दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अब उनै जनयुद्धमा ज्यान आहुति दिएका शहीद दम्पतीका छोरा सन्दीप पुन चुनावी मैदानमा उत्रिँदै छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट सन्दीप पुन पूर्वी रूकुमबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ। उनी जनयुद्धका शहीद सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘वृक्ष’का सुपुत्र हुन्। आफ्नै नेतृत्वमा सुरु भएको जनयुद्धमा ज्यान गुमाएका शहीद दम्पतीका छोरासँगै चुनावी प्रतिस्पर्धा गर्नुपर्दा प्रचण्ड स्वयं इतिहासकै कठघरामा उभिन पुगेका छन्।
सन्दीपका आमाबुबाको २०५३ साल जेठ २५ गते जनयुद्धकै बीच जनवादी विवाह भएको थियो। त्यसको एक वर्षपछि, २०५४ सालमा, युद्धकै गर्भबाट सन्दीप जन्मिए। तर उनको बाल्यकाल आमाबुबाको काखमा होइन, शहादतको कथासँगै बित्यो। २०५९ साल जेठ १४ गते बझाङको रायलमा उनकी आमा परम्परा गौतम र २३ जेठमा बझाङकै सैसुमा उनका बुवा सूर्यप्रकाश पुनलाई तत्कालीन शाही सेनाले हत्या गरेको थियो।
आज ती शहीदका सपना बोकेर सन्दीप स्वयं राजनीतिमा होमिएका छन्। उनी हाल शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका अध्यक्षसमेत हुन्।
‘मेरा आमाबुबा देश परिवर्तन गर्ने क्रममा शहीद हुनुभयो,’ सन्दीप भन्छन्, ‘शहीदको सन्तानलाई जनताले माया गर्नुहुन्छ भन्ने विश्वास छ।’
उनले चुनावी तयारी धेरैअघि नै थालेको दाबी गरेका छन्। जिल्लाका सबै वडामा पुगेर जनतासँग संवाद गरेको र स्थानीय मुद्दालाई नजिकबाट बुझेको उनको भनाइ छ।
‘मैले विगतदेखि नै चुनावको तयारी गरेको थिएँ। हरेक वडामा पुगेँ, जनतासँग छलफल गरेँ,’ उनले भने।
जनयुद्धका सुप्रिमो प्रचण्डसँगै चुनावी भिडन्त हुनुलाई सन्दीपले गर्व र चुनौती दुवैको रूपमा लिएका छन्। ‘प्रचण्डसँग लड्न पाउँदा खुसी छु,’ उनले आत्मविश्वासका साथ भने, ‘म उहाँलाई पराजित गरेर जित निकाल्छु।’
यसरी, यो चुनाव केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा होइन, जनयुद्धका सपना, बलिदान र उत्तराधिकारको पुनर्मूल्यांकनको प्रतीक बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - १५:४५
दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल...
माघ ४ गते, २०८२ - १५:३०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उ...
माघ ४ गते, २०८२ - १५:२०
ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस...
माघ ४ गते, २०८२ - १५:१७
ललितपुर । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...
माघ ४ गते, २०८२ - १५:१३
काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित उपसभापति पुष्पा भुसालले आफूहरू सौहार्दपूर्ण वातावरण बनेपछि मात्रै केन्द्रीय कार्यालय सानेपा जाने बताएकी छन्। ...
माघ ४ गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब औपचारिक रूपमा स्थानीय सरकारको भूमिकाबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तय...
माघ ४ गते, २०८२ - १३:२३
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा ...
माघ ४ गते, २०८२ - १३:१९
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद अब अन्त्यतर्फ उन्मुख रहेको दाबी गर्दै सबै नेता–कार्यकर्तालाई एकै ठाउँमा आउन आ...
माघ ४ गते, २०८२ - १३:१५
चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फ...
माघ ४ गते, २०८२ - १२:१६
काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...




प्रतिकृया लेख्नुहोस्: