काठमाडौँ । विशाल केन्द्रीय समिति र एकता समायोजनका कारण पार्टीभित्र असन्तुष्टि देखिए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अहिले सबै ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित गरेको छ । पुस २९ गते २ हजार ४९९ केन्द्रीय सदस्यलाई एकसाथ सपथ गराएर पार्टीले शक्ति प्रदर्शनसमेत गरेको छ ।
केन्द्रीय समितिको आकार अस्वाभाविक रूपमा ठूलो हुँदा असन्तुलन र असन्तुष्टि देखिएको स्वीकार नेताहरूले गरेका छन् । तर अधिकांश प्रदेश नेताहरूका अनुसार यो अवस्था एकताको बाध्यात्मक परिणाम हो, जसलाई महाधिवेशनमार्फत व्यवस्थापन गरिनेछ ।
बागमती, कोशी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका नेताहरूले पार्टीभित्र गुनासो भए पनि त्यसले चुनावी परिणामलाई गम्भीर असर नपार्ने दाबी गरेका छन् । बरु एकता समायोजनपछि विभिन्न प्रदेशमा नेकपाको जनमत बलियो बन्दै गएको उनीहरूको भनाइ छ ।
केन्द्रीय नेतृत्वले आन्तरिक असन्तुष्टि छलफलका लागि थाँती राख्दै चुनावी रणनीति, घोषणापत्र र संगठन परिचालनलाई प्राथमिकतामा राखेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा चुनाव परिचालन समिति र नारायणकाजी श्रेष्ठ संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन भइसकेको छ ।
नेताहरूका अनुसार आगामी निर्वाचन नेकपाका लागि अग्निपरीक्षा हुनेछ । त्यसैले अहिले पार्टीभित्रको मूल सन्देश स्पष्ट छ ।नेकपाका नेताहरु भित्री असन्तुष्टि पछि, चुनाव जित्ने तयारी अघि भन्दै चुनावी अभियानमा लागेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: