Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

१० दिन बित्यो, घिमिरेका तीन दाजुभाइ अझै भेटिएनन्

\"madhab_prasad_ghimire-750\"काठमाडौं, १९ असोज । सरकारले त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि अनुभवी गोताखोरसहित पाँच सय ६० सुरक्षाकर्मी परिचालन गरेको छ । चितवनको दारेचोक–३ घोप्टेभीरमा ९ असोजमा जिप दुर्घटनामा परी हराइरहेका घिमिरेको खोजी तथा उद्धारका लागि सरकारले सयौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरिरहेको हो । आजको नयाँ पत्रिकामा खबर छ– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले घिमिरेको खोजीका लागि दुर्घटना भएको दिनयता चितवनका प्रमुख जिल्ला अधिकारी वसन्त कुँवरको संयोजकत्वमा अनुभवी गोताखोर, विभिन्न प्रविधि र उपकरणसहित परिचालन गरेको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा गृहमन्त्री निधिले विशेष समय लिएर बोल्दै सो जानकारी गराएका हुन् । सरकारले घिमिरेको खोजीका लागि इमर्जेन्सी फल्ड लाइटसहितका डुंगाहरू, वाटर फुड, अन्डर वाटर क्यामेरासहित सोलारजस्ता उपकरण तथा प्रविधिको प्रयोग गरेको छ । घिमिरेको खोजीका लागि सरकारले सशस्त्र प्रहरीका र देशभित्रका अन्य अनुभवी गोताखोर परिचालन गरिएको छ । प्रधानमन्त्री प्रचण्डले घिमिरेको खोजीकार्यलाई प्रभावकारी बनाउन दिएको निर्र्देशनअनुसार खोजीकार्य तीव्र पारिएको गृहमन्त्री निधिको भनाइ छ । खोजीकार्यलाई मुग्लिङ, जुगेडी हुँदै चितवन देवघाट, नवलपरासीको तल्लोतटीय क्षेत्रसम्म विस्तार गरिएको छ । १५, १६ र १७ असोजमा तीन दिन थप पाँचजना अनुभवी गोताखोर झिकाई दुर्घटनास्थलदेखि दुई किमि तलसम्मको तल्लो क्षेत्रमा नदीको ३० मिटरसम्मको गहिराइमा खोजीकार्य गरेको गृहमन्त्रीको भनाइ छ । गोताखोरहरूको सुझाबकै आधारमा अहिले तल्लोतटीय क्षेत्रमा थप दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ । ९ असोजमा भएको दुर्घटनामा पूर्वमन्त्री घिमिरेका तीन दाजुभाइ अझै बेपत्ताकै स्थितिमा छन् । तर, परिवारका सदस्यहरूले भने कुशको शव बनाई उनीहरूको सांस्कृतिक रूपमा दाहसंस्कार गरिसकेका छन् । दुर्घटना भएकै दिन घिमिरेकी आमा लक्ष्मी घिमिरे, आफन्त नारायण काफ्ले, अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको शव फेला परेको थियो । सोही गाडीमा रहेका नेपाल प्रहरीका हवल्दार विष्णु राईलाई दुर्घटनास्थलबाट जीवितै उद्धार गरी अस्पताल भर्ना गरिएको थियो । परिवारका सदस्यले धार्मिक तथा सांस्कृतिक रूपमा कुशको शव बनाई अन्त्येष्टि गरिए पनि सरकारले खोजीकार्य जारी राखेको मन्त्री निधिले बताए । ‘परिवारको इच्छाअनुसार अन्त्येष्टि भए पनि सरकारले खोजीकार्यलाई निरन्तरता दिइरहेको छ,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending