Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

इमेल प्यारो कि मोबार्इल ?

[caption id=\"attachment_97481\" align=\"alignleft\" width=\"248\"]\"dibash-kanaya\" दीवश कंन्नैया[/caption] कुनै दिन थियो जतिबेला थाहा भएजती सबै सोसियल साइटहरुमा आफ्नो बिजनेश मार्केटिंगको लागि फोन नम्बर राख्दै हिड्ने चलन थियो । तर अहिले परिस्थिति उल्टिएको छ । मोबाइल आफ्नो सुलभ संचारको लागि प्रयोग गर्ने चीज हो । तर पनि पत्तै नपाइ यस्ले आफू माथि पूर्ण अधिकार जमाउदो रहेछ । हामीले मोबाइललाई चलाउने होइन की हामी नै उस्को इशारामा चल्नु पर्ने अवास्था आइसकेको रहेछ । कुनै समय थियो जतीबेला मोबाइलको घन्टी बजिदियोस जस्तो लाग्थ्यो । हरेक नयाँ घन्टीमा एउटा उत्सुकता हुन्थ्यो । रिंग टोन बज्यो की खुसि लाग्थ्यो, कसको फोन आयो होला भनेर दगुर्दै गएर एक घन्टी मै उठाइन्थ्यो अनि सास पनि राम्ररि नफेरी कुरा गरिन्थ्यो । सायद ति भर्खर मोबाइल प्रयोगमा आएको बेला टेक्नोलोजीलाई बुझ्ने, जान्ने र प्रयोग गर्ने इक्षाले होला । त्यसपछी यस्ले संचार माध्यममा एउटा क्रान्ति नै ल्याइदिएको छ । मैले यँहा मोबाइलको प्रयोगका क्रममा आफुले भोगेका व्यवसाय सम्बन्धि केहि समस्यालाई मात्र उल्लेख गर्ने प्रयास गरेको छु । यसका धेरै फाइदाहरु पनि छन् । फाइदा(बेफाइदा व्यक्ति अनुसार फरक हुन्छ, कतिलाई टाइम पासको राम्रो साधन पनि हुन् सक्छ । त्यो तपाइँको व्यक्तिगत कुरा हो । र यसलाई कसरि प्रयोग गर्ने, चलाउने वा बन्द गर्ने सर्वाधिकार तपाइँ मै छ । अहिले मैले कुरा गर्न लागेको बिषय भने यस्ले मेरो जीवनमा के(के फाइदा पुर्यायो भन्ने होइन । मुख्य विषय म यहाँ व्यक्तिगत भन्दा पनि प्रोफेसनल अनुभव सेयर गर्दै छु । आफूले भोगेका अनुभवलाई साटासाट गर्ने प्रयास गर्दै छु । यदि तपाइँ पनि म जस्तै आइटीमा आबद्ध हुनुहुन्छ भने पक्कै तपाइँलाई रमाईलो लाग्ने छ । पहिलो कुरा, सिधा रुपमा भन्ने हो भने मलाई मोबाइलको दादागिरी नै मन पर्दैन । सायद रातदिन कम्प्युटरमै बसिरहनु पर्ने भएर पनि होला, मलाई इमेल नै प्यारो लाग्छ । नयाँ इमेल आयो भने टुक्क एउटा अलर्ट आउछ, कति बेला खोल्ने, हेर्ने, अनि रिप्लाई गर्ने त्यो मेरो व्यक्तिगत चाहनामा सिमित हुन्छ । कुनै कुराहरु यस्ता हुन्छन जसको जवाफ फर्काउनु भन्दा अघि केहि सोच्नु पर्ने, छलफल गर्नु पर्ने वा केहि रिसर्च नै गर्नु पर्ने पनि हुन्छ । तर मोबाइलको त कुरै भिन्नै नउठाउँदा सम्म रिंग टोन आतंक मच्चाउछ, साइलेन्टमा राख्यो यताउता हिडेको बेला थाहै पाइदैन । अनि उठाएन भने रेस्पोन्स गरेन भनेर अर्को दिन क्लाइन्ट ९बिशेष गरि नेपाली० बाट नानाथरि सुन्नु पर्ने । बाहिरको क्लाइन्टको कुरा गर्ने हो भने त राती(राती फोन गरेर निद्रै खलबल पारिदिन्छन । उनीहरुलाई त्यहाँको र यहाँको नेपाली टाइम बिचको फरक बुझाउदा बुझाउदा हैरान । यस्तो एक पटक होइन धेरै पटक हुने गरेको छ, कहिले इमेल काम गरेन, कहिले फेसबुकमा पोर्न भिडियोको भाइरल पोस्टिंग भो, कहिले साइट ह्याक भो, कहिले साइट खुलेन । बिभिन्न बहानामा रात भर मोबाइल आतंक भइ नै रहन्छ । आफ्नो क्लाइन्ट, रेस्पोन्स नगर्ने कुरा पनि हुदैन र कुरा फोन उठाउदैमा पनि सकिदैन । गर्लफ्रेन्डले गरेको हो र “खाना खायौ । सन्चै छौ । भोलि कुरा गरौला ल ” भनेर राख्न मिल्ने रु उठेर उस्को समस्या समाधान नगरी सुखै दिदैनन । र त्यो समाधान गर्न कति समय लाग्ने र कति बेला सुत्ने टुंगो नै हुदैन । दोश्रो कुरा, कहिले काही समयलाई आफ्नो कन्ट्रोलमा राख्नु पर्ने हुन्छ । धेरै व्यक्तिगत कामहरु हुन्छन, अध्यन गर्ने होस् वा कुनै श्रीजनात्मक काम गर्ने, त्यस्तो समयमा मोबाइल आतंक अति नै दयनीय हुन्छ । त्यसले गम्भीर रुपमा ध्यान भंग गर्छ । मेरो व्यक्तिगत कुरा गर्दा, मेरो बुक केसमा किताब थन्किएको महिनौ भएको छ । पढ्न बस्यो बिचमै नानाथरीका फोन आइपुग्छन् । आइटीमा पढ्नु र नयाँ टेक्नोलोजी सँग अपडेट हुनु अत्यन्त महत्वपूर्ण हुन्छ । महिनौ अघि नै पढ्नु पर्ने थोमस एल। फ्रेडमेन, बिल गेट्स, स्टिभ जब्स लगायतका केहि बुकहरु २–४ पेज पल्टाएर चित्त बुझाउनु पर्ने भएको छ । र अन्य एक दिन झोक चलेर किनेका नोभेल, इन्स्पिरेस्न्ल(मोटिभेस्नल र केहि नेपाली साहित्यका पुस्तकहरुले पालो कुरिरहेका छन । अहिले ति सम्पूर्ण किताबहरु माथि न्याय गर्ने सोचमा छु, अध्यनलाई तिब्र रुपमा अगाडि बढाएको छु । अन्तिममा, म धेरै जस्तो फेसबुक ट्विटरमा झुन्डिरहेको हुन्छु र कतिलाई लाग्न सक्छ, यी पनि त नशा हुन् नि, यिनीहरुले पनि त डिस्टर्ब गर्छन नि । कुरा अलि फरक छ, फेसबुक, ट्विटर भनेको आफुले चाहेको बेलामा माइन्ड रिफ्रेस गर्न र समाचार अपडेड हुनका लागि प्रयोग गर्ने कुरा हो । यसमा जबर्जस्ति हुदैन । दिनमा कति समय चलाउने र के गर्ने भनेको त्यो तपाइँको व्यक्तिगत कुरा हो र त्यसमा तपाइँ कन्ट्रोल गर्न सक्नुहुन्न भने त्यो तपाइँको समस्या हो । तर मोबाइलले जबर्जस्ति तपाइँमाथि अधिकार जमाएर छोड्छ । -(दीवशपेाष्ट बाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending