Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

प्रचण्डलाई काँग्रेसले फाल्तु जोकर बनारहेकाे छ : बिजुक्छें

भक्तपुर, १ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्ड छिट्टै देशद्रोही सावित हुने बताएका छन् । रफत सञ्चार क्लबले सोमबार गरेको साक्षतकार कार्यक्रममा बोल्दै बिजुक्छेंले तथाकथित जनयुद्धमा भारतले गरेको सहयोग वर्तमान परिस्थिति ल्याउनकै लागि भएको र माओबादीका नेताहरुले भारतको कठपुतलीको काम गरेको आरोप लगाउँदै भारतले आफ्नो आवश्यकता पुरा गरिसकेकाले अव प्रचण्डलाई रुखको बोक्रा फाले सरी फाल्ने बताए । प्रचण्डलाई काँग्रेसले फाल्तु जोकरका रुपमा अघि सार्दै आफूले बिगतका गल्ती सुधार गर्ने योजनामा रहेको र केही महिनाभित्रै सत्ताको नयाँ समिकरण देखिने भन्दै उनले प्रचण्डलाई काँग्रेसले फाल्तु जोकरको बनाएको बताए । तोकिएको समयमा निवार्चन गर्न सरकार नै नलागेको भन्दै बिजुक्छेंले निर्वाचन आयोगले सरकारले नै सहयोग नगरिरहेको बताएको सबैका अघि स्पष्ट भएकाले निर्वाचन तोकिएको समयमा नहुने बताए । नेपालका लागि चीनियाँ राष्ट्रपतिको भ्रमण पर्यटकका रुपमा नहुने भएकाले र भारतले समेत नेपालमा चीनियाँ राष्ट्रपतिको भ्रमणमा अदृश्य हस्तक्षेप गरेको भन्दै यस्तै वाताबरणमा चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असम्भव रहेको समेत उनको कथन थियो । संयुक्त बत्तब्यले भारतले नेपाललाई भुटान बनाउन खोजेको भन्दै बिजुक्छेंले भारतले अव हरेक अन्तराष्ट्रिय सम्बन्धमा आफूलाइै अवगत गराएर मात्र अघि बढ्न दिने वातावरण बनाएको र त्यसलाई समर्थन गर्न प्रचण्ड नेतृत्वको सरकारले भूमिका खेलेको बताए । इतिहासमै नेपाल सरकारको कुटनीतिक पक्ष कमजोर रहेको भन्दै बिजुक्छेेंले कुटनीतिक पक्षलाई सवल पार्न नसके अन्तराष्ट्रिय पक्षको सहयोग र समर्थन गुमाउन सक्ने अवस्थाको श्रृजना हुन सक्ने र यसले नेपाललाई नै हानी हुने उनले बताए । संबिधान संसोधन गरी मधेश आन्दोनका गलत माग सम्बोधन गर्ने तर्फ सरकार अघि बढे नेपाल र नेपालीको अस्तित्व खतरामा पर्ने औंल्याउँदै बिजुक्छेंले गलत माग सम्बोधन भए नेपाली नागरिक नै अल्पमतमा पर्ने बताउनु भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending