कर्णाली । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा विकको २७ दिनपछि दाहसंस्कार गरिएको छ ।
सुर्खेत जिल्ला अदालतले मङ्गलबार इनिशा मृत्यु प्रकरणसँग जोडिएका चारै जना किशोरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको दुई दिनपछि परिवारले बिहीबार कर्णाली प्रदेश अस्पतालको शव गृहबाट उनको शव बुझेका थिए । उनलाई आजै सांस्कृतिक विधिअनुसार भेरी नदीमा दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।
मङ्गलबार न्यायाधीश दीपक ढकालको एकल इजलासले आरोपित चारै जनालाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन आदेश गरेको हो । आरोपित चारै जना नाबालक हुन् । उनीहरूलाई बाल सुधारगृहमा पठाइएको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए । उनका अनुसार विकको बलात्कारपछि हत्या भएको आरोपमा चारै जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर गरिएको थियो ।
फागुन २३ गते शनिबारका दिन उनी वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतको उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट उनका प्रेमी भनिएका एक किशोरलाई नियन्त्रणमा लिएको थियो ।
इनिशाकी आमाले सामूहिक बलात्कारपछि छोरीको हत्या भएको भन्दै फागुन २४ गते अन्य तीन जनाविरुद्ध प्रहरीमा निवेदन दिएसँगै प्रहरीले तीन किशोरलाई पनि सोही दिन पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई कानुनी अनुसन्धानको दायरामा ल्याई आफूलाई न्यायको अनुभूति नदिलाएसम्म शव नबुझ्ने अडान लिएको इनिशाको परिवारले अदालतले पुर्पपक्षका लागि थुनामा पठाएपछि आज उनको शव बुझेर अन्त्येष्टि गरेको छ ।
गुर्भाकोट नगरपालिका–६ सुर्खेत बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीय इनिशा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन् । परिवारका अनुसार उनी फागुन २३ गते शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: