Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

‘चिल-आँखा’ मा राजधानी सुरक्षा

\"cctv-camera-750\"काठमाडौं, १८ असोज । दसैं आयो, खाउला–पिउँला कहाँ पाउला चोरी ल्याउला...! दसैं छेको गाइने नेपाली समाजमा प्रचलित यो बाल गीतले एउटा सत्य बोल्छ। दसैंका बेला गाउँ सहरमा चोरी डकैती बढ्छ। विगतका घटनाले पनि यसलाई पुष्टी गर्दै आएका छन्। आजको नागरिक दैनिकमा खबर छ– उपत्यकामा दसैंका बेला बढ्न सक्ने चोरी डकैतीलगायत अपराधिक घटनाप्रति यसपाली भने प्रहरी अलिक बढी नै चनाखो बनेको छ। यस्ता घटना नियाल्न उसले चिलको साथ लिएको छ। इगल आइ नाम दिइए पनि प्रहरीको यो अभियानमा चिल नामक पन्छी भने सक्रिय हुनेछैन। चिलले आकाशमा कावाँ खाँदै जमिनका चल्ला नियालेझैं चाडपर्वका बेला भिडभाडमा हुनसक्ने लुटपाट, चोरी, झै झगडालाई ‘ईगल आई’ नाम दिइएका ३ सय ३५ वटा सिसिटिभी क्यामेराले नियाल्नेछन् र प्रहरीलाई झटपट घटनास्थल पुग्न सघाउनेछन्। काठमाडौंका चोक, बजार र गल्लीमा हुने भिडभाडका गतिविधि रेकर्ड गर्न थालिसकिएको, गतिविधि शंकास्पद देखिए तत्काल नजिकको प्रहरी घटनास्थल पुग्ने सुरक्षा रणनीति काठमाडौं प्रहरीले लिएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले पछिल्ला तीन दिन भिडभाडमा सम्भावित घटना नियन्त्रण र रोकथाम गर्न सिसिटिभी प्रभावकारी भएको बताए । उनका अनुसार बढी चहलपहल हुने न्युरोड, असन, बागबजार, पुतलीसडक र दरबारमार्गमा रहेका सिसिटिभीको निरन्तर निगरानी भइरहेको छ । ३० लाख चलायमान जनसंख्या रहेको काठमाडौंमा चाडपर्वकेन्द्रित विशेष सुरक्षाका लागि ३ हजार २ सय ४३ प्रहरी अपुग हुने भएपछि प्रविधिको सहयोग लिइएको हो । प्रहरीले ‘इगल आई’ बाहेक परिसरअन्तर्गत रहेका वृत्त, प्रभाग र पोस्टमा रहेका मोटरसाइकल र गाडीलाई दिनरात पालैपालो चलायमान बनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending