Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो (नामावलीसहित)

\"dhading-accident\"काठमाडौं, ११ असोज । धादिङ्को मार्पाकमा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनास्थलमा नै १८ जनाको शव भेटिएको जिल्ला प्रहरीले कार्यालय धादिङले जनाएको छ । उपचारका लागि काठमाडौं ल्याइएका मध्ये एक जनाको शिक्षण अस्पताल महाराजगञ्मा मृत्यु भएपछि मृत्यु हुनेको संख्या १९ पुगेको छ । धादिङबेसीबाट किन्ताङफेदीतर्फ कच्चिबाटोमा जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मंगलबार विहान साढे ११ बजे धादिङ्को मार्पाक गाविस–५ लापाङमा पल्टिएको थियो । बस सडकबाट झण्डै तीन सय मिटर तल लापाङखोलामा खसेको छ । सरकारले भूकम्पपीडितका लागि बाँडेको पहिलो किस्ताको अनुदान बुझेर सदरमुकामबाट फर्किदै गरेका अधिकांश भूकम्पपीडित दुर्घटनामा परेका थिए । गाडीमा ५० भन्दा बढी यात्रु रहेको बताइएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बसका चालक गोरखा जिल्लाका गंगा सुनार, सत्येदेवी–२ का रौसिङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनका पाँच वर्षीय बच्चा रहेका छन् । यसैगरी सत्यदेवी–३ का तिलबहादुर तामाङ, री गाउँ विकास समिति–८ का चन्द्रमान तामाङ, सोही ठाउँकै मन तामाङ, री–२ का कासा लामा तामाङ, दार्खा–९ का रामचन्द्र सापकोटा, मार्पाक–५ की दीलकुमारी पौडेल र उनकी छोरी कमला पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्यको भने अझै सनाखत भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका १४ जनालाई हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । दुर्घटनाको खबर पाए लगत्तै काठमाडौंमा रहेका कांग्रेस धादिङका सभापति रमेश धमला हेलिकप्टर लिएर घटनास्थल पुगेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending