Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

घम र राईको स्पन्दन बेलायतबाट

\"14658286_1475996462427349_787529363_n\"काठमाडौं । विदेशमा बसेर नेपाली गीत संगीतलाई माया गर्नेहरुको संख्या निकै ठूलो रहेको छ । त्यस्तै वेलायत बसेर नेपाली सांगीतिक आकाशामा आफूलाई समाहित गरेकी गीतकार करीश्मा घम हालै एकल एल्वम् ‘स्पन्दन’ लिएर आएकी छिन् । उनको एकल शब्द र गायक गंगाराज राईको एकल स्वर रहेको उक्त एल्वमलाई बेलायतमै सार्वजनिक गरिएको छ । केनिन्टोन आश्फोर्डस्थित बोक हाङ्गर कम्युनिटी हलमा हालै आयोजित एक समारोहवीच एल्वम सार्वजनिक गएिको थियो । कार्यक्रममा प्रमूख अतिथि तथा राप्ति समाज वेलायतका अध्यक्ष हिक्मतसिं रोकालगायतले एल्वम विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हिक्मत सिहं रोकाले गायक र गीतकारले बेलायतमै बसेर पनि नेपाली गीत संगीत र साहित्यमा सशक्त रुपले योगदान गर्दै आएको र उक्त कार्य प्रशंसा र कदरयोग्य रहेको बताएका थिए । उनले मन्तव्यको क्रममा गंगा राज राईको गायकी र करीश्मा घमको लेखनलाई प्रशंसा गरेका थिए । कार्यक्रममा साहित्यकार विजय हितानले एल्वममाथि आफ्नो समिक्षात्मक टिप्पणी राखेका थिए भने गीतकार र गायकले एल्वम तयारीका क्रममा संगालेका आ—आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रममा बेलायतमा रहेका विभिन्न संघ सस्थाका पदाधिकारीहरु र समाजका अगुवाहरुको उपस्थित रहेको थियो । \"spandan1\" करीश्मा घमले यसअघि ‘मुटु’ नामक एकल एल्वम ल्याएकी छन् भने गंगाराज राईको ‘आभास’ र ‘उपमा’ नामक गीति एल्वम् प्रकाशित छन् । नेपालमा रहँदा ६ बर्ष शास्त्रीय संगीत अध्ययन गरेका गंगाराज हाल बेलायतमै संगीत अध्यापन समेत गराइरहेका छन् । गंगाराजलाई ‘वेलायतबाट उदाएका चम्किला तारा’को उपमा दिने गरिएको छ । विमोचन समारोहमा एल्वममा रहेको ‘आँखाभरि तिम्रै तस्वीर’ बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । म्युजिक भिडियोमा अनु शाह र संजोग राणाले अभिनय गरेका छन् भने कपिल लामाको कोरियोग्राफि रहेको छ । एल्वममा ‘रोज्यो यो मनले’, ‘आँखाभरि तिम्रै तस्वीर’, ‘चङ्गा झैँ’, ‘भुल्दिन भुल्नै सक्दिन’, ‘म कोमल कोपिला’ र ‘आऊ न प्रिय’ गरी ६ गीत समावेश गरिएको छ भने महेश खडका, गंगाराज राई, कल्याण सिंह र वसन्त सापकोटाले संगीत दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending