Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

धरानमा पाँच दिने अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

\"cimena-2\"काठमाडौं, १ कात्तिक । आगामी पौष २७ देखि माग २ गते सम्म अखिल नेपाल चलचित्रकर्मी संघले धरानमा चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । संघले महोत्सवमा सहभागिताका लागि संसारभरीका चलचित्रकर्मीहरुलाई आवेदन दिनसुचना जारी गरेको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा विभिन्न अवार्डहरु वितरण गरिने संघका अध्यक्ष केपी पाठकले बताए । वितरण हुने अवार्डहरुमा एक लाख रुपैयाँ राशीको ‘गौतम बुद्ध फिल्म अवार्ड’, ५० हजार राशीको ‘सगरमाथाफिल्म अवार्ड’ र ३० हजार राशीको ‘रारा फिल्म अवार्ड’ रहेका छन् । उत्कृष्ट तीनचलचित्रले अवार्ड पाउने बताइएकोछ । नेपाली चलचित्रको विकासका लागि प्रोत्साहन स्वरुप महोत्सवको आयोजना गरी पुरस्कृत गर्न खोजिएको उनले बताए । \"cinema-logo\" ‘हालसम्मका सम्पूर्ण चलचित्रसम्बन्धीकार्यक्रमहरु राजधानीमै हुने गरेका छन्,’ संघका अध्यक्ष पाठकले भने, ‘हामीले मोफसलमामहोत्सव गरेर संसारभरी कस्ता कस्ता चलचित्रहरु चल्ने रहेछन् भन्ने आम नेपालीले थाहा पाउन् भन्ने चाहान्छौ । उनले राजधानीबाहिर चलचित्रमहोत्सव गर्दा नेपाली मौलिकताको खोजी गर्न सहयोग पुग्ने बताए । ५० वर्ष बितिसकेको नेपाली चलचित्रको इतिहासमा आफ्नो मौलिकता भन्ने अझै प्रष्ट नभएको र मौलिकताको खोजी गर्ने सन्दर्भमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने संघको अपेक्षा रहेको छ । महोत्वसका लागि क्युवा, इजिप्ट लगायतका देशबाट ३० भन्दा धेरै चलचित्र आइसकेको संघले बताएको छ । संघले मंसिर १० गतेसम्मकालागि आवेदन खुला गरेको छ । संसारका जुनसुकै स्थानबाट अनलाइनमार्फत आवेदन दिन सकिने निर्देशक राजु केसीले बताए । महोत्सवका लागि चलचित्र, डकुमेन्ट्री, ‘शर्ट मूभी’ जुनसुकै पठाउन सकिनेछ । महोत्सव आगामी वर्षमा सातै वटा प्रदेशमा गर्ने योजना रहेको चलचित्रसमिक्षक माधव ढुङ्गेलले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies