Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

राज्यमन्त्री छान्न देउवालाई सकस

\"DEUBA\"काठमाडौं, १८ असोज । नेपाली कांग्रेसभित्र राज्यमन्त्री छनोटलाई लिएर चर्को विवाद देखिएको छ । आकांक्षीहरू बढी हुनु, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले धेरै संख्या माग गर्नु र प्रधानमन्त्री प्रचण्डले पनि माग गरेभन्दा कम मात्र दिने बताएकाले सभापति शेरबहादुर देउवालाई राज्यमन्त्री चयन गर्न हम्मेहम्मे परिरहेको छ । आजको राजधानी दैनिकमा खबर छ– नेपाली कांग्रेसले नौजनालाई राज्यमन्त्री बनाउन माग गरे पनि प्रधानमन्त्री प्रचण्डले आठभन्दा बढी दिन नसकिने सन्देश पठाएका छन् । प्रचण्ड फुल मन्त्रीको आधाभन्दा बढी राज्यमन्त्री बनाउन नहुने पक्षमा छन् । धेरै राज्यमन्त्री बनाउँदा जम्बो मन्त्रिमण्डल हुने र यसले नकारात्मक सन्देश जानेमा उनी सचेत बनेका छन् । यता, नौजनालाई राज्यमन्त्री बनाउँदा मात्र कांग्रेसभित्रको विवाद कम हुने देखिएको छ । वरिष्ठ नेता पौडेल पक्षधरहरूले चारजनाभन्दा कममा झर्न नसकिने सभापति देउवालाई बताइसकेका छन् । यसअघि मन्त्री बनाउँदा प्रधानमन्त्री प्रचण्डसँग भएको सहमतिबारे पार्टीलाई स्पष्ट जानकारी नगराएको भन्दै उनीहरू सभापति देउवासँग रुष्ट छन् । मन्त्री बनाउँदा माओवादीसँग १५ वटा मन्त्रालयमा सहमति भए पनि १३ वटा मात्र मन्त्रालयको कुरा बाहिर ल्याएको पौडेल पक्षको आरोप छ । १३ वटा मन्त्रालय पाउने स्थितिमा पौडेल पक्षले कम्तीमा पाँचवटा मन्त्रालय माग गरेको थियो । सभापति देउवाले अन्तिम समयमा मात्र पौडेल पक्षलाई पाँच मन्त्रालय दिन सहमति जनाएका थिए । मन्त्री नियुक्तिमा ‘ठगिएको’ महसुस गरेको पौडेल पक्ष चारबाट तल नझर्दा देउवालाई राज्यमन्त्रीको विषय टुंग्याउनु त्यति सहज भने छैन । आफूलाई सभापति बनाउने बेला, नेविसंघ र महिला संघको महाधिवेशनमा साथ दिएकाले पनि प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पक्षलाई भाग छुट्ट्याउनुपर्ने अवस्थामा देउवा छन् । यो स्थितिमा देउवाले आफ्नो तर्फबाट धेरैजना पठाउन सक्ने अवस्था छैन । देउवानिकट स्रोतका अनुसार राज्यमन्त्री छान्ने विषयमा देउवाले मंगलबार आन्तरिक छलफल गर्ने भएका छन् । उनले दसैंअगावै राज्यमन्त्री नियुक्त गरिसक्ने चाहना राखेका छन् । राज्यमन्त्री हुन इच्छुक कांग्रेस सांसदहले विभिन्न माध्यमबाट दसैंअघि नै राज्यमन्त्री सिफारिस गर्न पार्टी सभापतिलाई दबाब दिइरहेका छन् । मन्त्री भएरै दसैंको टीका लगाउन उनीहरूले यस्तो दबाब दिएका हुन् । अर्कोपटक सांसद हुने सम्भावना कम भएका पाका नेताहरूले पनि यसपटक राज्यमन्त्री बनाउन सभापतिलाई दबाब दिएका छन् । पाका सांसदहरू सीताराम मेहता, दीर्घसिंह भाट, सुवर्ण ज्वारचनलगायतलाई राज्यमन्त्री बनाउन देउवा सकारात्मक भएको स्रोतको भनाइ छ । देउवानिकट मानिने फरमुल्लाह मन्सुर, मीन विश्वकर्मा, रामहरि खतिवडा पनि राज्यमन्त्रीको लाइनमा छन् । यीमध्ये केही नेतालाई देउवाले यसअघि नै मन्त्री बनाउने आश्वासन दिएका थिए । मन्त्री बनाउने आश्वासन दिएकाहरूलाई राज्य मन्त्री बनाउनैपर्ने बाध्यता पनि देउवालाई परेको छ । यसैगरी, सुजाता परियार, दिलीप गच्छदार, ध्यानगोविन्द रञ्जित पनि राज्यमन्त्री बन्न कसरतमा छन् । यी नेताहरू पनि देउवा पक्षकै हुन् । पौडेल पक्षबाट जीवन परियार, दीपक खड्का, सुरेन्द्र आचार्य, सरिता प्रसाईंलगायतको नाम चर्चामा छ । तर, राज्यमन्त्रीमा नाम छान्न देउवाले पौडेलसँग अझै सरसल्लाह नगरेको पौडेल पक्षीय नेताहरू बताउँछन् । सिटौला पक्षबाट सुधीर शिवाकोटी र तारामान गुरुङमध्येबाट एकजनाको सम्भावना छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending