Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

सभामुखले जोगाइन् ५६ लाख

\"Onsari-Gharti-Magar-750\"काठमाडौं, १९ असोज । खर्च कटौती गरिएपछि व्यवस्थापिका–संसद्ले एक महिनामा ५६ लाख रुपैयाँ जोगाएको छ । संसद्का समितिहरूमा मात्रै मासिक ५५ लाखले खर्च घटेको छ । समिति, संसदीय दल र सचिवालयको खर्च कटौतीलाई हेर्ने हो भने भदौ महिनामा मात्रै ५६ लाख ३७ हजार ९ सय ९० रुपैयाँ घटेको संसद् सचिवालयले जानकारी दिएको छ । समितिहरू, संसदीय दलको र सचिवालयको २०७२ भदौमा ६४ लाख ४ सय ७३ रुपैयाँ खर्च भएको थियो । तर, गत भदौमा ७ लाख ६२ हजार ४ सय ८३ रुपैयाँ मात्रै खर्च भएको छ । संसद्मा १२ समिति र एक विशेष समिति छन् । आजको राजधानी  दैनिकमा खबर छ– सभामुख ओनसरी घर्ती मगरले गत भदौदेखि लागू हुने गरी संसदका समितिहरू, संसदीय दल तथा संसद् सचिवालयमा व्यापक रूपमा खर्च कटौती गर्न निर्देशन दिएकी थिइन् । भदौ महिनामा समितिहरूमा भएको खर्च विवरण हेर्दा गत वर्ष भदौ महिनामा मात्रै ५७ लाख ९७ हजार ४ सय ६२ रुपैयाँ खर्च भएको थियो भने गत भदौमा समितिहरूमा २ लाख ४५ हजार ८ सय भएको थियो । यसैगरी, संसदीय दलमा भएको खर्च पनि निकै घटेको छ । गत वर्ष ५ लाख ६९ हजार ५ सय ९८ रुपैयाँ खर्च भएकोमा यो वर्षमा भने ४ लाख ८८ हजार ६ सय ६६ रुपैयाँ खर्च भएको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयमा भएको खर्चमा गत वर्षको भदौमा ३३ हजार ४ सय १३ रुपैयाँ खर्च भएकोमा यो वर्ष २८ हजार १७ रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा समितिहरूमा र संसदीय दलमा भएको खर्च ५ करोड १२ लाख ६१ हजार ७ सय २४ रुपैयाँ थियो । सभामुखको निर्देशनमा अहिले समितिका बैठकमा कालोचिया वा कालोकफीका लागि मात्र सचिवालयबाट खर्च गर्ने गरिएको छ । संसद्मा भएका क्रियाकलाहरूमा सचिवालयबाट चिया, खाजा र खाना खुवाउने कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ । समितिका बिहान र बेलुका बसेका बैठकहरूमा सांसदहरूलाई जनही ४ सय रुपैयाँ दिने गरिएको छ । कर्मचारीहरूलाई खाजाबापत बैठक बसे पनि नबसे पनि दैनिक ६ सय रुपैयाँ खाजा खर्च दिइएको छ । संसद्मा सबै महाशाखा र शाखाहरूमा दैनिक रूपमा व्यस्त हुनुपर्ने अवस्था नभए पनि सबैलाई बराबर हुने किसिमले भत्ताको व्यवस्था गरिएको छ । सबै कर्मचारीले आफ्नो तलबको ८० प्रतिशत भत्ता पाउँदै आएका छन् । खर्च कटौतीमा लागेको सभामुखको ध्यान अझै यसतर्फ भने जान सकेको छैन ।संसद् सचिवालयमा भएका अन्य गतिधिहरूमा पनि उनले नियन्त्रण गर्दै गएकी छन् । संसद्को बैठक बोलाइएको अवस्थामा कुनै पनि एनजीओको कार्यक्रममा जान पनि उनले रोक लगाएकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending