काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उत्रन निर्देशन दिएका छन् । उनले कार्यकर्तालाई प्रतिदिन कम्तीमा १० वटा सामाजिक सञ्जाल स्टाटस लेख्न र १० वटा एसएमएस पठाउन स्पष्ट निर्देशन दिएका हुन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको राजनीतिक लडाइँ सडक वा सभामञ्चमा मात्र सीमित नरहेको बताउँदै सामाजिक सञ्जाल नै मुख्य रणभूमि बनेको दाबी गरे । पछिल्लो समय एमालेविरुद्ध नियोजित रूपमा नकारात्मक प्रचार भइरहेको उनको आरोप छ ।
‘आज हरेकको हातमा मोबाइल छ । हामी आफैँ सामाजिक सञ्जालका योद्धा हौँ । यो लडाइँ सबैले लड्नुपर्छ,’ ओलीले भने, ‘कम्तीमा दिनमा १० वटा एसएमएस पठाउनुस्, १० वटा फेसबुक स्टाटस लेख्नुस् । एमालेका पक्षमा लेख्नुस् । हामीले गरेका काम, विकास र उपलब्धिहरू जनतासम्म पुर्याउनुस् ।’
ओलीको यो निर्देशनलाई आगामी निर्वाचनलाई लक्षित डिजिटल रणनीतिको रूपमा हेरिएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन) केन्द्रित चर्चा र प्रचार तीव्र बन्दै गएपछि एमाले नेतृत्व थप सतर्क भएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।
एमाले स्रोतका अनुसार सामाजिक सञ्जालमा कमजोर उपस्थिति हुँदा मतदातामा गलत सन्देश गएको भन्दै पार्टी नेतृत्वले अब संगठनात्मक रूपमा ‘डिजिटल काउन्टर’ सुरु गर्ने तयारी गरेको छ ।
ओलीको यो अभिव्यक्तिले एमाले आगामी निर्वाचनमा भौतिक अभियानसँगै सामाजिक सञ्जाल युद्धमा पनि आक्रामक रूपमा उत्रने संकेत दिएको छ । अब प्रश्न उठेको छ— के डिजिटल स्टाटस र एसएमएसले बढ्दो जनलहर रोक्न सक्ला ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: