ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस्पर्धामा प्रवेश गरेको छ । सुदूरपश्चिमका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाबाट ४६ जनाले उम्मेदवार बन्न दाबी पेस गरेका छन् ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अनलाइनमार्फत सुरु गरेपछि सुदूरपश्चिमका चर्चित अनुहारदेखि नयाँ पुस्तासम्मका नेताहरूले दाबेदारी प्रस्तुत गरेका हुन् । दाबी गर्नेहरूमा पार्टीका सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, चर्चित नेता सागर ढकाल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहदेखि गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धिरज जोशीसम्म छन् ।
कैलाली–१ बाट प्रदेश सभापति विष्टले दाबी गर्दा कञ्चनपुर–२ मा पार्टी सचिवालय सदस्य दीपक बोहराले उम्मेदवारी आकांक्षा राखेका छन् । डडेल्धुराबाट सागर ढकालले दाबी गरेका छन् भने अछाम–२ बाट बालेनका स्वकीय सचिव भूपदेव शाह र कञ्चनपुर–३ बाट गृह मन्त्रीका स्वकीय सचिव धिरज जोशीले उम्मेदवार बन्ने इच्छा देखाएका छन् ।
१६ निर्वाचन क्षेत्रमध्ये कञ्चनपुर–१, अछाम–१, डोटी, बैतडी र दार्चुला गरी पाँच क्षेत्रमा मात्रै एकल दाबेदारी परेको छ । बाँकी अधिकांश क्षेत्रमा भने दुईदेखि सात जनासम्म आकांक्षी देखिँदा टिकट वितरण चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ ।
रास्वपाले औपचारिक रूपमा आकांक्षीहरूको सूची सार्वजनिक नगरे पनि अनलाइन आवेदनका आधारमा पार्टी केन्द्रीय समितिले नै अन्तिम उम्मेदवार चयन गर्ने तयारी गरेको सुदूरपश्चिम प्रदेशका नेताहरूले बताएका छन् ।
पार्टीका सुदूरपश्चिम प्रदेश महामन्त्री सन्तोष जोशीले अनलाइन प्रणाली केन्द्रीय समितिको नियन्त्रणमा भएकाले प्रदेश समितिलाई विस्तृत विवरण अहिलेसम्म प्राप्त नभएको बताए । आकांक्षीहरूको सूची आएपछि सार्वजनिक गरिने उनको भनाइ छ ।
२०७९ को निर्वाचनमा सुदूरपश्चिममा अपेक्षाकृत कमजोर प्रदर्शन गरेको रास्वपाले यसपटक नयाँ अनुहार, चर्चित व्यक्तित्व र संगठन विस्तारको रणनीतिसहित मैदानमा उत्रने तयारी गरिरहेको छ । आकांक्षीको संख्याले नै रास्वपामा सुदूरपश्चिमप्रति आकर्षण बढ्दै गएको संकेत गर्ने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।
अब सबैको चासो एउटै छ ४६ दाबेदारमध्ये अन्ततः टिकट कसको हातमा पर्छ ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - १५:४५
दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल...
माघ ४ गते, २०८२ - १५:३०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उ...
माघ ४ गते, २०८२ - १५:२०
ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस...
माघ ४ गते, २०८२ - १५:१७
ललितपुर । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...
माघ ४ गते, २०८२ - १५:१३
काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित उपसभापति पुष्पा भुसालले आफूहरू सौहार्दपूर्ण वातावरण बनेपछि मात्रै केन्द्रीय कार्यालय सानेपा जाने बताएकी छन्। ...
माघ ४ गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब औपचारिक रूपमा स्थानीय सरकारको भूमिकाबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तय...
माघ ४ गते, २०८२ - १३:२३
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा ...
माघ ४ गते, २०८२ - १३:१९
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद अब अन्त्यतर्फ उन्मुख रहेको दाबी गर्दै सबै नेता–कार्यकर्तालाई एकै ठाउँमा आउन आ...
माघ ४ गते, २०८२ - १३:१५
चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फ...
माघ ४ गते, २०८२ - १२:१६
काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...




प्रतिकृया लेख्नुहोस्: