काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले आगामी निर्वाचनमा झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह दुवैलाई पराजित गर्ने दाबी गरेका छन् । तीव्र भाषामा प्रस्तुत हुँदै साम्पाङले आफूविरुद्ध भ्रम फैलाइएको आरोप लगाउँदै त्यसलाई एकै क्षणमा चिर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा साम्पाङले भने, “हामी केपी ओली र बालेन दुवैलाई झापा–५ मा पाहा पछार्नेछौँ । जति नै भ्रमको अन्ध्यारो छरिए पनि म आएर बोलेपछि एक सेकेन्ड पनि टिक्दैन।”
उनले स्थापित राजनीतिक शक्तिहरूले जनतालाई भ्रममा राख्ने प्रयास गरिरहेको आरोप लगाउँदै आफू जनताको वास्तविक आवाज बोकेर मैदानमा उत्रिने दाबी गरे । साम्पाङको भनाइमा अब राजनीति नाम र पदको होइन, जनविश्वास र साहसको प्रतिस्पर्धा हो ।
हालसम्म झापा–५ बाट उम्मेदवारीबारे औपचारिक घोषणा नभए पनि साम्पाङको यो अभिव्यक्तिले चुनावी राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । विशेषतः केपी ओलीजस्ता प्रभावशाली नेतासँगै बालेन शाहको सम्भावित भूमिकालाई लक्षित गर्दै आएको उनको टिप्पणीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार हर्क साम्पाङको यो आक्रामक अभिव्यक्ति आगामी निर्वाचनमा वैकल्पिक र विद्रोही राजनीतिक धारलाई अझ स्पष्ट बनाउने संकेत हो । झापा–५ अब केवल निर्वाचन क्षेत्र मात्र नभई प्रतिष्ठा, चुनौती र वैचारिक टकरावको केन्द्र बन्ने सम्भावना बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: