Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

डिस्कोभित्र लोकमानको नाममा डाङ्डुङ्

\"disco-500\"काठमाडौं, १९ असोज । मान्छे शक्तिले मैमत्त भएपछि शर्म पचाएर जे पनि गर्छ भन्ने कुरा फेरि पनि चरितार्थ भएको छ, असोज १० गते, राति, ठमेलको डिस्कोमा । जनआस्था साप्ताहिकमा खबर छ– अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको रवाफ लगाउँदै डिस्कोभित्र बाउन्सर र युवतीमाथि दुव्र्यवहार गर्दा लोकमानका बडिगार्ड डिएसपी दानबहादुर थापा मध्यरात भागाभागमा मात्र परेनन्, ठूलो दुर्घतनाबाट पनि बाँचे । घटनामा अख्तियार स्वामित्वको बा१च् ९५५९ नम्बरको स्यान्ट्रो गाडी ध्वस्त छ । ठमेलस्थित होटल मस्र्याङ्दी अगाडिको (पहिलाको निश्चल हल) सिएनआई क्लब (ष्स्किो) मा झगडा भएको खबर पाएर सोह्रखुट्टे प्रहरी वृत्तको टोली नयाँ बजारबाट त्यसतर्फ हुँइकियो । तर, प्रहरी पुग्दा आफू लज्जित हुनुपर्ने कारण दानबहादुर साथमा रहेकी युवतीसँगै त्यहाँबाट भागे । उनीसँग नेपाल प्रहरीकै अर्का एकजना डिएसपी पनि साथमा थिए । त्यस सातको कुटाकुटबाट घाइते भएका दुई युवती नजिकैको मनमोहन अस्पतालमा भर्ना भई भोलिपल्टै डिस्चार्ज भए । भाग्दै दरबारमार्गतिर हुँइकिएका दानबहादुरको गाडी अनियन्त्रित भई दुर्घतनामा प¥यो । गाडी कच्याककुचुक छ । तर, मान्छेलाई केही भएको छैन । घटना भएको ९ दिन बितिसकेको छ । तर अख्तियारको आम्दानीमा बाँधिकएको बा१२ च ९५५९ नम्बरको गाडी कहाँ छ? कसैलाई पत्तो छैन । भोलिपल्ट अख्तियारमा उक्त गाडीको खोजी भयो । दानबहादुरले एकजना इन्जिनियरलाई सुनाए, ‘राति हल्का टोकिएर बनाउन दिएको छु ।’ ठमेलभित्र, अख्तियारमा लोकमानको सुरक्षा र सुराकी दुवै प्रयोजनामा खटिएका डिएसपीका कारण बबाल भएको खबर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालकहाँ पुग्यो । हल्लिखल्लि भएपछि उपेन्द्रले छानबिन गर्न निर्देशन त दिए । रमाइलो कस्तो छ भने अहिले हेडक्वार्टरभित्रको एउटा निरिह युनिट दानबहादुरको यो काण्डशारे बानबिन गरिरहेको छ । तर, त्यहिँभित्रको सबभन्दा बलियो मानिने युनिट भने घटनालाई सामसुम पार्न सक्रिय छ । अर्थात, देखाउनका लागि छानबिन गर्ने तर कारबाही नगर्ने योजना ! घटनालगत्तै केही प्रहरी अधिकारीले सोह्रखुट्टे वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरसँग यसबार सोधे । तर, उनको टोली पुग्दा दानबहादुर नभेटिएको तर उनी घटनाको सुत्राधार भएको पत्ता लगायो । उता, अख्तियारभित्र दानबहादुरको अर्को आतंक छ । लोकमान क्यानडा हिँडेपछि मैंमत्त भएर ठमेलमा घटना गराएका उनले अख्तियारभित्रै नेपाल टेलिकमको सिस्टम जडान गराएका छन्, जसबाट मानिसको कल डिटेल्स छिनछिनमै हेर्ने गर्छन् । त्यसरी टेलिकमको सिस्टम अख्तियारभित्रै जडान गर्नुको कारण हो, राजनारायण पाठकबाहेक सबै आयुक्तका कल डिटेल्स लिने, एसएमएस उतार्ने र लोकमानलाई जाहेर गर्ने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending