Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

सामाजिक सञ्जालमा एमाले रक्षात्मक, ओलीले दिए दिनमा १० पोस्ट, १० सन्देश पठाउन आदेश

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उत्रन निर्देशन दिएका छन् । उनले कार्यकर्तालाई प्रतिदिन कम्तीमा १० वटा सामाजिक सञ्जाल स्टाटस लेख्न र १० वटा एसएमएस पठाउन स्पष्ट निर्देशन दिएका हुन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको राजनीतिक लडाइँ सडक वा सभामञ्चमा मात्र सीमित नरहेको बताउँदै सामाजिक सञ्जाल नै मुख्य रणभूमि बनेको दाबी गरे । पछिल्लो समय एमालेविरुद्ध नियोजित रूपमा नकारात्मक प्रचार भइरहेको उनको आरोप छ ।

‘आज हरेकको हातमा मोबाइल छ । हामी आफैँ सामाजिक सञ्जालका योद्धा हौँ । यो लडाइँ सबैले लड्नुपर्छ,’ ओलीले भने, ‘कम्तीमा दिनमा १० वटा एसएमएस पठाउनुस्, १० वटा फेसबुक स्टाटस लेख्नुस् । एमालेका पक्षमा लेख्नुस् । हामीले गरेका काम, विकास र उपलब्धिहरू जनतासम्म पुर्‍याउनुस् ।’

ओलीको यो निर्देशनलाई आगामी निर्वाचनलाई लक्षित डिजिटल रणनीतिको रूपमा हेरिएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन) केन्द्रित चर्चा र प्रचार तीव्र बन्दै गएपछि एमाले नेतृत्व थप सतर्क भएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

एमाले स्रोतका अनुसार सामाजिक सञ्जालमा कमजोर उपस्थिति हुँदा मतदातामा गलत सन्देश गएको भन्दै पार्टी नेतृत्वले अब संगठनात्मक रूपमा ‘डिजिटल काउन्टर’ सुरु गर्ने तयारी गरेको छ ।

ओलीको यो अभिव्यक्तिले एमाले आगामी निर्वाचनमा भौतिक अभियानसँगै सामाजिक सञ्जाल युद्धमा पनि आक्रामक रूपमा उत्रने संकेत दिएको छ । अब प्रश्न उठेको छ— के डिजिटल स्टाटस र एसएमएसले बढ्दो जनलहर रोक्न सक्ला ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनयुद्धका सुप्रिमोसँग आमाबुबाको सपना बोकेर चुनावी मैदानमा शहीद पुत्र सन्दीप

दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल...

सामाजिक सञ्जालमा एमाले रक्षात्मक, ओलीले दिए दिनमा १० पोस्ट, १० सन्देश पठाउन आदेश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उ...

सुदूरपश्चिममा रास्वपाको आकांक्षीको भीड, १६ सिटका लागि ४६ दाबेदारमा कसले पाउला टिकट ?

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस...

एमाले सचिवालय बैठकमा उम्मेदवार टुंग्याउने कसरत, ओलीसहित ३५ नेताको नाम लगभग निश्चित

ललितपुर । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

हामी कुनै मुठभेड गरेर पार्टी कार्यालय प्रवेश गर्दैनौँः उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित उपसभापति पुष्पा भुसालले आफूहरू सौहार्दपूर्ण वातावरण बनेपछि मात्रै केन्द्रीय कार्यालय सानेपा जाने बताएकी छन्। ...

मधेस प्रवेशसँगै बालेनको चर्चा, त्रासमा मधेस केन्द्रित दल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब औपचारिक रूपमा स्थानीय सरकारको भूमिकाबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तय...

जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा ...

एक–दुई दिनमै कांग्रेस एक ठाउँमा आउँछ, देउवाबाट ‘संरक्षक’ काे भूमिका अपेक्षा गरेका छाैं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद अब अन्त्यतर्फ उन्मुख रहेको दाबी गर्दै सबै नेता–कार्यकर्तालाई एकै ठाउँमा आउन आ...

नौ वर्षमा भरतपुरको कायापलट, रेनु दाहालको ऐतिहासिक विदा

चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फ...

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै

काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending