Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

कांग्रेसमा मनोनयन दशैंपछि, राज्यमन्त्रीको पनि सम्भावना घट्दै

\"Nepali-Congress-Office-NC\"काठमाडौं,२० असोज । कांग्रेस सभापति शेरबहादुर देउवाले दसैंअघि पदाधिकारी मनोनयन नगर्ने भएका छन् । सभापति देउवाले लामो समयदेखि दसैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् । आजको राजधानी दैनिकमा खबर छ– स्रोतका अनुसार, आकांक्षीहरूलाई मिलाउन नसकेपछि उनी पछि हटेका हुन् । महाधिवेशन भएको सात महिना बितिसक्दा पनि सभापति देउवाले एक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सकेका छैनन् । पदाधिकारीसहित केन्द्रीय सदस्य र विभागलाई पूर्र्णता नदिएकाले देउवा पार्टीभित्रै दिनदिनै आलोच्य बन्दै छन् । सभापति देउवाले दसैंअघि महामन्त्री, सहमहामन्त्री र प्रवक्ता मनोनयन गर्ने र त्यसपछि उपसभापति मनोनयन गर्ने तयारी गरेका थिए । तर, उपसभापतिका आकांक्षीलाई मिलाउन कठिन भएपछि उनले अन्य पदाधिकारी मनोनयन पछि सारेका हुन् । स्रोतका अनुसार देउवालाई महामन्त्री, सहमहामन्त्री र प्रवक्ताको आकांक्षी मिलाउन पनि हम्मेहम्मे परेको छ । उपसभापतिमा विमलेन्द्र निधि, खुमबहादुर खड्का र गोपालमान श्रेष्ठ आकांक्षी छन् । खुमबहादुरलाई बाहिर राखेर देउवा अघि बढ्न सक्ने स्थितिमा छैनन् । तर, भ्रष्टाचार अभियोगमा जेल परिसकेका खुमबहादुरलाई उपसभापति बनाउँदा गलत सन्देश जाने र आफ्नो राजनीतिक साख पनि घट्ने देउवाको विश्लेषण छ । उपसभापतिका लागि देउवाका प्रमुख रोजाइ निधि हुन् । उता, गोपालमानले पनि उपसभापतिमा आफ्नो विकल्प नभएको भन्दै लबिङ गरिरहेका छन् । स्रोतका अनुसार देउवाले अन्तिम समयमा निधिलाई नै उपसभापति बनाउनेछन् । निधि देउवाको अत्यन्तै विश्वासपात्र मानिन्छन् । निधि अहिले वर्तमान सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री छन् । महामन्त्रीमा पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणले आकांक्षा राखेका छन् । खाँण रक्षामन्त्री रहेकाले उनको सम्भावना न्यून छ । पूर्णबहादुर र ज्ञानेन्द्रबहादुरमा पूर्णबहादुर अघि छन् । स्रोतका अनुसार निधिलाई उपसभापति बनाएको अवस्थामा पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउन पूर्णबहादुरलाई महामन्त्री नबनाई देउवालाई सुखै छैन । राजनीतिक सन्तुलन तलमाथि भएको अवस्थामा देउवा केन्द्रीय समितिमा नै अल्पमतमा पर्ने अवस्था छ । यो स्थिति आएको अवस्थामा पदाधिकारीमा मनोनयन गरिएका व्यक्ति केन्द्रीय समितिबाट अनुमोदन हुने अवस्था पनि छैन । यसैगरी, सहमहामन्त्रीमा रमेश लेखक, एनपी साउद, भीष्म आङदम्बेलगायतका नेताहरू आकांक्षी देखिएका छन् । सहमहामन्त्रीमा आफ्नो पक्षबाट मनोनयन गर्नुपर्ने दबाब रामचन्द्र पौडेलपक्षधर नेताहरूले देउवालाई दिएका छन् । विगतमा सुशील कोइरालाले देउवा पक्षबाट पूर्णबहादुरलाई सहमहामन्त्री मनोनयन गरेकाले यो ‘परम्परा’ जोगाउन पनि देउवाले आफ्नो पक्षलाई सो पद दिनुपर्ने पौडेलपक्षधरको भनाइ छ । पौडेल पक्षबाट सहमहामन्त्रीमा महेश आचार्य र आनन्द ढुंगानालगायत आकांक्षी रहेका छन् । देउवाका निजी सचिव केशव जोशीले पार्टी सभापतिले चाहँदा चाहँदै पनि दसंैअघि पदाधिकारीमा मनोयन गर्ने सम्भावना नभएको बताए । ‘सभापतिज्यूले चाहे पनि दसैंअघि पदाधिकारीमा मनोनयन गर्ने स्थिति छैन । पदाधिकारीको मनोयन केन्द्रीय समितिबाट अनमोदन गर्नुपर्ने हुन्छ, केन्द्रीय समितिको बैठक दसैंअघि बस्ने स्थिति छैन,’ जोशीले राजधानीसँग भने । देउवा पदाधिकारी मनोनयनअघि विभागहरू गठन गर्ने तयारीमा जुटेका छन् । देउवानिकट स्रोतका अनुसार उनी दसंै र तिहारको बीचमा ४२ वटै विभागमा मनोनयन गर्ने तयारीमा छन् । पदाधिकारीमा मनोयन गर्नुभन्दा विभागहरूमा मनोयन गर्न उनलाई सहज हुने स्थिति छ । दसैंअघि देउवाले राज्यमन्त्रीमा पनि सिफारिस गर्ने सम्भावना कम हुँदै गएको देउवानिकट स्रोतले बताएको छ । यसअघि, देउवाले दसैंअघि आठजनालाई राज्यमन्त्री बनाउने तयारी गरेका थिए । यसका लागि उनले आफूनिकट केही व्यक्तिसँग छलफल पनि गरेका थिए । तर, राज्यमन्त्रीमा पनि आकांक्षी बढी भएपछि देउवा पछि हटेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending