा आएको ठूलो रकम कहाँ उपयोग भयो र कस्ले लग्यो भन्ने विवाद पार्टी भित्र पनि रहेको माओवादीकै नेताहरुको समेत भनाई रहेको छ । जनमुक्ति सेनाको नाममा आएको उक्त रकम दुरुपयोग भएको विषयमा पार्टी नेतृत्वदेखि उर्जा मन्त्री जनार्दन शर्मा, उपराष्टपति नन्दबहादुर पुन, पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत लगायतका नेताहरुको नाम जोडिएको खुल्न आएको छ । यो विषयमा अख्तियारले लामो समयदेखि अनुसन्धान गरिरहेको श्रोतबाट जानकारी भएको छ ।

व्यापारी–व्यवसायी

गोप्य श्रोतले दिएको जानकारी अनुसार, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, एनसेल कम्पनीका सेयर होल्डर सचिनलाल श्रेष्ठ, सतिशलाल श्रेष्ठ आर्चाय लगायतले भष्टाचार गरेको विषयमा अख्तियारले तथ्य फेला पारेको छ । त्यसैगरी सोलु करिडोर आयोजनाका ठेकेदार समेत रहेका व्यवसायी दीपक भट्टले पनि व्यापक भष्टाचार गरेको तथ्य खुल्न आएको छ । उनी सेनाको रासन ठेक्का र हतियार सप्लाईको काममा संलग्न रहेका छन । श्रम राज्यमन्त्रीसमेत भइसकेका म्यानपावर व्यावसायी टेकबहादुर गुरुङ लगायत अरु धेरै व्यवसायीहरु समेत अख्तियारको भष्टाचार सूचिमा रहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending