Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

प्रहरीमा गृहमन्त्री विमलेन्द्र आतंक

\"Bimalendra-Nidhi\"काठमाडौं,८ कात्तिक । देशको शान्ति सुरक्षाको जिम्मा पाएको र अनावश्यक रुपमा खलबलाउनै नहुने नेपाल प्रहरी विभागलाई प्रत्येक सरकारका गृहन्त्रीहरुले केही ब्यक्तिको स्वार्थसिद्धीका लागि प्रलोभनमा पारेर गिजोल्न सम्म गिजोल्दै आइरहेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ – हत्तपती चलाउनै नहुने प्रहरी निकायलाई कहिले ३० वर्षे सेवा अवधि र कहिले हटाउने नाममा आतंक सिर्जना गरेर जनताको जिउधन र शान्ति सुरक्षामा गंभिर असर पार्ने काम प्रजातन्त्र पछिका प्रत्येक सरकार भ्रष्ट गृहमन्त्रीहरुले गर्दैआइरहेका छन् । केही पदलोलुप, लोभीपापी , स्वार्थी र भ्रष्ट आइएजीपी र प्रहरी अधिकृतहरुको चलखेलका कारण नेपाल प्रहरीको मनस्थिति नै हँुडालेर प्रहरी ऐन, नियम संशोधन गर्ने दुष्प्रयास हुने गरेको छ । अहिले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका गृहमन्त्री बनेका विमलेन्द्र निधिले प्रहरी संगठनको मथिंगल खल्बल्याउने कार्यको थालनी गरेको कुरा गृह मन्त्रालय स्रोतले बताएको छ । हालका आजीपी उपन्द्रकान्त अर्याल र एआइजीपी सुरेन्द्रबहादुर शाहको निजी स्वार्थका कारण विद्यमान प्रहरी नियमावली संशोधन गरेर पदमा टिकीरहन र भविष्यमा आजीपी पद पड्काउन विषेश चलखेलमा लिप्त बनेको कुरा गहृमन्त्रालयको स्रोतबाट थाहा भएको छ । प्रहरी नियमावली संशोधन गराएर ३२ वर्षे सेवा अवधी बनाउन सफल भएमा उपेन्द्रकान्त अर्यालले थप एक वर्ष खाने र त्यसपछि अर्को दुई वर्ष परिष्थिति अनुकुल रहेमा सुरेन्द्र बहादुर शाह वा वर्तमान एक नम्बर एआइजीपी राजेन्द्र भण्डारी मध्ये कसैले आईजीपी पद पडकाउने गरी गृहमन्त्री विमलेन्द्र निधिलाई प्रलोभनमा पारेर प्रहरी नियमावली २०७१ संशोधनको गृहकार्य शुरु गरेको थाहा भएको छ । नियम संशोधन भएर सेवा अवधि लागू भएमा हाल नेपाल प्रहरीमा अनावश्यक रुपमा कार्यरत ११ एआइजीको पदावधी पनि थपिने छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending