काठमाडौँ । विशाल केन्द्रीय समिति र एकता समायोजनका कारण पार्टीभित्र असन्तुष्टि देखिए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अहिले सबै ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित गरेको छ । पुस २९ गते २ हजार ४९९ केन्द्रीय सदस्यलाई एकसाथ सपथ गराएर पार्टीले शक्ति प्रदर्शनसमेत गरेको छ ।
केन्द्रीय समितिको आकार अस्वाभाविक रूपमा ठूलो हुँदा असन्तुलन र असन्तुष्टि देखिएको स्वीकार नेताहरूले गरेका छन् । तर अधिकांश प्रदेश नेताहरूका अनुसार यो अवस्था एकताको बाध्यात्मक परिणाम हो, जसलाई महाधिवेशनमार्फत व्यवस्थापन गरिनेछ ।
बागमती, कोशी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका नेताहरूले पार्टीभित्र गुनासो भए पनि त्यसले चुनावी परिणामलाई गम्भीर असर नपार्ने दाबी गरेका छन् । बरु एकता समायोजनपछि विभिन्न प्रदेशमा नेकपाको जनमत बलियो बन्दै गएको उनीहरूको भनाइ छ ।
केन्द्रीय नेतृत्वले आन्तरिक असन्तुष्टि छलफलका लागि थाँती राख्दै चुनावी रणनीति, घोषणापत्र र संगठन परिचालनलाई प्राथमिकतामा राखेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा चुनाव परिचालन समिति र नारायणकाजी श्रेष्ठ संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन भइसकेको छ ।
नेताहरूका अनुसार आगामी निर्वाचन नेकपाका लागि अग्निपरीक्षा हुनेछ । त्यसैले अहिले पार्टीभित्रको मूल सन्देश स्पष्ट छ ।नेकपाका नेताहरु भित्री असन्तुष्टि पछि, चुनाव जित्ने तयारी अघि भन्दै चुनावी अभियानमा लागेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - २१:०३
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले आगामी निर्वाचनमा झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह दुवैलाई ...
माघ २ गते, २०८२ - २०:४७
झापा । झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। ...
माघ २ गते, २०८२ - २०:३०
धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पर...
माघ २ गते, २०८२ - २०:०१
काठमाडौँ । विशाल केन्द्रीय समिति र एकता समायोजनका कारण पार्टीभित्र असन्तुष्टि देखिए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अहिले सबै ध्यान आगामी निर्...
माघ २ गते, २०८२ - १९:५८
दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्...
माघ २ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अब पार्टीको आँगनबाट निस्केर निर्वाचन आयोगको ढोकामा पुगेको छ । विशेष महाधिवेशनपछि गगन थापा नेतृत...
माघ २ गते, २०८२ - १९:३१
काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको टोली लालीगुराँस एशोसिएसन क्लबले उत्कृष्ट सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्...
माघ २ गते, २०८२ - १९:२८
काठमाडौँ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई दुई लाख २५ हजार पुरस्कारसहित सम्मानित भएका छन् । उनी यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका हु...
माघ २ गते, २०८२ - १४:०३
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...
माघ २ गते, २०८२ - १३:५९
काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...




प्रतिकृया लेख्नुहोस्: