Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

प्रचण्डलाई काँग्रेसले फाल्तु जोकर बनारहेकाे छ : बिजुक्छें

भक्तपुर, १ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्ड छिट्टै देशद्रोही सावित हुने बताएका छन् । रफत सञ्चार क्लबले सोमबार गरेको साक्षतकार कार्यक्रममा बोल्दै बिजुक्छेंले तथाकथित जनयुद्धमा भारतले गरेको सहयोग वर्तमान परिस्थिति ल्याउनकै लागि भएको र माओबादीका नेताहरुले भारतको कठपुतलीको काम गरेको आरोप लगाउँदै भारतले आफ्नो आवश्यकता पुरा गरिसकेकाले अव प्रचण्डलाई रुखको बोक्रा फाले सरी फाल्ने बताए । प्रचण्डलाई काँग्रेसले फाल्तु जोकरका रुपमा अघि सार्दै आफूले बिगतका गल्ती सुधार गर्ने योजनामा रहेको र केही महिनाभित्रै सत्ताको नयाँ समिकरण देखिने भन्दै उनले प्रचण्डलाई काँग्रेसले फाल्तु जोकरको बनाएको बताए । तोकिएको समयमा निवार्चन गर्न सरकार नै नलागेको भन्दै बिजुक्छेंले निर्वाचन आयोगले सरकारले नै सहयोग नगरिरहेको बताएको सबैका अघि स्पष्ट भएकाले निर्वाचन तोकिएको समयमा नहुने बताए । नेपालका लागि चीनियाँ राष्ट्रपतिको भ्रमण पर्यटकका रुपमा नहुने भएकाले र भारतले समेत नेपालमा चीनियाँ राष्ट्रपतिको भ्रमणमा अदृश्य हस्तक्षेप गरेको भन्दै यस्तै वाताबरणमा चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असम्भव रहेको समेत उनको कथन थियो । संयुक्त बत्तब्यले भारतले नेपाललाई भुटान बनाउन खोजेको भन्दै बिजुक्छेंले भारतले अव हरेक अन्तराष्ट्रिय सम्बन्धमा आफूलाइै अवगत गराएर मात्र अघि बढ्न दिने वातावरण बनाएको र त्यसलाई समर्थन गर्न प्रचण्ड नेतृत्वको सरकारले भूमिका खेलेको बताए । इतिहासमै नेपाल सरकारको कुटनीतिक पक्ष कमजोर रहेको भन्दै बिजुक्छेेंले कुटनीतिक पक्षलाई सवल पार्न नसके अन्तराष्ट्रिय पक्षको सहयोग र समर्थन गुमाउन सक्ने अवस्थाको श्रृजना हुन सक्ने र यसले नेपाललाई नै हानी हुने उनले बताए । संबिधान संसोधन गरी मधेश आन्दोनका गलत माग सम्बोधन गर्ने तर्फ सरकार अघि बढे नेपाल र नेपालीको अस्तित्व खतरामा पर्ने औंल्याउँदै बिजुक्छेंले गलत माग सम्बोधन भए नेपाली नागरिक नै अल्पमतमा पर्ने बताउनु भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending