Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

वीरगञ्जका १४ ठाउँमा सुपथ मूल्यका पसल

\"supath-mulya\"वीरगन्ज, १५ असोज । हिन्दु नेपालीको महान चाड बडादशैंको अवसरमा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा सुपथ मूल्यका पसल सञ्चालन ल्याइएपछि मधेसका जिल्लामा पनि सुपथ मूल्यका पसल सञ्चालन गरिने भएको छ । पर्साको बीरगञ्जमा १४ ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालयको सक्रियतामा जिल्लामा सुपथ मूल्यका पसल सञ्चालन गर्न लागिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सुपथ मूल्यका पसल सञ्चालन गर्ने निर्णय गरेको हो । राजधानीका सुपथ मूल्यका सपल भन्दा पनि वीरगञ्जका सुपथ मूल्यका पसलमा अझै सुलभ मूल्य खाद्य सामग्री उपलब्ध हुने जिल्ला प्रशासन कार्यालयको विश्वास छ । दशैंलाई लक्षित गरी सुपथ मूल्यका पसल सञ्चालन गर्न वीरगन्ज उद्योग वाणिज्य संघ लगायत सरोकारवालासहरुसँग छलफल गरी सुपथ मूल्यका पसल सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वीरगन्जको घण्टाघर, माइस्थान, पावरहाउस चोक, मुर्लिचोक, आदर्शनगर र विर्ता लगायत १४ ठाउँमा यस्ता पसलहरु सञ्चालन गर्ने निर्णय भएको छ । सुपथ मूल्यका पसलमा चाडवाडका लागि आवश्यक पर्ने सबै उपभोग्य वस्तुहरु उपलब्ध गराइने जनाइएको छ । चाडबाडका बेला पर्सा, बारा लगायत टाढा टाढाका उपभाेक्तासमेत  सीमापारी भारत गएर नै उपभाेग्य सामग्री खरिद गर्ने भएकाले पनि ब्यापारीहरू सुपथ पसल सञ्चालन गर्न सहमत भएका हुन् । काठमाडाै, भक्तपुर, ललितपुरका विभन्न स्थानमा असाेज १ गतेदेखि सुपथ मूल्यका पसल सञ्चालन गरिएका छन् । ती पसलहरू भने छठ पर्वसम्म नै सञ्चालन हुनेछ ।  ब्यापारीहरूले कालाेबजारी गरेकाले यस्ता पसलले चाडबाडमा राहत हुने सरकारकाे अपेक्षा छ । सुपथ पसल सञ्चालन गरिएसँगै ब्यापारीहरूले पनि सहुलियत  दिने सरकारसँग सहमति गरे पनि अन्य पसलहरूमा सहुलियत नपाइएकाे उपभाेक्ताहरूकाे गुनासाे छ । यसप्रति भने सरकार माैन रहेकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending